नेतृत्वलाई अनुरोधः निरास नबनाउनुहोस उत्साह बासी भएकै छैन

आशाको दियो हावाहुरीले निभेको देख्न नपाउँ

आज मुलुकमा जो कसैले भोलिका लागि रहने कि नहरहने भनेर चिन्ताको बिचबाट दिन बिताईरहेको छ । विश्व तरङ्गित छ । माहामारिलाई जित्नका लागि स्वास्थ्य क्षेत्रका बिज्ञहरु अहोरात्र खटिरहेका छन । भोक, निन्द्रा दिन रात नभनि तदारुकता देखाइरहेका छन । समाजसेवीहरु समाज बचाउन र परेका पिडाहरुमा मलम लगाउन सक्ने जति मेहनत गरि रहेका छन ।

कतै रोगको त कतै भोकको पिरलो छ । तर पनि यहाँ कम्युनिस्टको सरकार छ यो सरकार स्थायी सरकार हो । कम्युनिस्टको सरकारलाई गरिबदुखि निमुखाको सरकार हो भनेर आशा गर्नेहरुको भिडभाड छ । यो दुनियामा यदि कोहि श्रमजिबि सर्बाहारा बर्ग छ भने त्यो कम्युनिस्ट शब्दावलिलाई सिरानि हालेर निदाउछ ।

अपसोच ! आशा र भोरसाले न भोक नरोग हटाउन सक्छ मात्र प्रतिक्षाको घडिको सुइलाई नथाक्ने अठोट गरिरहन्छ । यो संकटको बेला हो । ती रोग र भोकले आतङ्कित शुभचिन्तकलाई हौसला, प्रेरणा र उत्साहको खाँचो छ । अभिभाकको अनुभूति गर्न पाउनुपर्छ जनताले आज भने अर्को तिर असल अभिभावकको भुमिका निर्वाहा गर्नु नेतृत्वको कर्तव्य हो ।

विश्व कम्युनिस्ट आन्दोलन बिखन्डनले बिचलन्तामा लम्किरहेको अबस्थामा नेपाली कम्युनिस्ट आन्दोलन एक ढिक्का हुने कोसिस गरिरहेको देख्दा हामी आसाबादि भएका छौ । भने अर्कोतिर कम्युनिस्ट आन्दोलनको चिन्ता गर्ने विश्व कम्युनिस्ट आन्दोलनका हस्तिहरु धन्यबाद दिदै मुस्कुराएर भबिष्य बिगत तिर नफर्कियोस भनेर पुकारि रहेका छन ।

नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा बधाईका पात्र बनिरहेको बर्तमान परिबेशमा श्रमजिबि सर्बहारा र क्रान्तिकारी तप्काले दिपावली मनाइरहेको छ । आशाको दियो हावाहरिले निभेको देख्न नपाउँ भनेर ठूलो मेहनत साथै पुकार्नु पर्ने जतिलाई नछुटाएर पुकारि दियो जगाएर दिपावलिको रौनकमा सबैलाई बोलाएर खुसि बाँड्न तम्सिरहेको छ ।

बिडम्बना नेपाली राजनितिक जगतभित्रका नासा क्षेत्रका बिज्ञहरुले आँधी आएर दिपावली बिथोल्ने संकेत छ भनेर सजग हुन आग्रह गरिरहदा चिन्ताको बादल मडारि रहेको छ । जसरि आज बिस्वलाई प्रकृति बिज्ञानले कम्पायमान बनाएको छ । त्यसरि नै आज नेपाली राजनितिकि बिज्ञानले कम्युनिस्ट आन्दोलनका शुभचिन्तकमाथि तरङ्ग पैदा गरिरहेको छ । यो हामी श्रमजीवी र क्रान्तिकारी शुभचिन्तकलाई महामारि माथिको थप माहामारि आएको अनुभूति भएको छ ।

अझै पनि नेपाली राजनितिमा कम्युनिस्ट आन्दोलन लाई बिस्वास र आश गर्नेको उत्तिकै भिडभाड छ । तर यस आन्दोलनको नेतृत्व गर्ने नेतृवको चालबाजि र ब्यबहारलाई मुल्यांकनको कमि गरिरहेका छैनन् । नेतृत्वले बिगत निहालेर भबियकोको चिन्ता गरि बर्तमान निहाल्नु पर्छ र शुभचिन्तक र अभिभावकलाई सम्झिदै कृयाकलाप अघि बढाउन कतै चुकेको त छैन ।

या चुक्ने दिशातिर गहिरहेको त छैन भन्ने संका पैदा गरिरहेको छ । जसरि राजनिति परिबेश बदलिएको छ त्यसरि नै नेतृत्व बदलिन सक्नु आजको आबस्यकता हो । बदलिएको परिबेसले नेपाली राजनिती को कम्युनिस्ट आन्दोलन मा थपिएको हौसला बासि हुन पाएको छैन । नसुति सपना देखेर सपना सहाकार पार्न तल्लीन देखिनु नेपाली कम्युनिस्ट आन्दोलन का लागि दुर्भाग्य हो ।

यो कुरा आजको नेतृत्वले मनन गर्नु पर्ने कुरा हो । यो एकता, एकता पछिको जिम्मेवारी र जिम्मेवारी सम्माल्दा थपिएको चुनौति दम्भले हैन साहास र सिर्जनसिलताले मात्र साकार पार्न सकिन्छ । सबैको मनोभावना , जिज्ञासा , अनुभव र ब्याक्तित्वको फ्युजन गरेर नयाँ दर्सन प्रतिपादनले आजको राजनिति बिज्ञानको चुनौति नै युगको आबस्यकता हो ।

राजनिति बिज्ञानले परिपक्वता देखाउदै प्रकृति बिज्ञानसँग लडेर समाज बचाउनु जिम्मेवारी र कुसलता सगै आबस्यकता हो । यो परिबेसमा कहि न कहि गएर सामाजिक संजालमा फैलिएको राजनिति माहामारिको हल्ला सत्य साबित भयो भने नेपाली कम्युनिस्ट आन्दोलनले ठूलो मुल्य चुकाउनु सिवाय अरु हुनेछैन र ईतिहासले धिकार्न पछि पढ्ने छैन ।

त्यसैले आजको नेतृत्वको ध्यान बैचारिक र सैद्धान्तिक खाका निर्माण तिर केन्द्रीकृत हुन जरुरि छ । बैचारिक दृष्टिकोण हिसाबले कुन तहमा कसरी परिपक्वता दिलाउने र समाजलाई कुन दिशा तिर कसरी र कुन बेला कुन मोडमा कसरी ब्यबस्थापन गर्ने भन्ने बिषयमा खाका तयार गरेर अघाडि बढ्न जरुरी छ ।

यो बर्तमान परिबेसमा कुन बेला के गर्ने कस्ले के गर्ने भनेर जिम्मेवारी बाँडफाँड गरेर काम नगरि मै खाउँ मै लाउ र मेरो दैजेलो कसैले पनि छुन पाउदैन भने जस्तो गरि मनपरि ढङ्गले कति खेर कस्ले के गर्यो र के बोल्यो लेखाजोखा नहुने गरि अघि बढिरहेको सस्कारको अन्त्य हुनै पर्छ र यो कम्युनिस्ट आन्दोलन र यसका पहरेदार देखि शुभचिन्तक को चिन्ता छ भने सबै एकीकृत भएर यश सस्कारको जरा उखेल्नै पर्छ अनि मात्र एकताले थापेको आश्रिबाद फलदायी हुनेवाला छ ।

आज खाकाको कमिले बिदेशमा पशुको उपाधि पाउनु परेको छ हामि नेपालीले , आधापेट बाँच्नु परेको छ सोदेशमा , चोकचोकमा जम्मा भएर दुनिया का कुरा काट्नु दैनिकि भएको छ र सामाजिक संजाल को दुरुपयोग गरेर कसैको बिरोध मा समय सदुपयोग गरेर बेरोजगारी छछल्क्याइरहेका छन लक्का जवानहरुले यस्ले समाज परिबर्तन हैन संकट तिर धकेलि रहेको छ । यस प्ररिस्थितिलाई समयमै अध्यायन गरेर राजनिती बिज्ञानले उछिन्नु आजको आबस्यकता हो ।

बिबाद र बिखन्डन सामाधान हैन समस्या हो । एकताले नाख फुराएका हामिलाई माहामारिलाई छेक्ने माक्सले बिखन्डन को लाजले कम्युनिस्ट आन्दोलन का बिरोधिहरु सामु नाख लुकाउनु नपरोस हामी सबैको चाहाना हो । कम्युनिस्ट पार्टी नामाकरण गरेर सामाजबादको लक्ष्य बोकेका हामी काम गर्ने तरिका पनि नाम लक्ष्य अनुरुपनै हुन जरुरि छ र जे भन्छौ र अध्यायन गर्छौ ब्याबाहारमा त्यहि गरेरै देखाउनु पर्छ अनि मात्र कम्युनिस्ट भनेर गौरब गर्ने खुल्ला ठाउँ रहने छ र राख्नु पर्छ ।

ब्यबाहार त नदेखाउन सक्नेले बिधाजन र बिखन्डन हैन राजनिबाट सन्यास लिनु पर्छ बिगतको लगानि सम्झेर सकिन्छ भने सकेजति सल्लाह दिने सकिँदैन भने शुभचिन्तक भएर मौन बस्नु नै बुद्धिमानि हुनेछ ।

लेखक पलाँता गाउँपालिका कालिकोटका अध्यक्ष हुनुहुन्छ ।