चम्चे,चिलिमे,हुक्के र बैठकेहरुको निजी समाजबाद !

हरेक राष्ट्रमा प्रगति समृद्धि न्याय,समानता र स्वतन्त्रताको लागि संघर्ष हुन्छन । परिवर्तनका लागि निरन्तर बलिदान भएका छन । तर त्यत्तिकै परिवर्तन र बिकास स्वतन्त्रता र सम्मानता नमुनाका रूपमा अगाडि बढेका छन । हाम्रो देशमा पनि नभएको होईन नेपाल एकीकरण पश्चात अँग्रेजसँगको युद्ध र त्यसपछिको सुगौली सम्झौता बिदेशी चलखेल बिदेशीकै इसरामा उत्पादन भएका नेपाली राजनीति सँस्कार र पात्रहरू अनादिकालदेखी यथावत छन।

नेपालमा समय अनुकूल शासकिय स्वरुप र राजनीति परिवर्तनका लागि ठुला साना विभिन्न आन्दोलन संघर्ष नभएका होइनन् । कतिपय हत्याहिंसाको बाटोबाट त्यस्ता पात्रको सत्तामा उदय भयो । नेपाली राजनीतिमा शासकको जसरी उदय हुन्छ ।

त्यसरी नै ब्यबस्थालाई चौतर्फी घेराभित्र राख्न,लोभी,पापी र अपराधीको निर्माण भएको छ । त्यस्ता पात्रहरू नेपाली राजनीतिले उत्पादन नगरेर बिदेशी आर्थिक लगानीमा प्रायोजित परोक्ष पात्रहरू छन । जतिबेलासम्म राजनीति नेपाललाई पुर्णरुपमा तहस नहस बनाउन सकिदैन । तबसम्म त्यस्ता चम्चे,चिलिमे,हुक्के र बैंठके माफियाको उत्पादन गराउने बिदेशी डिजाइनको जालो फिजिदै र झागिदै जानेछ।

यसरी गरिएको हो माफियाको उत्पादन 

सुन्दैमा र पढ्दैगर्दा जो कोहि राष्ट्रभक्ती नेपालीको आँखाबाट आँसु नआउने कमै होलान् । जतिबेला सुगौली सन्धिमा अँग्रेजका तर्फबाट सुगौली सन्धी अगाडिअमरसिह थापालाई भनेका थिए रे हामिसँग सम्झौता गर यद्यपि सम्झौता नगरेमा तिमीहरु सबै मरेर सकिने छौ र तिम्रो देशपनी रहनेछैन ।

भनेपछी अमरसिह भिमसेन थापा बलभद्रहरु लगायतका बहादुरहरुले निस्कर्ष निकाले हामी मरेर देश रन्छ भने लडाइँ लडिरहनुपर्छ । हामिहरु मरेर देश रहदैन भने सम्झौता गर्नुपर्छ । त्यससँगै उनिहरु निष्कर्षमा पुगे हामिहरुले अग्रेजसँग युद्ध हारेको होईन सम्झौता गरेको हो भन्दै घ्वाँघ्वाँ रुँदै मउलमा हस्ताक्षर गरे । त्यो कुरा अँग्रेजले यसरी बुझे नेपालीहरु अब घाइते बाघ जस्ता भएका छन ।

फेरि हाम्रा विरुद्धमा संगठित रूपमा जुटन नदिन राष्ट्रभक्ती जतिलाई नेपालबाट सिध्याउनु पर्छ ,भनेर पान्डे र थापा परिवार भित्र अन्तरबिरोध हाले । उनिहरुले सेर बहादुर खवासलाई प्रतिनिधि पात्र बनाएर दरबार र भारदार बीचमा अन्तरबिरोध उत्पादन गरियो र राणाहरुलाई शक्तिमा ल्याएर भिमसेन,अमरसिंह भलभद्र लगायत सम्पुर्ण रूपमा राष्ट्र र देश प्रेमको डि एनए समेतको नस्ट गरिएको हो । जसको परिणाम कोतपर्ब,भणडारखालपर्ब र अलौपर्ब घिन लाग्दा नरसंहार मच्चाउने काम भयो । त्यहीँबाट नेपालमा फिरङ्गीहरुले यो वा त्यो रूपमा चम्चे,चिलिमे,हुक्के र बैठके माफियाको जग बसाल्न सफल भएको पाइन्छ ।

त्यतिबेलाका माफियाहरु बन्दुक र तरबारको बलमा जनतामाथी अत्याचारको रजाइँ गरेबापत भुमी राज पदक भुमी बिर्ता पुरुस्कारको रूपमा पाउथे । भने अहिलेसम्म तिनै माफियाहरु शिक्षा ,स्वास्थ ,बनजङ्गल जडिबुटी ,जल र जमिनमा राज्यलाई प्रयोग गरेर दलाललाई सुम्पेको यथार्थ हो । यतिबेलाका माफियाको रूपमा राजनीति सिद्धान्त सामाजिक सेवा बैचारिक बहसमा देखापरेको देखिन्छ । उनीहरुको चलखेल संसद बन्नेदेखी महत्त्वपूर्ण मन्त्री बन्ने र बनाउनेसम्म बार्गेनिङ सुरु भएको हुन्छ र पाइन्छ ।

कुनै एक ठेकेदारसँग राजनीति पार्टीको नेताको सम्बन्ध र उ देशको सरकार प्रमुख बनिसकेपछि ठेकेदारले भने बमोजिम मन्त्री बन्नुपर्ने मानव बेचबिखन गर्ने मानव दलालले कृषि बिचौलिया स्वास्थ माफिया शिक्षा आजका माफियाहरुनै हिजोका राणाकालमा राजा महाराजा काजी चौतारिया भारदारहरुका वरिपरि बसेर देश र जनतालाई शोषण गरिरहेका थिए । तिनै चम्चे, चिलिमे , हुक्के र बैठके नेपाली राजनीतिमा दरोसँग जरा गाडेर बसेका छ्न ।

यस्ता माफियाहरुको हातमा सिङ्गो राज्य ब्यबस्थापन रहिरहन्छ । त्यहासम्म गरिबी भोकमारी अन्याय,अत्याचार हत्या बलात्कार यथावत रहिरहन्छ । त्यो हिजोको सुगौली सन्धिदेखी पछाडी अहिलेसम्म जतिसुकै राष्ट्रघात जनबिरोधी गतिविधि भएका छन । सब बिदेशी तथा अराष्टिय तत्वबाट प्रायोजित सुत्राधार रहिआएको कारण हो ।

कतिसम्म शक्तिशाली छन यस्ता प्रवृत्ति देशमा 

यथार्थमा जतिबेला जनताको संगठित रूपमा माफियाको जालोभित्रबाट राष्ट्रलाई स्वाधीन सार्बभौम जनतन्त्रिक बनाउन संगठित बिद्रोह सुरुवात हुन्छ । पहिलो प्रयास उनिहरु सरकारलाई हातमा लिएर बन्दुकले ब्यबस्था बचाउने हजारौं प्रयास गर्छन । बन्दुक सेना पुलिस कर्मचारी तन्त्र सबै असफल भएपछि जनताले चुनेको ठम्याएको राजनीति नेतृत्वलाइ हातमा लिनकोलागी चम्चे चिलिमे मार्फत आर्थिक प्रलोभन र सुख भोजन जस्ता हजारौं प्रपन्चबाट घेराबन्दी सुरुवात गर्छन् । 

हुक्के र बैठकेहरुसम्म चम्चे,चिलिमेहरुले भुमिका खेल्छन ।  त्यस्ता पात्रहरू राजनीति दलकै सदस्य पात्र निर्माण हुन्छन । हरेक सिद्धान्तनिष्ठ राजनीति पार्टी हुक्के र बैठैकेको माध्यमबाट माफियाको कब्जामा पुग्छ । अनि त्यो सिद्धान्तबाट बन्ने सरकार नै संवत् माफियाको कब्जामा परेर जतिसुकै नाममात्रको सरकारी ब्यबस्था राखेपछि पनि अन्ततोगत्वा पुरानै काम्ले,मण्डलेमा परिनत हुन्छ यतिबेलाको राज्यले बाडेको जनताको अगाडिको सपनाहरू तिनै चम्चे चिलिमे हुक्के बैठके माफियाको राज्य बन्नुपरेको कारण जनताले दुख पाइरहेको हो भन्नेमा लोभ गर्नुहुन्न।

यस्ता हुन्छन माफियाका हर्कतहरु

माफियाहरुले पहिलोकुरा सरकारलाई आफ्नो काबुमा राखिराख्न राजनीति दल र आर्थिक सामाजिक संस्कृतिक रूपमा स्खलित बैचारिक कन्फ्युजन नेतृत्वसंग निकट रहन्छन । चम्चागिरि गर्न सक्ने भ्रष्टाचारले बच्ने हेतुलिएका चिलिमे र कोन्ट्रामुद्दामा आर्थिक भजाउन खोज्ने हुक्के र पद पावरको भरमा आफ्ना र आफ्न्तले गरेका गम्भीर अप्रादहरुलाइ राजनीतिको आडमा बार्गेनिङ गर्ने गर्दछन । 

बैठकेहरुलाइ आफू अनुकूलको सत्तामा पुगाउने हर्कत गर्दछन उनीहरुले जनतामा भरममा पारेर राष्ट्रघात र जनबिरोधिकाम गर्न प्रयत्न गरेका हुन्छन् । अहिलेपनी नेपाली राजनीतिमा देखापरेको मुल समस्या माफियाको चाकरी गरेर सत्तामा पुग्ने र जरजर संसदिय माफिया ब्यबस्थाको टिकाउ गर्न चम्चा चिलिमे हुक्के र बैठके हरुको राजनीतिमा दरो पकड बनेको छ।

के हो बर्तमान संसदिय ब्यबस्था  ?

पहिलो कुरा स्पष्ट हुन के जरुरी छ,भने बिश्वमा सामन्तबादी तथा पुजीवादी राज्य ब्यबस्थाको विकल्पमा कम्युनिस्ट ब्यबस्था बैज्ञानिक समाजबाद र साम्यबादको घोषणा हो । अर्कोतिर कम्युनिस्ट राज्य ब्यबस्थालाइ असफल पार्न र बिश्वब्यापी सैनिकी साम्राज्यवाद तथा सामन्ती ब्यबस्था यथावत राख्न माफियाहरुले निर्माण गरेको संसदिय ब्यबस्था हो । अहिले आएर पुजिबादले बिज्ञान र प्रबृधिमा बिकास गरेपछी संसदिय ब्यबस्थालाइ दलाल पुजिबादको पहिलो भरियाको रूपमा बिकास गरेका छन ।

त्योसगै दलाल माफियाको वरिपरि रहेका चमचे ,चिलिमे ,हुक्के र बैठकेहरुपनि दलाल संसदिय राज्य ब्यबस्थाको सुरक्षा गर्न त्यो दफा डटेर लागेको छ। उनीहरुको एउटामात्र भनाइ आउँछ राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल छैन । कलासिकल कम्युनिस्ट राज्यब्यबस्थाको लागि भनेर जुन हल्ला फिजाइएको छ ।

त्यसोत परिस्थिति अनुकुल छैन भनेर राष्ट्र र जनतालाई दलाल पुजिबादको सिकार बनाउने त जनताले यो कुरामा स्पष्ट हुन जरुरी हुन्छ । हामी उत्पीडित बर्ग समुदाय के स्पष्ट हुन जरुरी छ भने संसदिय राजनीति र बर्तमान संविधानको उपयोग गरेर राजनीति गर्ने संसदबादी राजनीति शक्ति र एकथरी गणतन्त्र नै खराब छ ,अर्को विकल्प भने कै पुनर उत्थानमा लाग्नुपर्छ भन्ने शक्ति दुबै लुटपाटमा संलग्न र असंलग्न माफियाका चम्चा चिलिमे हुक्के र बैठकेका कारिन्दा हुन । त्यस्को विकल्पमा बैज्ञानिक तवरले जनबादी गणतन्त्रको स्थापना अनिवार्य बनेको छ।

सरकार र संविधानमा एकरूपता र मतभिन्नता 

संसदबादी राजनीति शक्तिले जारि गरेको संविधानबाट गरिब जनताले के के राहतको महसुस गरेका छन । भन्ने प्रश्नको उत्तर यहाँ लेख्नुपर्ने देखिन्न ।  किनकी संविधानको भाब मर्म नै सरकारले बोल्ने हो ,जस्ले बोलिसकेको छ  । संविधानमा लेखिएको छ । समाजबाद उन्मुख संविधान त्यो किन हुन सकेको छैन । भन्दा हिजोकै पुराना साम्राज्यवादका एजेन्ट अहिलेसम्म यथावत शक्तिशाली रूपमा चलखेल गरिरहेका छन । 

तिनीहरुकै इसरामा सत्तालाई संचालन गरिरहेका छन। यसकारण कि एकातिर रोजगार भनिन्छ,अर्कोतिर हाम्रो देशका छोरिचेली नाङ्गै नाच्न कङ्गोमा बेचिएको देखिन्छन् ।  एकातिर रोजगार भनिन्छ अर्कोतिर दिनानुदिन हजारौंको संख्यामा युबाशक्ती बिदेश पलायन भएको छ ।  एकातिर शान्ति भनिएको छ अर्कोतिर हत्या हिंसा बलात्कारका जघन्य अपराधहरू राजनीति आडमा तोडमरोड गरिन्छ । एकातिर भ्रष्टाचार निर्मुल भनिन्छ दिनदहाडै घुस ठगी ठेक्का पट्टामा कमिसनको चलखेल हुन्छ । सरकार मौन हुन्छ शिक्षामा निशुल्क भनिन्छ  ,सामुदायिक बिध्यालयमा पठनपाठन खस्किदो गतिमा हुन्छ निजि स्कुललाई मनपरि गर्न छुट गराइएको हुन्छ स्वास्थमा निसुल्क भनिन्छ । सामान्य प्राथमिक उपचार हुनसक्ने सामाग्री छैन ।  निजि किलनिक मनपरि गरिरहेका छ्न । यो सब किन भएको छ भने सरकार चौतर्फी रूपमा माफियाको चङ्गुलमा छ । भन्ने स्पष्ट हुन्छ सरकार माफियाको घेराभित्र रहनु भनेकै ब्यबस्थानै सम्पूर्ण रूपमा दलाल माफियाको कब्जामा छ भन्नेमा दुइमत रहदैन ।

आर्थिक वृद्धिप्रतिको वास्तविक सत्यता के हो ?

बर्तमान संविधानका सुत्रधारहरुले यतिबेला भन्ने गरेको सबैभन्दा सर्बाधिक चर्चामा आउने बिषय बनेको छ । राष्ट्रको जिडिबि सात प्रतिशतले बिकास भएको छ । अहिले नै प्रतिब्यक्ती आय एकसय डलरको लेखाजोखा गरेको पत्रपत्रिकामा छ्यापछ्याप्ती पढन पाइएको छ ।

यहाँनेर आर्थिक आय मजदुर किसान श्रमजीवी जनताको जिबनस्तरको मुल्यांकन र आयश्रोत मुल्यांकन नगरीकन बिनोद चौधरी जस्तै पाँच जना पुजिपतिको दैनिक मासिक र बार्षिक आयश्रोतलाइ सम्पुर्ण नेपालको कुल जनसंख्यालाई भाग गरेर जनताको जिबन स्तरमा परिवर्तन आएको दाबि गर्नु भनेको अत्यन्तै निन्दनीय ब्याख्या हो ।

एउटा तितो सत्य के हो भने राष्ट्रिय पुजिबादलाइ दलाल पुजीवादीको हातमा सुम्पिए बापत सिमित चम्चे चाप्लुसे हुक्के र बैठकेहरुको जिबन स्तरमा परिवर्तन ल्याएको छ । ठिक उल्टो मासिक रूपमा दुधे बालकदेखि मसानघाटमा नपुगेको मुर्दामा समेत प्रतिदिन एकसय पचास बिदेशी ॠण थोपर्ने काम भएको छ । यसको विकल्पमा बैज्ञानिक समाजबादको अनिवार्य जरुरी छ । जस्ले राष्ट्रिय पुजिलाइ सामुहिक सामाजिकिकरण गरेर रोजगार उत्पादन बितरणमा समेतलाई बैज्ञानिक गरेर माफियाको उत्पादन बितरण प्रयोगको सिद्धान्तलाई नस्टगर्न जरुरी हुन्छ।

राजनीति दल र संसदिय ब्यबस्था

हाम्रो देशमा जतिपनी संसदिय दलहरू छन तिनको हरेक पार्टी सदस्यहरुको स्वरुप राजनीति बैचारिक अवस्था हेर्दा दयनीय अवस्था देखिन्छ ।  जस्तै कम्युनिस्ट पार्टीको सदस्य हु भन्छन् माक्र्सवादमा खासखास के लेखिएको हुन्छ त्यो सदस्यलाई थाहा हुदैन ।

काग्रेसको सदस्य हु भन्छ बिपिले अबलम्बन गरेको राजनीति सिधाान्त के हो उसलाई थाहा हुँदैन । त्यो नै पार्टीको केन्द्रिय सदस्य चुनिन्छ । अनि कसरी त्यसो हुन्छ त्यो सदस्य कसरी भएको होला त्यो जनताले चिन्दैनन । त्यहीँ मान्छेले कुनैदिन उसलाई राज्यबाट तस्कर लुटेरा तस्कर बलात्कारको मुद्दा लागेर फरार हुन्छन् ।

त्यहीँ ब्यक्ति राजनीतिमा छिरेर असल नेता बन्छ । कुनै जनप्रतिनिधिको उम्मेदवार बन्छ । ठूलो पैसाको चलखेल गर्छ चुनाव जित्छ ।  राज्यको सयौ ढुकुटी रित्याउछ । जनता गुनासो गर्छन बिकास भएन रोजगार भएन भ्रष्टाचारले चुलि नाघ्यो न्याय सुसासन शान्ति भएन जनता स्वर निकालेर कुर्लिन्छौ ।

हामीलाई यो स्पष्ट हुनुपर्छ कि यो संसदिय ब्यबस्था भनेको यस्तो ब्यबस्था हो । जस्ले जल,जमीन ,जडिबुटी, र राष्ट्रको स्वाधीनतालाई समेत दाउमा राखेर सत्तामा पुग्ने दलाल भुमाफियाको सेवागर्ने मुठ्ठीभर छुल्याइ गर्नसक्ने चम्चे चिलिमे हुक्के र बैठकेहरुले मात्रै सेवा सुभिदा भोग गर्ने मजदुर किसान श्रमजीवी श्रमिक गरिबको आवाजलाई बन्दुकको बलमा ठेगान लाउने चिन्तनको बिकास अप्रादी जाली झेली भ्रष्टाचार बदनियत ब्यक्ति उत्पादन गर्ने र अटाउने कारखाना हो।

अबको विकल्प के छ नेपालमा

हामीले एउटा राजनीतिक पार्टीको विकल्पमा अर्को राजनीतिक पार्टीको विकल्प खोज्नु भनेको भिरबाट लोटेर मर्नुभन्दा नदिमा हामफालेर आत्महत्या गर्नुजस्तै हो  । बर्तमान संविधान निर्माण गर्ने राजनीति शक्ति जतिसुकै प्रगति र ओभानो कुरागरेपनी उहीँ चम्चे चिलिमे हुक्के र बैठकेहरुको घेराभित्र परेको माफियाको हित अनुकूलको घिनलाग्दो संसदिय ब्यबस्था हो ।

अब यो पुरानो जरजर दलाल माफियाको विरुद्धमा उत्पीडित बर्ग समुदायको एउटा पृथक क्रान्तिको अनिवार्य जरुरी छ ।  जस्ले राष्ट्रियता,जनतन्त्र र जनजिबिकाको सवालको पहिलो क्रान्ति ल्याउन जरुरी छ।  जस्ले नितान्त लाखौं लाख बिदेशीयका नेपाली युबाहरुको अबस्था कङ्गोका डिस्को बारमा नाङ्गै नाचेर जिबन खोजिरहेका चेलिबेटी मजदुर किसान श्रमजीवी श्रमिक उत्पीडित बर्ग जाति समुदायको हितमा हुनेगरी परिवर्तन ल्याउन सकिएन भने अबको दशबर्षमा एक करोड युबा शक्ति बिदेशिने समस्या आउने र तिनै हुक्के चिलिमे बैठकेहरुले दलाल माफियाको हातमा सम्पुर्ण रूपमा राष्ट्रलाई सुम्पिने खतरा निम्तिन सक्छ ।

झन्डै एकलाखजती नेपाली अनुहारका बिदेशीहरुको सेवा र आशिर्वादको भरमा राजनीति गर्ने माफियाका खेतालाहरुको तिनपुस्ते सम्पत्तिको छानबिन गरेर जेलमा सडाउन जरुरी छ।