भारतमा भाजपाका अधिकाँश सांसदमाथि आपराधिक मुद्दा

नितिशको पार्टीमा मात्रै ८१ प्रतिशत

एजेन्सी,भारतको लोक सभाका नयाँ सांसदमध्य झण्डै आधाविरुद्ध आपराधिक मुद्दा लागेको एक अध्ययनले देखाएको छ । सांसदमाथिको आपराधिक मुद्दाको यो दर सन् २०१४ को भन्दा २६ प्रतिशत बढी हो । ‘एशोसियसन अफ डेमोक्रेटिक रिफर्म(एडीआर)’ नामक गैर सरकारी संस्थाले यसको अध्ययन गरेको थियो ।

एडीआरले विश्लेषण गरेको ५३९ विजयी उम्मेद्वारमध्ये २३३ अथार्त ४३ प्रतिशतलाई आपराधिक मुद्दा लागेको थियो । पार्टीगत रुपमा हेर्दा भाजपाका ११६ सांसदमाथि आपराधिक मुद्दा छन् । त्यो उसको कुल विजयी सांसदको ३९ प्रतिशत हो । त्यस्तै कंग्रेसका २९ जना(५७ प्रतिशत)माथि अदालतमा मुद्दा चलिरहेको छ । सबैभन्दा धेरै मुद्दा लागेका सांसद जेडीयूका छन् । नितिश कुमारको पार्टीका कुल विजयीमध्य ८१ प्रतिशत(१०) सांसदमाथि आपराधिक मुद्दा छ ।

त्यसबाहेक डीएमकेका १० जना (४३ प्रतिशत), टीएमसीका नौ जना(४१ प्रतिशत) सांसद पनि विभिन्न आपराधिक मुद्दा लडिरहका छन् ।

एडीआरको रिपोर्टमा तुलनाका लागि यस अघिका दुई लोकसभाका सदस्यमाझ कायम आपराधिक मुद्दाको तथ्याकं पनि समावेश गरेको छ ।

रिपोर्ट अनुसार सन् २०१४ मा १८५(३४ प्रतिशत) लोक सभा सदस्यमाथि आपराधिक मुद्दा थियो जसमध्य ११२ माथि गम्भिर प्रकृतिको आपराधिक मुद्दा थियो । त्यस्तै त्यस अघि सन् २००९ मा लोकभाका १६२ सासंदमाथि (३० प्रतिशत) त्यस्ता मुद्दा चलिरहेको थियो ।

‘ सार्वजनिक रुपमै गम्भिर प्रकृतिको आपराधिक मुद्दा लागेका संसादको संख्या सन् २००९ को तुलनामा हाल १०९ प्रतिशतले वृद्धि भएको छ,’ रिपोर्टले भनेको छ ।

रिपोर्टमा प्रत्यक आपराधिक मुद्दाको प्रकृति पनि छुट्टाइएको छ । आपराधिक मुद्दा लागेका सांसदमध्य २९ प्रतिशतलाई बलात्कार, हत्या, हत्या प्रयास वा महिला हिंसाका मुद्दा छन् ।

एडीआरका अनुसार ११ विजयीलाई हत्याको मुद्दा छ । भोपालबाट नव निर्वाचित भाजपा प्रज्ञा सिंह ठाकुरलाई सन् २००८ को मलेगाउँ विस्फोट सम्बन्धमा आतंकवादी मुद्दा लागेको छ । उनको उम्मेद्वारी दिँदा भाजपाले आलोचना खेपेको थियो ।

थप, २९ विजयी उमेद्वारमाथि घृणाजन्य अभिव्यक्तिका मुद्दा छन् ।

सांसदमध्य कंग्रेस नेता डिन कुरियाकोसमाथि सबैभन्दा धेरै आपराधिक मुद्दा छ । उनी विरुद्ध व्यक्ति हत्या, घर जग्गा हडपेको, डकैती, डरधम्कीसमेत २०४ वटा आपराधिक मुद्दा छन् ।