कोरोना भाइरसविरुद्धको खोपको परीक्षणमा अस्ट्रेलियन वैज्ञानिक

एजेन्सी,अस्ट्रेलियाका वैज्ञानिहरुले कोरोना भाइरसविरुद्धको दुईवटा सम्भावित खोपको परीक्षण सुरु गरेका छन् । अक्सफोर्ड विश्‍वविद्यालय र अमेरिकी कम्पनी इनोभियो फार्मास्टिकलहरुले बनाएको खोप विश्‍व स्वास्थ्य संगठनले जनावरमा परीक्षणका लागि पठाइएको बताइएको छ ।

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान नियोगले यदि उक्त खोपले काम गरे र मानिसका लागि पनि सुरक्षित हुनसक्ने जनाएको छ । गत महिना पहिलोपटक कोरोनाविरुद्धको खोपको मानव परीक्षण अमेरिकामा गरिएको थियो । तर, उक्त खोप अन्य जनावरमा भने परीक्षण गरिएको थिएन ।

विश्वभरका वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमणविरुद्धको खोपको विकास गरिरहेका छन् । तर, अस्ट्रेलियाको कमनवेल्थ वैज्ञानिक र औधोगिक अनुसन्धान संस्था (सीसीरो) ले आफ्नो परीक्षण पहिलो बृहत पूर्व-क्लिनिकल परीक्षण भएको जनाएको छ । “सामान्यतया: यो खोपको विकासका लागि एकदेखि दुई वर्ष लाग्छ । तर हामीले केही महिनामा यसलाई विकास गरेर अन्तिम रुप दिने प्रयत्‍नमा छौं,”सीसीरोका प्रमुख डा. रोब ग्रिनफेलले बीबीसीसँग कुरा गर्दै बिहीबार भने ।

विगत केही दिनदेखि सीसीरोले उक्त खोप फेरेट् जातको सानो स्तनधारीमा लगाइएको छ । उनीहरुमा पनि मानिसजस्तै कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको थियो ।

सार्स कोभ-२ एक भाइरस हो जसले कोभिड-१९ को संक्रमण गराउँछ । अहिले कम्तिमा २० वटा खोपको विकासको क्रम चलिरहेको छ । जनावरमा गरिएको परीक्षणको नतिजा यहि जुन पहिलो सातसम्म आउने वैज्ञानिकहरुले बताएका छन् । जनावरमा सफल भयो भने उक्त खोपलाई अन्य चिकित्सकीय परीक्षण गरिने बताइएको छ । – बीबीसी