भारत र पाकिस्तानबिच तनाब बढदो अबस्थामा,पाकिस्तान हुदै बग्ने ३ नदीको पानी रोक्ने मोदीको चेतावनी

 इमरान खान भन्छन् जवाफ दिन्छौँ’

एजेन्सी,भारत प्रशासित क्षेत्र कश्मीरमा भएको आतंकवादी हमलापछि भारत(पाकिस्तान सम्बन्ध झनै चिसिएको छ । कश्मीरको पुलवामा गत हप्ता भएको सो हमलामा ४६ भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो । सो घटनामा पाकिस्तानको हात रहेको निष्कर्षसहित भारत सरकारले पाकिस्तानविरुद्ध कडा कदम चाल्ने बिबिसी हिन्दीले लेख्दै आएको छ । यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रीमण्डलले भारतीय भूमि हुँदै पाकिस्तानमा बग्ने ३ नदीको पानी रोक्ने योजना अघि सारिसकेको जनाइएको छ ।

मारिएका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतिय प्रम माेदी

भारतले आफ्ना उत्तरी हिमालय क्षेत्र हुँदै बग्ने र पाकिस्तान जाने नदीहरु रावी, सतलज र ब्यास नदीको पानी ड्याम बनाएर रोक्न लागिएको जनाइएको । भारतीय केन्द्रीय मन्त्री नितिन गडकरीले जनाए अनुसार शाहपुर(कान्डी ड्याम निर्माणको काम पुलवामा हमला हुनअघि नै शुरु भइसकेको छ भने मोदी नेतृत्वको मन्त्रिपरिषदले अब अन्य दुई ड्याम बनाउने निर्णय गर्ने तयारी भइरहेको छ ।

गडकरीले आफ्नो ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्री मोदीको मन्त्रिपरिषदको तयारी यो छ कि अब भारतले पाकिस्तानलाई दिँदै आएको पानी अब दिने छैन, भारत हुँदै पाकिस्तानतर्फ बग्ने नदीहरुलाई ड्याम बनाएर आफ्ना जनताका लागि कश्मीर तथा पञ्जावतिर मोडिनेछ ।’ उनको यो ट्विटमा धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन् भने केहीले प्रश्न समेत उठाएका छन् ।

बढ्दो छ तनाव

तर अब भारतले पाकिस्तानलाई एक्ल्याउन अनेक कदम चाल्न थालेको बताइन्छ । उसले पानी रोक्नुका साथै अन्तर्राष्टिय कूटनीतिबाट समेत पाकिस्तानलाई एक्ल्याउने र अफ्ठेरोमा पार्ने काम गर्न बताइएको छ । उता पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने आफूमाथि जससुकै प्रकारको हमला भएमा अन्य विकल्प नसोचीकनै भारतलाई जवाफ दिने चेतावनी दिइसकेका छन् । भारत र पाकिस्तानबीचको यो बढ्दो तनाव रोकिने छाँट छैन । पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायमा भारतले सिन्धु सम्झौता उल‍ंघन गर्न लागेको भन्दै ध्यानाकर्षण समेत गराउन थालेको बताइन्छ ।

यस्ताे थियाे सिन्धु सम्झौता

सन् १९६० मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र पाकिस्तानका राष्ट्रपति अयूब ख़ानले सिन्धु नदीको पानी बाडफाडका लागि सिन्धु सम्झौता गरेका थिए । सो सन्धिअनुसार सिन्धुका सहायक नदीहरुलाई पूर्वी तथा पश्चिमी गरी दुई आधारमा बाँडिएको थियो । जसअनुसार पश्चिमी सहायक नदी सिन्धु, झेमल तथा चेनाब नदीको पानी पाकिस्तानलाई दिइयो भने पूर्वी सहायक नदी रावी, ब्यास र सतलजको पानी भारतलाई दिइयो ।

सिन्धु नदि

सो सम्झौता एकतर्फी रुपमा तोड्न नमिल्ने भए पनि भारतले आफ्नो भूमिमा पाकिस्तानद्वारा संरक्षित लडाकू समूहबाट हुने गरेको पटकपटकका हमलालाई देखाएर उ सम्झौताबाट पछि हट्न सक्ने विश्लेषण भइरहेको छ । यसअघि बीजेपीको समर्थनमा महबूबा मुफ़्ती जम्मू(कश्मीरका मुख्यमन्त्री हुँदा उनले भनेका थिए, ‘सिन्धु नदी सन्धिका कारण राज्यले २० हजार करोड नोक्सान व्यहोर्दै आइरहेको छ, यसलाई ध्यानमा राखी केन्द्र सरकारले कदम चाल्नु जरुरी छ ।’

सतलज नदि

पाकिस्तानका पञ्जाब तथा सिन्ध इलाकाको कृषि उत्पादन र सिचाइँका लागि यही सिन्धु नदीबाट पानी जान्छ, जसको पाकिस्तानले भरपूर फाइदा उठाएको बताइन्छ । पाकिस्तानका अधिकांश क्षेत्रका लागस सिन्धुलगायत नदीको पानी मुख्य हो । साथै त्यहाँ उद्योग कलकारखाना र शहरहरुमा बिजुली आपूर्तिका लागि समेत सिन्धु सम्झौता महत्वपूर्ण छ ।

चेनाव नदीमा भारतद्वारा निर्मित ४५० मेगावाट क्षमताकाे बगलिहार जलविद्युत परियोजना

इमरान खान भन्छन जवाफ दिन्छौ

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले अति गरे चुप लागेर नबस्ने बताएका छन । उनले अनाबश्यकका घटनाहरुमा पाकिस्तानलाई जोडेर भारतले अति गरे पाकिस्तान हेरेर नबस्ने बताएका हुन । मंगलबार एक कार्यक्रममा सम्बोधन गर्दै सो चेतावनी दिएका हुन् । प्रधानमन्त्री खानले काश्मिरको घटना दुखद भएको भन्दै पाकिस्तानलाइ नजोडन आग्रह गरेका छन ।

इमरान खान

पाकिस्तान स्थायित्वतर्फ अघि बढिरहेका बेला भारतले बिना आधार आरोप लगाइरहेको प्रधानमन्त्री खानले बताए । पाकिस्तानी भूमिको प्रयोग गरेर कुनैपनि आक्रमण गरिए त्यो आफूहरुको पनि शत्रु भएकाले पाकिस्तानमै आएर जाँच गर्नसमेत उनले आग्रह गरे ।

यि हुन तिन नदि

१. सिन्धु नदि

२.सतलज नदि

३.चेनाव नदि