न गास, न बास छ र पनि बाँच्ने आस छ !

कहाँ हरायो सरकारको जनता आवास कार्यक्रम ?

कुमबाट फाटेको महिनौ नधोएको पुरानाे भेष्ट, उहि पुरानो लुंगी । सुत्नका लागि न बिछाैना न खाट, खटिया केहि पनि छैन । परालमाथि भुल्ला लुगा बिछाएर भुइमा बिस्तरा लगाइएको छ । वरीपरि सिठाले बारेको पुराना थोंत्रा टिनका पातालाई दाउराले चाँपिएको छानो छ । तराइकाे टन्टलापुर गर्मि साेच्नुस त ? अबस्था कस्ताे हाेला ? 

बर्षातमा पानी चुहिएर ओढ्ने ओछ्याउने भिज्छन अरूबेला परेला अभावले  भिज्छन । रपनि चाैधरी परिबारका जिन्दगी जसाेतसाे चलेकै छ ।   दाङ-देउखुरीकाे गढवा गाउँपालिका–६ आँटीपाकरका बल्ली चौधरीका परिवारको । दुई छोरा, तीन छोरी र आफू बुढाबुढी गरी ७ जनाको परिवार रहेको बल्ली चौधरीको दिनचर्या अत्यन्तै कहालि लाग्दो छ । उमेरले ५१ बर्ष पुगेका बल्ली चौधरी आफूले काम गर्न सक्दैनन् । जेठो छोरा जम्मा १६ बर्षको त्यो पनि बौद्धिक अपांग जस्तै ।

अन्य छोराछोरीहरु सानै छन्, मजदुरी गरेर खान सक्ने अवस्था पनि छैन । न मैले काम गर्न सक्ने, न त बुढीले नै मजुरी गर्न सक्ने, त्यसमा पनि कोरोना माहामारी अनि  लकडाउन हाम्राे त जिन्दगी नै लक बनाइदियाे । चाैधरीले लामाे सुस्केरा हाल्दै दुख बिसाए । दुखकाे चाैतारीमा दिन गन्ति गरिरहेकाे बताए । 

हामीलाई त दैनिकी चलाउनै गाह्रो भएको छ, गरिबका घर सरकारले बनाइदिन्छ भन्ने सुुनेको थिए। कता हरायो सरकारको यो काम ? बल्ली चौधरी भाबुक हुँदै भने गाउँपालिकाले दिएको चामल, दाल, तेल र नूनबाट आजसम्म छाक टारेका छौँ ।

हाम्रो न कोही, न कोही कसले खान दिने, सरकारले घर बनाइदिन्छ भन्ने सुन्थे खै त–बल्ली चौधरीको श्रीमती माया चौधरीले दुखेसो पोखिन् ।  जमानामा हामी आउँदा यिनीहरुको बसाई यस्तै थियो । अहिले सम्म सुधार भएको छैन । सरकारका निकायहरुको पनि ध्यान नपुगेको पाइन्छ–स्थानीय समाजसेवी हुर्मत पौडेलले भने ।

१० धुर जग्गा छ त्यो पनि पानी जम्ने खाडलमा । चौधरी परिवार घोराही महदेवा बस्ने बिष्णु पौडेलले दिएको जग्गामा झुपडी बनाएर बसेका छन् । उनीहरुको न सुत्ने बिस्तरा छ, न त खाट खटिया नै । भुुइमा पराल र त्यस माथि भुुल्ला ओछ्याएर सुत्ने गरेका छन् । सरकारले गरिबका घर बनाइदिन्छ भन्ने सुनेको थिए तर अहिले सम्म बनाइदिएको छैन ।

गाउँपालिकामा जाने र भनसुन गर्ने क्षमता पनि नभएका उनले भने । नेपाल सरकारको जनता आवास कार्यक्रमले यस्ता व्यक्तिको आवास बनाइदिने तर्फ चासो दिनुपर्ने स्थानीय समाजसेवीहरुको भनाइ छ । कता हरायो सरकारको जनता आबास कार्यक्रम ? यस्ताले नपाए कस्ताले पाउने हुन–नागरिक समाज देउखुरीका प्रबक्ता शंकर पाण्डेयले भने ।

गतबर्ष सिपी नेपालले घर बनाइदिने भन्यो, त्यो पनि उनको नाममा जग्गा नभएपछि पछाडि हच्कियो । सिपी नेपाल भन्ने संस्थाले पाँचै जना छोराछोरीलाई पढाइ खर्च ब्यहोर्ने भनि स्थानीय बिद्यालयमा भर्ना गराइदिएको छ । तर उनीहरु स्कूल पनि रेगुलर जान्नन्– स्थानीय समाजसेवी राजेन्द्र चौधरीले भने । लकडाउन पछि गाउँपालिकाले पहिलो चरणमा राहत दियो ।

दोस्रो चरणमा उपाध्यक्षको पहलमा राहात पाए, अब खाने खर्चपनि सकिन थालेको छ, काम गर्ने उपाय छैन–चौधरी दम्पतिले भने ।सरकारको जनता आवास कार्यक्रमले यस्ता व्यक्तिलाई छुन नसक्नु दुःखद भएको र तत्काल स्थानीय सरकार एवं सरोकारवाला सबैले चौधरी दम्पतिको समस्यालाई बुुझ्न जरुरी देखिएको स्थानीय बुद्धिजिवीहरुको भनाइ छ ।

संघीय सरकारले थालेको गरिबलाई घर दिने उद्देश्यले थालिएको जनता आवास कार्यक्रम अलपत्र परेको छ। आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुुदायका लागि प्रत्येक वर्ष २० हजार आवास निर्माण गर्ने लक्ष्यका साथ सुभारम्भ भएको जनता आवास कार्यक्रममा बालुवामा पानी जस्तै भएकाे छ ।