लकडाउनमा इन्टरनेट एडिक्सन

र इन्टरनेट एडिक्सनबाट बच्ने उपायहरु

बिश्वभर महामारी रुपमा फैलिएको कोरना भाइरस कोभिड १९ का कारण एकाउन्न लाख भन्दा बढि संक्रमित भएका छन र तिन लाख बढिले ज्यान गुमाइ सकेका छन । यसको संक्रमण दिनानुदिन बढिरहेको छ । नेपालमा पनि यसको असर तिब्र रुपमा देखा परीरहेको छ जसका कारण चार सय भन्दा बढीमा संक्रमण पुष्टी भएको छ भने तिन जनाको मृत्यु भएको छ ।

ज्वरो आउने , खोकी लाग्ने र स्वास फेर्न गाह्रो हुने यसका मुख्य लक्षण हुन ।यसको उचित उपचाँर नभएकोले मानव जातिका लागी चुनौती भइरहेको छ । यसबाट बच्न नियमित साबुन पानी ले हात धुने, खोक्दा हाछिउ गर्दा कुहिनो वा रुमालले नाँक मुख छोप्ने, मास्क को प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने हो । कोभिड १९ कोरना भाइरस तिब्र रुपमा फैलना बाट रोक्न सरकारले चैत्र ११ देखी लकडाउन (बन्दाबन्दी) गरेको छ ।

पहिलोपटक बन्दाबन्दीमा परेका नेपालीले सुरुको अबस्थामा सामान्य रुपमा लिएको भएतापनी लकडाउन लम्बीदै गएपछी भने जनजिवन अत्यन्तै प्रभावित भएको छ । लकडाउनमा बाहिर निक्लन नपाइने भएपछी समय बेतित गर्न इन्टरनेट गतिलो माध्यम भएको छ । नेपालमा सञ्चार क्षेत्रको विकास र बिस्तार तिब्र गतीमा भइरहेको छ ।

विगत केहि बर्ष यता मोबाइल र इन्टरनेट को पहुँच बढेको छ । मोबाइल फोन र इन्टरनेट को पहँुचले मानिसको जीबन शैलीनै परिर्वतन भएको छ । इन्टरनेटकोे प्रयोग ले दैनिक काममा छिटो छरितोपना बढेको छ भने मानव जिबनका हरेक बिभिन्न क्षेत्रमा प्रभाब बढेको छ जस्तै सञ्चार , जानकारी तथा समाचारमा पहुँच ,शिक्षामा पहुँच, बिभिन्न क्षेत्रमा अनुसन्धान, आविष्कारहरु को अध्यन गर्न यसले निकै सहज बनायको छ ।

साथै इन्टरनेट रमाइलो तथा खेलहरु खेल्न , भिडियोहरु हेर्न , बिभिन्न सुचना बारे जानकारी राख्ने सामाजिक संञ्जालहरु जस्तै फेसबुक , युट्युब ट्वीटर , भाइबर ,इमो, टिकटक , स्काइपहरुको प्रयोग अत्याधिक मात्रामा भइरहेको देखिन्छ । लकडाउनमा इन्टरनेटको लामोसमय सम्म प्रयोगले लत बस्छ जसले हाम्रो जिबनमा सहजता मात्रै बनाउदैन दैनिक क्रियाकलाप , आनी बानी तथा दिनचर्या समेतमा बाधा पु¥याउन सक्दछ ।

इन्टरनेट दुव्र्यशनी (एडिक्सन) एक खतरायुतm अबस्था हो । यसमा ब्यतmीले धेरैजसो समय अनलाईन बसेर साथीहरुसँग सामाजिक सञ्जालमा अन्तरक्रिर्या गर्ने फोटो राख्ने र लाइक कमेन्ट बढाउन हरेक खालका आर्कषक बाक्य वा भनाइ राख्ने , अरुले राखेका सामग्री हेर्दै टिप्पणी गर्न आनन्द आउने ,खेलहरु खेल्ने खेलाउने , यौन जन्य सामागी्र हेर्ने जस्ता क्रिर्याकलाप मा एकदम मनलाग्ने , यसरी अनलाइन बस्दा एकदम आनन्द महसुस हुने र यी क्रियाकलापहरु गर्न नपाए बेचैनी, छटपट , तथा दिक्दारी तथा झर्को लाग्ने हुन्छ ।

आफुमा यसको नकारात्मक असर परिराखेको जान्दा जान्दै पनी धेरै समय अनलाईनमा बिताउन मन लाग्ने र इन्टरनेट प्रयोग गर्न बन्द वा कम गर्न नसक्ने हुन्छ ।

इन्टरनेट एडिक्सनका मुख्य लक्षणहरु

– इन्टरनेट प्रयोग धेरैबेरसम्म गरिराख्न मन लाग्ने , त्यसबाट छुट्टिन मन नलाग्ने ।
– इन्टरनेटको प्रयोग जतिखेर गरि रहन मन लाग्ने ।
–  इन्टरनेट प्रयोग गर्न नपाए बेचैनी हुने झर्को लाग्ने,दिक्क हुने वा रिसाउने हुन्छ ।
–  इन्टरनेटमा बसिराख्ने आदत बढ्दै गएपछी काम, पढाई, अरुसंगको भेटघाट तथा अन्तरक्रिया सबै छोडदै जाने हुन्छ ।

इन्टरनेट एडिक्सनबाट बच्ने उपायहरु

–  अनलाईन बस्ने आदत कम गर्न आफु अनलाइन बसेको समयको(शुरु र अन्त्य गरेको) रेर्कड राख्ने । यसको सहयोगले बिस्तारै अनलाइनमा बस्ने समय कम गर्दै लैजानाले यो एडिक्सनबाट बाहिर आउन सक्छ ।
– शारिरिक ब्यायम गर्ने, योगा गर्ने , पारिवारिक छलफल गर्ने । खेल खेल्ने भान्छा र करेसा वारिमा काम गर्ने ।
– यदि इन्टरनेटको प्रयोग गर्ने इच्छाले आदतको रुप लिइ सकेको छ भने बिज्ञ मनोबिद , चिकित्सक तथा मनोपरामर्श कर्ताको सहयोग लिनु पदर्छ ।
लकडाउनको समय बेतितको लागी लामो समय इन्टरनेटमा नबसौं । इन्टरनेट एडिक्सन हुनबाट बर्चौ ।

लेखक जिल्ला अस्पताल जाजरकोटका हेल्थ असिस्टेन्ट ,हुनुहुन्छ ।