वर्तमान समयमा अनलाईन कक्षाको प्रभावकारीता

अनलाईन शिक्षा कार्यन्वयनका समस्याहरु

आजको २१औं शताब्दिको समय हो । यो समयमा विज्ञान तथा प्रविधीले विश्वमा निकै आफनो प्रभुत्व जमाएको छ । आज विज्ञानको कारण विश्वमा आफनो पहुंच तथा वर्चस्व कायम गरेका मुुलुकहरुले आफुहरु विश्वमा विकसित भएको जानकारी गराई राख्नु पर्ने अवस्था थिएन । किनकि उनीहरुले आफनो कुनै न कुनै आधारबाट आफुलाई अब्बलता गराउदै आएका छन् ।

विज्ञानको औषधी होस वा व्यापारका मालसमान तथा पेटृोलियम पदार्थ होस । कुनै न कुनै माध्यामको प्रयोगगरी आर्थिक तवरबाट अल्पकिसित तथा विकासोन्मुख राज्यमा वर्चस्व कायम गरेका छन् । जहां विश्वका २० प्रतिशत मानिसले ८० प्रतिशत मानिसहरुलाई आफनो मूठ्ठी भित्र पारेको अवस्था छ ।

सन् २०१९ डिसेम्बरमा चीनबाट फैलिएको कोभिड १९ नामक भाईरसले जब विश्वमा महामारीको रुप लियो त्यसपश्चात विश्वमा रहेको विज्ञानको प्रभावकारिता होस वा विश्वमा विकसित मुलुक हुन आज निकै हतासमा, पिल्सिएका, आतिएका छन् । धेरै मानिसमा संक्रमन फैलिएको अवस्था देखा पर्न गयो ।

अल्पविकसित तथा विकासोन्मूक देशहरुको दांजोमा ती देशहरुमा धेरै भन्दा धेरै मानिसको मृत्यु भैसकेको घटनाहरु दिन प्रति दिनसञ्चार माध्याम बाट जानकारीमा आएको छ । आज ती देशहरुले किन विज्ञानको प्रयोग गर्न सकेनन र कोभिड १९ भाइरसको औषधी भनौ वा ईन्जेक्सन किन पत्ता लगाएनन् ?, आज विज्ञानको चमत्कारले के पक्कै फेल खाएकै हो ? हुन त हिजोका दिनमा HIV/AIDS लगायतका भयानक रोग, ईन्फु्ल्युजा,जापानिज ईन्सिपलाइटिज लगायतको औषधि नि तत्काल कहां पत्तालगाएको थियो र । ?

विकसित देशहरुले विज्ञानको कमाल वा प्रगतिलाई प्रयोग गर्दै शिक्षाको अवसर आम सिकारु, सहभागि वा विद्यार्थी लाई घरमा बसेर नै शिक्षा प्रदान गर्दै आई रहेका अवस्था थियो । आजको समयले त झन त्यसको निकै आवश्यकताको महशुस गराएको अवस्था छ । कैयन देशले १८ औ. शतब्दिको अन्त्य तथाकतिपयले १९ औं शताब्दिको सुरु, कतिपयले २० औं शताब्दिको अन्त्य एवम् कतिपयले २१ औं शताब्दि संग सगै घरमा ज्ञान प्राप्त गर्ने वातावरको सिर्जना गरेको पाईन्छ । पठनपाठनको सवालमा धेरै देशहरु अनलाइनको माध्याबाट कक्षा कार्य सम्पन्न गरेका छन् ।

नेपालमा काठमाण्डौं विश्वविद्यालयले सन् २०१३ देखि अनलाईन कक्षाको प्रयोग गर्दै आईरहेको छ । वि स २०७४ सालमा स्थापीत नेपालमा खुल्ला विश्वविद्यलयको स्थापना भए सगैं कैयन जनाशक्तिले यस विश्वविद्यालय बाट स्नातक, स्नातकोत्तर, एमफिलको अध्ययन गरिसकेका छन् । उक्त विश्वविद्यालयको अवधारणा नै औपचारिक रुपमा नियमित रुपमा प्रत्येक दिन हाजिरी भएर अध्ययन गर्न समयको कारण भ्याउन नसक्ने जनशक्तिलाई मध्यनजर गर्दै स्थापना गरिएको थियो । सरकारले ठिक समयमाआवश्यक निर्णय लिएको महशुश हालको समयमा हनु गएको छ ।

आज विश्वका विकसित हुन् वा अल्पविकसित एवम् विकासोन्मुख देशहरुमा कोभिड १९ ले भयावहको स्थिति ल्याउदा विश्वमा करोडौं विद्यार्थीको भविश्य तथा शिक्षाको पहुंच बाट बन्चितहुने अवस्थाको सिर्जना गरेको छ । विश्वको भन्दापनि नेपालको अवस्थालाई नियालेर हेर्दा यहांको अवस्था झन भयावह देखिन्छ ।

कोभिड १९ को कारण २०७६ साल चैत्र ११ गतेदेखि नेपाल सरकारले देशमा बन्दाबन्दिको सुरुवात गर्यो । चैत्र ६ गतेदेखि सञ्चान हुन लागेको नेपालको शिक्षामा फलामे ढोका मानिएकोएस ई ई परीक्षा चैत्र ५ गते ५ बजे एक्कासी सरकारले स्थगन गर्यो । तत्पश्चात देशका ११ वटा विश्वविद्यालयले पनि हरेक तहकोपरीक्षा स्थागन गर्नु पर्ने बाध्यता नै थियो । क्भ्भ् के सवालमा सरकारले अलि हतारमा निर्णय गरेर स्थगन गरेको हो हाल आएर प्रमाणित भयो । त्यतिबेला परीक्षा बनाएको भए खासै संक्रमण फैलिएको थिएन भईहाल्ने अवस्था थियो । त्यसबेला कोभिड १९ कोखासै प्रभाव थिएन ।

हाल आएर नेपालका हाल सम्म सबै प्रदेशका ४० जिल्ला संक्रमण भएको तथा ३ जनाको मृत्यु समेत भैसकेको अवस्था छ । झन्डै ५ लाख विद्यार्थीले जसरी आफनो फलामे ढोका मानिएको SEE परीक्षाको तयारी थियो । त्यो झन्डै २ महिना १० दिनको बन्दाबन्दि तथा खुलेपछि पनि झन्डै ३ सातापछि सञ्चालन गर्ने अवस्थामा उनीहरुको अध्ययनमा के सफलता होला वा राज्यले त्यो उपलब्धि प्राप्त गर्न सक्ला? । त्यो पनि हालको जेठ २० गते सम्मको बन्दाबन्दि खुल्ने सम्भावन अझै छैन ।

उनीहरुको भविष्यमा अन्यौलता देखिएको छ भने अर्काेतिर उनिहरुमा मनोवैज्ञानिक प्रभाव परेको देखिन्छ । यसको परीक्षा अवका दिनमा सञ्चालन गर्ने अवस्था छैन । सरकारले यसको विकल्पमा उनीहरुलाई विद्यालयले लिएको आन्तरिक परीक्षालाई आधार मानेर आधिकारिक रुपमा स्थानीय शिक्षा कार्यालयलाई पुर्ण जिम्मेवारी प्रदान गरि तत्काल परीक्षा बाट बन्चित तथा मनोवैज्ञानिक असर परेका आम SEE दिने विद्याार्थीको मनोवल उच्च राख्ने तर्फ सरकारको ध्यान जाने अवस्था आएको छ ।

यसमा नीजी विद्यालयका छाता संघसंगठनले प्रतिपद्दता जनाएको तथा नेपालका केहि शैक्षिक विज्ञहरुको राय तथा सल्लाह आईसकेको अवस्था छ ।

केहि दिन अगाडीसरकारले ल्याएको नीति तथा कार्यक्रममा अनलाईन शिक्षाको लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्दता देखियो । उता विश्वविद्यालयको छाता संगठन UGC ले आलाईन पठनपाठनको लागि ४७ करोड रकम छुट्याएको अवस्था छ । तर नेपालको भौगोलिक अवस्था, विकट्ता, नेपालीको आर्थीक अवस्था तथा आम विद्यार्थीका अभिभावको आर्थीक अवस्था के छ, सरकारले त्यसतर्फ ध्यान दिएको छ ? । हाल नेपालका हरेक विश्वविद्यालयले अनलाईनको माध्याम बाट शिक्षा प्रदान गर्ने जमर्काे गरिरहेको अवस्था छ ।

यसमा पनि विशेष महत्व प्रदान गरेको प्रदेश नं ६ मा अवस्थित मध्यपश्चिमाञ्च विश्वविद्यालयले आफनो विश्वविद्यालमा कार्यरत प्राध्यापकहरुलाई ई लर्निङ पठपाठनको लागि र्भच्युअल तालिम समेत दिईसकेको छ । यस विश्वविद्यालयको श्रमिान् रजिष्टार तथाशिक्षा डिन यम बहादुर कार्की एवम् सहायक डिन विष्णु खड्काको पहलमा २०७७ बैसाख १३, १४र १५ गते शिक्षाशास्त्र संकायका सम्पुर्ण प्राध्यापक तथा कर्मचारीलाई अनलाईन शिक्षाको तालिम देश तथा विदेशका विज्ञ अनुभवी प्राध्यापकबाट श्रीमान् उपकुलपति नन्दबहादुर सिहंको प्रमुख आथित्यतामातालिमको व्यवस्था गरेको अवस्था छ । यो तालिम पछि यसका अधिकांश क्याम्पसले आफना विद्यार्थीहरुलाई अनलाईन पढाईगरिरहेको अवस्था रहेछ ।

आज कोभिड १९ ले यो अवस्थाको सिर्जन त गर्यो नै तर यसको आवश्यकता तथा समस्याको गहिरो अध्ययन गर्न बाध्य बनाएको छ । हुन त विज्ञहरु भन्दछन हरेक नेपालीसंग स्मार्ट मोबाई छन्, नभएको सायद कोहि पनि छैन तर मोबाईल हातमा हुदैमा अनलाईन कक्षा उसको पहुंच हुन्छ भन्न सकिदैन ।

अर्को कुरा रेडियो, टेलिफोनबाट भन्ने सवालमा यो पनि सबैलाई उपयुक्त हुने अवस्था छैन । किनकि अधिकांश नेपालीको घरमा दिनभरी काम नगरे सांझ चुलोमा आगो नबल्ने स्थिति छ । नेपालका अधिकांश ठाउंमा हालसम्म पनि एफ एम तथा रेडियोले काम गर्दैनान् । यो तथ्यलाई आधारमान्दा ९० प्रतिशत विद्यार्थीले अनलाईनको माध्यामबाट पढ्न नसक्ने अवस्था देखिन्छ ।

यो भौगोलिक दोष, गरिबी पनको आधार, देशमा प्रशस्त मात्रामा रोजगारीको सिर्जना गर्न नसक्नु सरकारको कमजोरी, शिक्षा क्षेत्रमा गरिएको थोरै लगानीको दोष हो । जसले गरिखाने जनशक्ति भन्दापनि भाषण गर्ने जनशक्ति उत्पादनको दोष हो । यो आधारको चर्चा गर्दा यहां पनि जागीरे तथा हुने खाने आमाबाबुका सन्ततिले मात्र अनलाईन शिक्षा प्राप्त गर्ने स्थिति देखियो । जस्तोकि केहि समय देखि सञ्चानमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस स्नातकोत्तर तह एम एड तेस्रो वर्षका ९८ प्रतिशत विद्यार्थीहरु जागिरे छन् ।

अनलाईन कक्षामा आउनु भन्दा उहांहरु भन्नु हुन्छ सर नेटले काम गर्दैन भन्ने जगत चौधरी, अजृन चौधरी, धन दहादुर परियार, दुर्गा डांगी, नहकुल थापा, नर बहादुर यडि, निराजन शाह,तेला डांगी, सगुनचन्द्र थापा, गोमा थापा, हरि चन्द लगायतका विद्यार्थीहरुले नेटको समस्या, डाटाबाट घण्टामा २०० बढि रुपैयाले नपुग्ने भएकाले यो कक्षा लिन गाहे भएको तथ्य तथा प्रतिक्रिया छ । कक्षामा जम्म ५ देखि ७ जनामात्र उपस्थिति हुने गरेको अवस्था छ ।

उता प्रथम सेमेष्टरका जानकी चौधरी, खडानन्द डांगी, पुष्पाचौधरी, तिलक बुढाथोकी लगायतका ७० प्रतिशत विद्यार्थीले अनलाईन कक्षामा आउन नसक्ने समस्याहरु वताईरहनु भयको छ । स्नातक तह तेस्रो वर्षका विद्यार्थी तिलक देवकोटाको गुनासो यस्तो छ“एक घण्टामा २०० रुपैयाको डाटाले पुगेन कसरी ६ विषय अनलाईनमा पढ्न सकिन्छ” भन्ने गुनासो छ ।

उता बन्दाबन्दिको कारण आफनो घर दैलेख पुगेकि छात्रा टिका कुमारी शाहीको गुनासो यस्तोछ “सर हजुरहरले अनलाईन कक्षा लिएको खबरले खाना तथाबस्न नै मन लाग्दैन । यसरी हामीहरुको मनोविज्ञान विगार्न भएन हाम्रोमा त एनसियल तथा एन टि सी कुनै नेट चल्दैन त हामी कसरी पढ्ने” भन्ने गुनासो छ।

त्यसैगरी छात्रा अस्मिता पुनमगर, कमल रोकाय, हुम बहादुर रानाले आफुहरुले चाहेर पाि नेट नचल्ने हुदा लिन नसक्ने प्रतिक्रिया छ । उता प्रेम बहादुर रावलको भनाई “हरेक शिक्षकले विद्यार्थी जीवन पार गरेर आउनु भएको हो, के गर्दा ठिक के वेठिक भन्ने कुरा हामीले सरहरुलाई सिकाउनु पर्दैन होला, विद्यार्थीको मनोविज्ञानमा असर पर्नेगरी यो शिक्षा सञ्चालन गर्नु गलत हो” जस्तो प्रतिक्रिया छ ।

एकजना विद्यार्थीको भनाई “तराई तथा सहरका विद्यार्थीले त पढ्लान तर हिमाल तथा पहाडका विद्यार्थीको लागि यो मनोवैज्ञानिक असर पार्ने काम हो भन्न्ो जानकारी दिए” । यी त सामान्य प्रतिनिधि पात्र मात्र हुन । त्यो पनि बांके जस्ता सुगम जिल्लामा यस्तो हुदा कर्णालीका जिल्लाहरुमा रहेका विद्यार्थीहरुले के अनलाईन कक्षाबाट अध्ययन गर्न सक्लान ? यो सम्भव छ ? ।

कोभिड १९ ले के राम्रो काम गर्यो भने अवको १० वर्षपछि अनलाईन कक्षाको आवश्यकताको भने महसुस गरायो र यो संम्भव नि छ । सरकारले आलाईनको माध्यामबाट पढाई त गराउला तर परीक्षा प्रणाली, असाईनमेन्ट, प्रोजेक्टकार्य, कक्षाकार्य अझै महत्वपूर्ण त अन्तिम परीक्षा पद्दतिको प्रयोग कसरी गराउन सक्दछ ।

यो कूराको राम्रोसग अध्ययन नगरी हचूवाको भरमा अनलाईन कक्षाको हावा फैलाउदा आम विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने पक्कै छ । एकातिर कोभिड १९ कोकारण त्रसित बनेका तथा बन्दाबन्दि बाट वाक्क र दिक्क भएका हाम्रा विद्यार्थीहरु अर्काेतिरको अनलाईनको पढाईको कारण आफूहरु के गर्ने,कसरी पढ्ने पढाई छुटिसक्यो भन्ने चिन्ताले झन झन समस्या निम्त्यायने त होईन ?

यसै विचमा नेपाल खुल्ला विश्वविद्यालयको २०७७ साल जेठ १ गतेको सुचनामा उल्लेख यस्ता आधारहरु उल्लेख गरिएको छ । विशेष ई शिक्षा प्याकेज अध्ययनरत विद्यार्थीहरुका लागी रु २६० मा ६ जी बी र रु ५५० मा १५ बि बी डाटा २८ दिनको लागि हेरक दिन ५ घण्टाको लागि प्रयोगमा ल्याउन मिल्ने । सिफारिसमा प्राप्त नं हरु लाई ८ज्ञद्धद्धज्ञ३गरि प्याकेज खरिद गर्न सकिने । व्यवस्था गरेको छ ।

अनलाईन शिक्षा कार्यन्वयनका समस्याहरु

– अधिकांश ठाउमा विद्युत आपूर्ति हुन नसकेको अवस्था छ । जहां सोलारको प्रयोग गरिन्छ । भएको ठांउमा पनिविद्युतिय सेवालाई स्थाई रुपमा प्रदान गर्न गाहे छ ।
– विद्युतिय सेवासुविधा लाई सर्वसुलभ तथा निकै सस्तो दरमा प्रदान गर्न सकिएको छैन ।
– तत्काल यो सेवाको पहुंच नभएका ठाउंमा सोलारको सहुलियत प्रदान गर्न नसक्नु ।
– पटक पटक वत्ति जाने वा लाईन काटिने समस्या छ ।
– देशका सबै ठाउंमा हाल सम्मपनि वाईफाईको, थ्री.जी, फो.जीचल्ने वा चलेपनि त्यसको पहुंचआम अभिभावकमा छैन ।
– डाटाहरु सबै ठाउमा सञ्चालन नभएको तथा भएपनि सहजै चल्न नसक्ने अवस्था रहेको छ ।
– पठनपाठनको समयमा वत्ति तथा वाईफाई एवम् डाटा जाने वा बन्द हुने समस्या रहेको छ ।
– सरकारी क्षेत्रबाट यस खालका नीति नियमहरु तयार नगरिएकोअवस्था छ ।
– वास्तविकतामा भन्दापनि अरुको नक्कलमा आधारित बढि हवालामा चल्ने अवस्था छ ।
– ई लर्निङ् कक्षाको पाठ्यक्रम निर्माण, पाठ्यभार र समय तालिकाको तयारी गरिएको छैन ।
– नेपाली, भुगोल, माटो,वातावरण तथा अवस्था सुहाउंदो तयार गर्न नसकेको अवस्था छ ।
– जनताको आकांक्षा, आश्यकता, रुची एवम् परिवेशलाई गहिरो अध्ययन नगरी तयार गर्ने
अवस्था रहेको छ ।

अनलाईन कक्षा यसरी प्रभावकारी बनाउन सकिन्छ 

-नेपालका सबै विद्यार्थी लाई चाहि कम्प्युटर तथा ल्यापटप निकै सस्तो वा सहुलियत दरमा वितरण वा किन बेचको व्यवस्थागर्ने ।
– र्थी जी, फोर जी सपोर्ट गर्ने स्मार्ट फोनको व्यवस्थागर्ने ।
– सरकारले प्रत्येक लेपालीको घरघरमा वाईफाई सकभर नि शुल्क नसके जनताबाट थोरै शुल्क लिएर वाईफाई वा निकै सस्तो सुलभ दरमा डाटाको व्यवस्था गर्ने । जसबाट निश्चित समय होइन अनलिमिटेड सञ्चालन गर्न सहज होस ।
– शिक्षकहरु लाई अनलाईन शिक्षणमा दक्ष,तथा अनुभवी बनाउन तालिमको व्यवस्थागर्ने ।
– शिक्षकहरुलाई टवलेट, ल्यापटप, तथा स्मार्टफोनको व्यवस्थागर्ने ।
– अधिकांश ठाउंमा विद्युत आपूर्ति हुन नसकेको अवस्था भएकाले देशका सबै ठाउंमा यो व्यवस्था गर्ने ।
– सबैको पहुंच हुनेगरी सर्वसुलभ तथा निकै सस्तो दरमाविद्युतिय सेवालाई स्थाई रुपमा प्रदान गर्ने ।
– तत्काल यो सेवाको पहुंच नभएका ठाउंमा सोलारको सहुलियत प्रदान गर्ने ।
– पटक पटक वत्ति तथा नेटको लाईन काटिरहने समस्याको स्थाई समधान गर्ने ।
-नेट तथा डाटाहरु सबै ठाउंमा चल्न सक्ने अवस्थाकोसिर्जन गर्ने ।
– पठनपाठनको समयमा वत्ति तथा वाईफाई एवम् डाठा जाने वा बन्द हुने अवस्था रहेकाले त्यसको अन्त्ये गर्ने लागि वा दिर्घकालिन समस्या समधान गर्ने ।
– सरकारी क्षेत्रबाट नीति नियमहरु तयारगरी प्रभावकारी रुपमाकार्यन्वयनमा ल्याउने ।
-वास्तविकतामा भन्दापनि अरुको नक्कल गर्ने अवस्थाको अन्त्य गर्ने ।
– ई लर्निङ् कक्षाको पाठ्यक्रम, पाठ्यभार र समय तालिका तयार गर्ने ।
– नेपाली भुगोल,माटो,वातावरण तथा अवस्था सुहाउंदो पाठ्यक्रम तयार गर्ने ।
– नेपाली जनताको आकांक्षा, आवश्यकता, रुची एवम् परिवेशलाई गहिरो अध्ययन गरि तयार गर्ने
– दक्षजनशक्तिलाई मात्र नियुक्त गर्ने ।
– सबै विद्यार्थीहरुलाई कम्तिमा पनि ५०० जीबी पेनडृाईभ निशुल्क प्रदान गर्ने ।
– स्थान, भुगोल तथा आवश्यकता अनुसार परीक्षा प्रणालीको व्यवस्थागर्ने ।

अनलाई कक्षा सम्बन्धि हालसम्म आम विद्यार्थीका छाता संघ संगठनहरुको धारणा आएको छैन । यी आवाजको पनि महत्व राख्नुपर्ने देखिन्छ । उनिहरुको प्रतिक्रिया तत्काल नबुझेर यसको सञ्चालनले त्यति महत्व राख्न सक्दैन । अर्काेतिर आम शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरुको छाता संघ संगठन तथा आम शिक्षकको प्रतिक्रिया के छ ? त्यसको सम्बोधनको गर्ने, आश्यक जनशक्तिलाई तालिमको माध्याम बाट योग्य तथा सक्षमता प्रदान गर्नु आश्यकतादेखिन्छ ।

यसका लागी नेपालसरकारले हचुवा तथा देखासिकी गरेर तत्काल हतारमा निर्णय गर्नु भन्दा यस सम्बन्धी गहिरो अध्ययन गरेर मात्र अनलाईन कक्षा कार्यन्वयनमा ल्याउनु पर्दछ । यसमा लागि सरकारले शिक्षामा कम्तिमा पनि ३० प्रतिशत बजेट लगानी गर्नु पर्दछ । हाम्रा विज्ञहरुको भनाईले तत्काल यसको पुर्ण प्रयोगमा जाने करा गर्नु मुर्खता जस्तो हुन्छ । हामीले हाम्रो देशको माटो, भुगोल, पेशा, व्यावशाय, आवश्यकता, धर्म, भाषा, जातजाति यहांको माटो सुहादो दर्शन लगायतका पक्षमा निकै अध्ययन गर्नु राम्रो हुन्छ । अनिमात्र अलाईन कक्षाको सहि कार्यन्वयन हुन सक्दछ ।

निष्कर्षमा भन्नु पर्दा अनलाईन शिक्षाको आश्यकता कोभिड १९ को कारण मात्र नभएर २१औ. शताब्दिको आवश्यकता हो । हरेक देशहरुलेअबका दिनमा यसको प्रयोग नगरी सुख छैन । यसको विस्तारै नीति नियम तयारगरी कार्यन्वयनमा जानुको विकल्प छैन । यस शिक्षाको कार्यन्वयनका लागि देशले आश्यक नीति नियमको तर्जुमा गर्दै अबका केहि वर्षमा अनिवार्य वा केहि विकल्पहरु राख्दै जानु पर्ने अवस्था आजको कोभिड १९ ले देखाएको छ ।

यो भाईरस साम्य भएपनि फेरी फेरी अन्ने यस्ता रोगहरु आउंदैनान भन्न सकिदैन । यसमा नेपाल सरकार, विश्वविद्यालयहरुका सबै पदाधिकारहिरु, विद्यालय शिक्षा प्रदान गर्ने संघसंस्थाका पदाधिकारीहरु, विभिन्न राजनीतिक दल । यसका भातृसंघ संगठनहरु, हरेक संघ संस्था, व्यक्ति, विज्ञ तथा आम सरोकारवाको ध्यान जानु आवश्यक छ । शुभकामना ।

लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बांके पाठ्यक्रम तथा मूल्याङ्न विषय शिक्षण समिति प्रमुख हुनुहुन्छ