विदेशीएका यूवा र नागरिकता विधेयक ऐन

विहान लाहुरेहरुको शहर भनेर चिनिने पोखराको पृथ्वीनारायण क्याम्पस अगाडी चिया पिउदै क्याम्पसमा अध्ययन गर्ने भाईले हान्देको धषष् को पासपोर्टबाट फेसबुक चलाउदै थिए । बाल्यकालको साथी राजेश गुरुङ्ले पोर्चुगलबाट मेसेन्जरमा फोन गरेर सोध्न थाल्यो के हामी भिजा लगाउन पर्ने हो । के हो यस्तो ? यस्तै चिन्ता डि,भि परेर अमेरिका गएको साथी सुदिप मगर र बेलायत भएका केही बाल्यकालका साथीहरुले पनि मेसेज गरेका थिए । साथीहरुको यो चिन्ता देश प्रतिको थियो ।

साथीहरुले नेपाललाई कति माया गर्थे भन्ने कुरा उनिहरुको भावनाबाटै प्रष्ट हुन्थ्यो । नेपालमा नागरिक विद्देक सम्वन्धमा छलफल चलिरहेको जानकारी पाएर होला साथीहरुले यस्तो चिन्ता व्यतm गरेको भन्ने लाग्यो । कोही यो नागरिता विद्येकता विदेशका युवाहरुको बारेमा आवाज उठाउछकी भन्ने लागेको थियो । कहि कतै यस्तो बहस भएको मैले पाईन र म यो बहसलाई आफै अगाडी बढाउन भनेर यो लेख मार्फत मैले नागरिता सन्दर्भमा केही कुरा उठाएको प्रयत्न मात्र गरेको हु ।

के कारण नेपालका युवाहरु विदेशी रहेका छन । र उनीहरु समेत अट्न सक्ने राष्ट्रियता के हन्छ ?  बहस कही कतै भएन ।

आमा र बुवाको महिला र पुरुष विभेद त अन्त्य गर्न हिचकिचाई रहेको नेपाली समाजमा दोहोरो नागरिताको कुरा पच्ने कुरै भएन । ठिक यस्तो बेला राट्रिय समाचार माध्यमहरुमा एउटा फोटोको निकै बहस भएको थियो । देशका पुराना विश्वविद्यालय त्रिभुवन वि।विद्यालयको केन्द्रिय क्यम्पस अगाडी कोरिया जान परिक्षा फारम भर्ने युवाहरुको लाइन लगाएको किन उनिहरु यस्तो लाईन लगाउछन् । के कारण नेपालका युवाहरु विदेशी रहेका छन । र उनीहरु समेत अट्न सक्ने राष्ट्रियता के हन्छ ?  बहस कही कतै भएन । बहस केवल भुगोलको भयो मानवशतिmको भएन ,फेरि क्याम्पस अगाडी रहेको कन्सल्टेन्सीबाट निस्किएको युवा निरास थियो । किन भनेर सोधेको जापानको भिसा लागेन र उ देशमा बस्न पाउदा खुसि हुन त पर जाओस निकै निरास र चिन्तामा थियो ।

कारण देश छोड्न पाएन यस्तो मुलुकमा हामी हाम्रो आजको बस्तुगत धरातल वास्तविक यथार्थ बिर्षेर खाली खोक्रो राष्ट्रवादी स्टान्ड लगाउन घातक हुने निश्चित छ । बेला बखतमा सुन्ने गरिन्छ गाउहरु खालि हुदैछन । कोही गाँउ बसे पनि बुढा बा आमा मात्र छन । कहिलेकाही त समाचारमा आउने गरेको पाइन्छ । नेपाली मेक्सीको हुदै अमेरीका छिर्न लाखौँ खर्च ,युवाहरुको बिचल्ली पक्राउ र मृत्यु यस्ता अवस्थमा नागरिता सम्वन्धी कस्तो धारण बनाउदा ठिक होला बहस सवैले गर्न जरुरत छ ।

यतिबेला सन १९७३ तिरको पुर्वी जर्मनलाई सम्झन मन लाग्यो । उतिबेला यहि कुरा नमिल्दा विभाजनले जनतालाई एक आपसमा टुटायको थियो । धेरैको नाता पुर्वि पश्चिम बाडिएको पनि थियो । उनीहरु सजिलै भेटघाट गर्न सक्दैन थिए , बालिनको पर्खाल दुई देशलाई विल्कुल अलग बनाएको थियो । पुर्वि जर्मनमा निकै कडा कम्युनिष्ट सरकार थियो त्यस्को तुलनामा लोकतान्त्रिक अभ्यास भएको पश्चिम जर्मनको विकार आर्थिक आधार र सुधार निकै बलियो थियो । पुर्वी जर्मनका लागि पश्चिमको चर्चा रहस्य तितो लाग्न थाल्यो ।

उनीहरु पश्चिम भाग्न वा भ्रमण गर्ने इच्छुक हुन थाले ठुलो सङख्यामा पुर्वी जर्मनीहरु ओइरन थालेपछी पश्चिमले कडाई गर्यो । यता पुर्वी जर्मन तिर पनि प्रर्दशन हुन थाल्यो । उनीहरु हामी पुर्वि जर्मन छाडन चाहान्छौ हामिलाई पिश्चम जान देउ भनेर नारा लगाउन थाले । ठिक यहि परिबेशमा हाम्रो देश नेपाल भएको पाउछु । युवाहरु किन देश छाड्न चाहन्छन बुझन जरुरत छ । हर युवाले विदेशको भिषा लगाइदेउ भन्ने दिन नआओस पुर्वी जर्मनमा यस्तो रुपको विद्रोह फैलिदै गएको १९९० फ्ब्रुअरी १० मा ४० वर्षे लामो कम्युनिष्ट शासनको अमृत भयो । पुर्वी जर्मन पश्चिम जर्मनसँग एकीकरण गर्न बाध्य भयो । फलस्वरुप कडा राष्ट्रिय बन्दा राष्ट्रि नै रहेन । यहाँ विचार गर्नु पर्ने कुरा के छ भने युवाहरु परिवर्तनशिल उन्नत चेतनाका हुन्छन ।

पुर्वी जर्मनीहरुका लागि पश्चिम जर्मन चर्चा र रहस्य भने झै सामाजिक सञ्जाल विभिन्न संचार माध्यमबाट विश्वको विकास र आधुनिकता देखेका सुनेका नेपाली युवाहरुका लागि यो विकास र आधुनिकता चर्चा र रहस्य बन्दै छ । त्यहा पुग्ने र त्यस्तै आधुनिकता र विकासमा बस्ने रहर पलाउदै छ ।

छिटो छिटो आर्थिक विकास गर्नुपर्ने जटिलता त देशमा छदैछ । विदेशी रहेका आधुनिक ज्ञानसिप सिकेका युवा जनशक्तिलाई पनि देशमा झिकाउने र विकास र समृद्धिमा जोड्नुपर्ने देखिन्छ । हामिले बनाउदै गरेको नागरिता सम्वन्धी नियमले यो बाटो खुल्ला गरोस ।  सबै विदेशीएका युवालाई स्वदेश फर्किन र लगानि गर्न वातावरण निर्माण गरोस् ।