जुनेली बज्यैको आँसु र समृद्धीको बाकस

जबजब धर्तीमा जिबको उत्पादन भयो जसले बाँच्नको लागि सघर्ष देख्यो र खोज अनुसन्धान गर्दै सत्य तथ्यतामा जीवनकाल बाच्ने आधार देख्यो । त्यो सचेत मानव रूपमा मानबको उत्पती भयो । जसले गाँस,बाँस,कपासका लागि संघर्ष गर्‍यो जो त्यही सचेत मानवले जल,जमिन र जङ्गललाई आफ्नो उत्कृष्ट जीवनकाल बिताउने खास माध्यम बनायो । जसले जंगली सभ्यता कबिला सभ्यता दास सभ्यता सामन्ती सभ्यताको हजारौं अनगिन्ती बर्षहरु पार गरेरै यहासम्म आयो ।

जतिबेला बर्ण र रङ्गको आधारमा भएको दास सभ्यताको विरुद्धमा स्वतन्त्रताको लागि युद्ध गर्नुपर्‍यो र गर्‍यो जतिबेला मान्छेले मान्छेलाई किन्ने र बेच्ने प्रक्रियाको अन्त्य भयो ।

त्यसलाई भन्यो एक सभ्यताको अन्त्य गर्न युद्ध गर्‍यो । केही मुलुकमा मानव सभ्यताको उत्कृष्ट सिस्टमको निर्माणका लागी अनिवार्य सफलता पायो जसले जल,जमिन,जडिबुटीलाई बिकास गरेर गाँस,बाँस,कपास, शिक्षा स्वास्थ र रोजगारका असख्य आबस्यक्ता परिपुर्ति गर्‍यो ।

जसले आज संसारमा सर्बोच्च सुखको लागि बिज्ञान र प्राविधिमा युदगरेर बौद्धिक क्रान्तिका जेहाद छेडिरहेका छन।बिडम्बना धेरै राष्ट्रहरु गासबास कपास शिक्षा स्वास्थ रोजगारीकै लागि जीवन मरणको युद्धको तयारी गरेर मर्ने र मार्ने काम गरिएको छ ।

यो जब मानिसको बिलासिन्ताको लागि मान्छेमाथी अन्याय हुन्छ अनि मान्छेले मान्छेका विरुद्धमा युद्ध गर्दछ त्यो अभिलाषा अपुगतानै आँसु र सपनाको छायांकन गजुर हुदोरहेछ ।त्यस्तै जुनेली बज्यैको सपनाहरू र आसुको कुरा गरौ।
जुनेली बज्यैका धेरै सन्तान कोहीले मधेस छोपेर बसे त कोहीले पहाड कोहीले हिमाल जो जहाँ भएपछि पनि उनीहरुको एउटामात्र समस्या थियो ।

गाँस,बाँस,कपास,शिक्षा, स्वास्थ र रोजगार यस्ता आक्रान्त समस्याले न त उनका सन्तानले पेटभरि खान पाउथे न त ज्युभरी लाज छोप्ने र चिसो छेल्ने वस्त्रनै रोगले थलिदा जुनेली बज्यै आफ्ना अगाडि पानीसँगै बगिरहेको सतुवा चिराइतो र हजारौं जडिबुटी टिपेर ढुंगाको सिलौटोमा पिसेर खाने पाखुरा चल्दैन थियो ।

तरपनी उनी त्यहीँ जरो ओखती घोटेर खान छोराछोरीलाई अराइ रहन्थिन । युद्ध गरेरै भएपछि पनि औषधिको ज्वरो घोटेर पिउने असख्य इच्छा थियो । सिकाउथिन त्यो जङ्गल र जङ्गलबाट बगेको पानी मेरो पुर्खाको तिम्रा पुर्बजको हो । त्यसलाई सुरक्षा गर्नुपर्छ चत्तुरेले बेचेर खाइरहेको छ ।

गोरेले किन्दै छ । त्यसैले तिमीहरु मरेर नी त्यो मेलो पाखो खेत खारो नदि र कुलो जोगाउनु पर्ने छ । कहिले तारार्इको जेठोलार्इ सिकाउथी कहिले पहाडको धनबहादुरलाई कहिले हिमालको मन बहादुरका कबिलाहरुलार्इ जुनेली सम्झाइरहेकी थिइन । कहिलेकाँही जुनेलिले देउथल देरादुन टृष्टा र सतलजको लोरि सुनाउदै उद्देलित बनाउथिन । 

कहिलेकाही कर्णालीको नुनको अभाव र चामलको खडेरी सुनाउदै बिद्रोह ओकल्न लगाउने गर्थिन कालरात्री भित्रमा सुन्दर सपनाको भारी बोकेर उकालो ओरालो हिमाल तराई पहाड गरेको जुनेलीले एउटा बिद्रोहको उज्यालो बोक्न आफ्नो छोराछोरीलाई तयार गरिन ।

जहाँ जुनेली बज्यैको यौवनको अस्मिता र शिरको स्वाभिमानीको लागि तरबारले लुटेका अधिकार तरबारले फर्काउन मसाल बाल्न तयार भएर उनका सन्तानहरु दुराचार साम्राज्यको द्रबिट पिचासलाइ सिध्याउन चत्तुरेले बेचेको आफ्नो अंग प्रत्याअङ्ग खोसेर फर्काउन प्राथाना गरिरहेकी थिइन् ।

जुनेलीको बज्यैको कष्टकर दिन

जहाँ जुनेली बज्यै आफ्नो हिमालदेखि चाँदी सुनखलोको तराई मिथिला भोजपुराका सप्तरङ्गी साँस्कृती कर्णालीका कर्णप्रिय लोरि सुनेकी मात्रै थिइनन देरादुनको पानीको घुड्की नपाइ सन्ततिको अस्तिपञ्जर चिहान बनेको भक्कु देउथलको गौरवको त्यत्तिकै गाथा सुनाउथिन । कहिलेकाही कोत पर्व, भण्डारखाल पर्ब र औलौ पर्बका असख्य कहालीलाग्दा कोलहाल सुनाउथिन ।

त्यस्तै त्यस्तै सुनाउथिन एकसय चारबर्षे श्री ३ को बिगबिगी कहिलेकाही सुनाउथिन साडे दुइसय बर्षको स्थार्इ मोज ल्याइते,ब्याइते,भित्रेनिपट्टी र कोठिपट्टिको कोट भिरकोट मौला र कोटमौलाको बलि कहिलेकाही डाको छोडेर रुन्थिन लिपियाधुरा कालापानी सुस्ता महाकाली टनक्पुरका तस्करी गरेर बेचेको बैमानिहरुको कर्तुत त्यसैलाई देखेर उज्यालो बाल्न बत्तीको मसाल बाल्न एक दसक युद्धको भीषण कष्टमय कालरात्रीहरु खबरदारी गरिरहन्थिन ।

सम्झौता र आत्म समर्पण होइन बिजय स्वाभिमानको दिबगजुर अनिवार्य उभ्याउनुपर्छ खै त जुनेली बज्यैले कसरी चिन्न सकिन चत्तुरे र गोरेले कसरी कतिबेला आफ्नो बृयसेगन गरेर फेरि स्वाभिमानी छोराछोरी अबैध कुपुत्रको जन्म होला र उनिहरुबाटै अपराधको तरबारको धारमा रेति लागेछ कहाँनेर कहाँबाट के पिलाए धेरै निन्द्राको बीस जुनेली बज्यै सुतेको सुतेइ सम्झौता र सहकार्य चुनावी भागबन्डा सबै भएको रहेछ।

निन्द्रापछी जुनेली बज्यै ।

बाच्नको लागी मर्ने र मर्नका लागी बाच्ने मान्छेका स्वभाव हुनसक्छन । तर जुनेली बज्यै बाच्नकै लागी लड्न सिकाउथिन । तर हजारौं तरिकाले मरिरहेकी हुन्थिन लामो निन्द्रापछी जुनेली बज्यै बिउझेर हेरिन पुरानो आफ्नो बिरता अस्मिता स्वाभिमानको सपनाहरूको गादो र पटुकी सबै चोरीपैठारी भएको देख्छिन ।

यत्रतत्र अस्मिताको लुङ्गी सबै च्यात्तिएको देख्छिन । हिमालका मनबहादुर पहाडका बलबहादुर तराईका धनबहादुर कोहिपनी देखिनन बिचरा त्यतिबेला चारैतिरबाट कोहि मधेसी कोहि हिमाली कोहि पहाडी कोहि हिन्दु कोहि मुस्लिम कोहि बौद्ध कोही इसार्इ कोहि किराँत कोहि सिक भएर मुलाको चाना पारे जस्तै चिराचिरा पारेर शरीर काटेर भाग लगाइएको देख्छिन र त्यहा नेपाली भएर उभिएको कोहि देखिनन ।

केबल एउटा समृद्धिको चुनावी बाकस त्यो बाकस देखेर भक्कानिदै काटिएको शरीरका रगतका धारा बगाउदै अस्मिताको चोलिका तुना र पेटिकोटका डोरि कसेर दौडिरहेको देखिन थाल्छिन । निन्द्रापछी जुनेली बज्यै जुन समस्याको कारण र खुसीको किरण देख्ने सुनौलो सपनाको बिछिप्त हत्याको लासहरु हेर्दै समृद्धिको बाकसमा धनबहादुर मनबहादुर र बलबहादुर नेपाली पोसाकमा कुर्सी र बिलासिन्ताको भोट मागिरहेको देखेर उनी दुबै ओठमा आखाको आँसु पिउदै गोलि र तरबारले क्षत बिक्षत ईमानदार सन्तानका लासहरु यत्रतत्र छरिएको देख्छिन ।

ओठ कपाउदै भोकले छिरेका पेटलाइ कर्णालीको पटुकिले बेस्सरी कस्दै चत्तुरे र जुठे मिलेर धारिलो जनघात ,राष्ट्रघात र धेकेबाजको तरबारले काटेका चिराचिरा शरीरको घाउ बिद्रोहको घुम्टोले छोपेर समृद्धिको कपटपूर्ण बाकसबाट अर्को न्याय स्वतन्त्रता सामानता जनतन्त्र जनजिबिका र स्वाभिमानको मसाल बाल्दै फेरि बहादुर र इमान्दार सन्तानलाइ बेइमानी धोकेबाजलाई मुर्दाको मसानघाट पुगाएर कपटपूर्ण समृद्धिको जाली बाकस जलाउन इमान र स्वाभिमानको कानैमा केहिकुरा जपिरहेकी हुन्छिन ।

त्यहीँ कुरा जप्दै गर्दा लिप्याधुराको ब्यापार गर्नेहरू तुच्छ स्वाभिमानको गितारको तार रगटेर नग्न नाच नचिरहेका छन । कम्युनिस्ट काँग्रेस अभिजातबर्गको आशिक कमजोरीको फाइदामा उभिएर समग्र जुनेली बज्यैको सपनाहरू खोसेर माथी मध्ययुगीन बराबरताको कसार्इ पसल खोल्ने बुचरहरुलाई राम्रोसँग चिन्दछिन रत मौनता भित्रको अबिस्वासको ओठ्हरु लेप्र्याइ रहन्छिन। जुनेली बज्यैले रछयानमा बाँस खोजिरहेका लाखौंलाख सपनाहरूको ज्वालामुखी सिहदरबारमा दनदनी बालेर ।