बाँझो जमिन खेर जान नदिन अभियान चलाइने

काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले खेर गइरहेको जमिनलाई प्रयोगमा ल्याउन अभियान सञ्चालन गर्ने सरकारले नीति लिएको बताएकी छिन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले १० वर्षमा उत्पादन दोब्बर गर्नका लागि व्यवसायीककरण र आधुनिकीकरणमा जोड दिइएको बताइन् ।

त्यसका लागि कृषिमा लगानी गर्ने उनले बताइन् । उनले मुलुक कोरोना भाइरसको चपेटामा परेको कारणले विकास गतिमा धक्का पुगेको बताइन् । आर्थिक क्रियाकालपमा सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताउँदै उनले वेरोजगारीलाई रोक्नका लागि व्यवसायीक कृषि र उत्पादन मुलक सेवाका कार्यक्रम परिचलान गर्ने बताइन् ।

खेर गएको जमिनलाई उपयोगमा ल्याउने बताउँदै उनले रासायनिक मल र उन्नत बीउको वितरण तथा सिंचाई क्षेत्रको पनि विस्तार गर्ने बताइन् । धान, मकै आलु लगायतको उत्पादनमा वृद्धि भएको बताउँदै उनले अगामी आर्थिक वर्षमा थप आधुनिकीकरण, व्यवसायीककरण र यान्त्रिककरणमा जोड दिई उत्पादनमा जोड दिइने बताइन् ।

कृषि आधुनिकीकरण परियोजनालाई प्रमुख कार्यक्रमको रुपमा देशभर विस्तार गरिने बताउँदै उनले कृषि उत्पादनसँग सम्बन्धित अन्य कार्यक्रम नदोहोरिने गरि कार्यक्रम सञ्चालन गरिने सरकारले नीति लिइने बताइन् । हरेक किसानलाई स्थानीय तहमार्फत सुचीकृत गर्ने र कृषि अनुसन्धान सम्बन्धी विद्यमान व्यवस्थालाई स्तरोन्नती गर्ने उनले बताइन् ।

इसेन्टरबाट कृषकलाई सहभागी गराई उत्पादनमा वृद्धि गर्ने व्यवस्था मिलाउने बताउँदै उनले कृषिलाई आयमुलक र मर्यादीत पेसाको रुपमा विकास गरिने बताइन् । विदेशबाट फर्केका युवालाई कृषिमा आकर्षित गर्नुको साथै कृषिका पूर्वाधारको विकास गर्ने बताइन् । वास्तविक कृषकलाई अनुदानको व्यवस्था मिलाउनुको साथै एउटा क्षेत्रका लागि एकै क्षेत्रबाट अनुदानको व्यवस्था मिलाउने उनले बताइन् ।

उच्च मूल्यका कृषि वस्तु उत्पादनका लागि कृषकहरुलाई प्रोत्साहित गर्ने बताउँदै उनले उपयोगविहिन सरकारी जमिनमा फलफूल रोप्ने कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्नुका साथै बाँझो जमिनमा बाली लगाउन कृषकलाई प्रोत्साहित गर्ने बताइन् ।

अर्गानिक खेतीका लागि कृषकलाई प्रोत्साहित गर्नुको साथै कृषियोग्य जमिनको माटो नियमित परीक्षण गरिनुको साथै माटोको प्रकारको बारेमा कृषकलाई जानकारी दिइने उनले बताइन् । कृषकले लागतको आधारमा उचित मूल्य पाउने वजारको व्यवस्थान गर्नुको साथै कृषकले बाली लगाउनुपूर्व त्यसको समर्थन मूल्य तोक्ने उनले बताइन् ।

अण्डामा आत्मनिर्भर भएका बताउँदै उनले माछा मासु लगायत अन्य कुरामा पनि आत्मनिर्भरको नजिक रहेको बताइन् । पोषणयुक्त आहार उत्पादन गर्ने बताउँदै उनले पहाड र तराईमा गाई, भैसी, भोडा, चाङ्ग्राको उत्पादनमा जोड दिइने बताइन् । पशुबाट सार्ने रोगलाई नियन्त्रण गर्न क्वारेन्टाइनको व्यवस्था गरिने पनि उनले बताइन् । कृषि शिक्षाबाट प्राप्त गुणलाई उपयोग गर्ने बताउँदै कृषिका हरेक क्षेत्रमा प्राविधिक कृषक परिचालन गरिने बताइन् ।

कृषि उपजको मूल्य शृङ्खलाको व्यवस्था गर्नुको साथै संंघ, प्रदेश र स्थानीय तहको मूल्यलाई समायोजन गरिने उनले बताइन् । जलवायु परिवर्तन र प्राकृतिक विपदबाट बच्न विभिन्न कार्यक्रमको संचालन गर्नुको साथै भूमि र प्रविधिको मार्फत भूमि बैंकको व्यवस्था गरिने उनले बताइन् ।