कस्ताे हन्छ विवाहको पहिलो रात ?

काठमाडौं , नव विवाहिताहरुको पहिलो रात एक प्रकारको कौतुहलता तथा लाज, डर त्रास, संकोचले ग्रसित हुनु स्वाभाविक हो । तर, यहि रातको मिठो अनुभूति मानिसले बाँकी दिनमा गर्ने गरेको तथ्यांकले बताउँछ । पहिलो रात तथा हनीमुन समयावधि यौन क्रियाकलापलाई लिएर धेरैले ती यादगार समयलाई लिने गर्दछन् । त्यसैगरी यदि नवपरिचित व्यक्तिसँग विवाह भएको हो भने त अझ त्यो पहिलो रात यौन क्रियाकलाप भन्दा आपसी भावना साटासाट मै वित्नु उचित हुन्छ ।

 

नेपाली समाजमा विवाहलाई यौन सम्बन्ध राख्ने सामाजिक मान्यताको रूपमा लिइने गरेको छ । सामाजिक डरबाट उन्मुक्त भएर यौन कार्य गर्न सकिने भएकोले यसको महत्व भएको बताइन्छ । कसैकसैले त यसलाई लाइसेन्स प्राप्त यौन सम्बन्ध भनेर पनि ठटौली गर्ने गर्दछन् । विवाहको पहिलो रातलाई नै यौन सम्बन्ध राख्ने एउटा एवं अन्तिम अवसर ठान्नु हुँदैन । यसलाई यौन जीवनको सुरुवातका रुपमा बुझ्नु पर्दछ ।

चाहे जे होस् विवाहको पहिलो रातमै यौन सम्बन्ध राख्नै पर्छ भन्ने त्यस्तो केही छैन । यो दुई बीचको आपसी समझदारी तथा इच्छा चाहनामा भर पर्ने कुरा हो । बहुसंख्यक पुरुष सुहागरातकै दिन यौन क्रियाकलाप गर्न चाहन्छन भने सव कोही महिला त्यो चाहना नराख्ने हुन सक्छन् । उनीहरु एकआपसमा नजिकिन पार्टनरसँग प्रेमभावमा अंगालिन चाहन्छन् । विवाहको पहिलो रातनै महिला पार्टनरको हाइमेन नामक योनि ढाक्ने झिल्ली च्यातिनै पर्छ, हल्का पीडासँगै रगत बग्नै पर्छ भन्ने गलत धारणा हाम्रो समाजमा व्याप्त छ । त्यो वास्तवमा गलत सोच हो । आजकाल शारीरिक व्यायाम तथा सवारी साधनको प्रयोगले बहुसंख्यक महिलाको त्यो झिल्ली च्यातिइ सकेको हुन्छ ।

त्यसैगरी दाम्पत्य जीवन प्रगाढ बनाउन एवं यौन जीवन सुमधुर बनाउन आफ्नो पार्टनरले पनि उत्तिकै यौन सन्तुष्टि प्राप्त गरे–नगरेको हेक्का राख्नुपर्छ । कतै उसले पीडा त महशुस गरिरहेको छैन ? ख्याल हुनु जरुरी छ । दैनिकजसो वा एकरातमै धेरै पटक यौन सम्बन्ध राख्नुभन्दा कहिलेकाहीँ छुट्टी वा आरामपछि झन् बढी मज्जाको अनुभूति हुने अध्ययनले देखाएको छ । कतिपय दम्पतीले विशेष गरी महिला पार्टनरले यौन सम्पर्कका क्रममा सामान्यभन्दा बढी पीडा भएको बताउँछन्। जसलाई मेडिकल भाषामा ‘डिस्परेउनिया’ भनिन्छ । योनिरस पर्याप्त मात्रामा उत्पादन नभई योनि सुक्खा भएमा, भयातुर वा यौन कार्यको डरका कारणले यौनांग वरिपरिको मांसपेशी संकुचन भएमा, जीर्ण प्रकारको स्त्री जनेन्द्रियसम्बन्धी संक्रमण भएमा एवं महिनावारीपश्चात् सानो पेट (पाठेघर) वरिपरि रगत जम्ने समस्या (इन्डोमेट्रिओसिस) भएकामा पीडादायी यौन सम्पर्कको समस्या हुन्छ ।

त्यसैगरी पुरुषहरुमा पनि लिंग नउठ्ने समस्या आउन सक्छ । तनाव वा डरको प्रतिकूल परिस्थितिमा एवं स्थानमा, हतारमा यौन सम्पर्क राख्न खोजे पनि लिंग उत्तेजित नहुने समस्या आउँछ । त्यस्तै कतिपय पुरुषमा छिटो वीर्य स्खलन हुने समस्या हुन सक्छ । जसका कारण महिलामा यौन चाहना पूरा नभएको हुन सक्छ । यसका समाधानको बाटो पनि खोज्नु पर्दछ । महिला पार्टनरको प्राक्क्रीडामा यथेष्ट समय दिएको खण्डमा दुवै पार्टनरलाई राम्रो हुन्छ । आपसी समझदारीमा भएको पहिलो यौन जीवनभर यादगार हुन्छ । नवविवाहिता महिलाहरुमा पाकक्रीडाको पीडा, अनिच्छित गर्भ आदि कुराको त्रासबाट मुक्ति हुनु अनिवार्य छ ।

आफ्नो पार्टनरको कुरालाई पनि सम्मान गर्नसके मात्र पनि यौन क्रियाकलामा आनन्द लिन सकिन्छ । एकअर्काको कामलाई महत्व दिदैँ त्यसको मर्मलाई बुझेर दुखसुख साझेदार गर्नुपर्छ । एकअर्कासँग रमाइलो गर्नु, उत्साहित हुनु, रोमाञ्चक क्षणहरु विताउनु यसका उदाहरण हुन् । यस्ता कुराले दाम्पत्य जीवनलाई सुखमय बनाउँछ ।