खाल्डोमा पुरिएकी अल्किनाको हृदयविदारक कथा – दौडँदा दौडँदै बच्चा गुमाइन्,४ वर्ष कालकोठरीमा बिताइन् ।

प्रहरीले कालिकोटको मुम्राको लेखबाट उनीसहित उनका साथीहरुलाई लखेटयो । दौडदा दौडदा पेटमा भएको ५ महिनाको बच्चा समेत खस्यो । पुलिसको लखेटाईबाट बच्चा गल्यो शरीर गल्यो तर उनको मुलुक परिर्बतनको हिक्मत रत्तिपनि गलेन । रगत बग्यो रगताम्मे, शरीर भोक प्यास,पानी नपाएर मृत्युको दोसाधमा पुगिन अल्किना बम (बविता) बिचार र आस्थाबाट कतिपनि डगमगाइनन । साथीहरुले उनीप्रति दया देखाए । जंगलमै काठको स्टेक्चर बनाएर बोकेर ओडारमा पु¥याए । एकातिर प्रहरीको भय अर्कोतिर स्वाथ्यमा भएको बज्रपात उनलाई जिवनको सबैभन्दा ठुलो मृत्युको संघारमा पुगेको महशुस भयो । धौ–धौ बाँच्न सफल भइन अल्किन बम अर्थात बविता अहिले ति दिनहरु सम्झदा गम खान्छिन् । कालिकोट राम्नाकोट ६ की अल्किना बम अर्थात बविता आफुलाई बविता भन्न रुचाउने उनी आफ्ना बिगतहरु एकटकले सम्झन्छिन र भन्छिन आँधीमय दिनहरु कसरी बिताइयो कल्पना गरी साध्य छैन ।

गाविसकै पहिलो एसएलसी पास, बाजा बजाएर घुमाए

घरकी माइली सन्तानको रुपमा जन्मिएकी अल्किना दीदी र भाईबीचको माइली थिइन । कर्णाली त्यसैमा कालिकोट दुर्गम मात्रै हैन अति दुर्गम क्षेत्रमा शिक्षाको पहुँच पुगिसकेको थिएन । अझत कणार्लीको सामाज त्यतिबेला छोरी पढाउनु उचित मान्दैनथ्यो । त्यहि समाजमा बिद्रोह गरी २०५६ सालमा ज्ञानोदय मावी राम्नाकोटबाट एसएलसी पास गरिन । कणार्लीको जकडिएको संस्कारलाई हमला गर्दै अल्किनाले गाबिसबाटै पहिलो एसएलसी पास गरिन् । बिद्यालयले सम्मान ग¥यो । बाजाबजाएर गाउँँभरी घुमायो । अल्किनालाई गाउँँ घुमाउदा उनका आमाबुवा र आफन्तले खुशी मनाए , गाउँँलेहरुले दङ्ग खाए । अब छोरीले पनि केही गर्न सक्छिन् भन्ने उदाहरण बनिन् । सबैतिर उनको हाइहाइ भयो । दोस्रो डिभिजनमा पास भइन् । उनको खुशीको सीमा रहेन गाउँँमा उनको मर्यादा झनै उच्च भयो । उनी सबैको नजरमा एक क्षमतावान नारीको रुपमा चिनिइन् । आमा बाबाले पनि उनको प्रगतिमा गर्ब गरे ।

अाफ्ना श्रीमान खडगराज सेजुवाल र छाेरीका साथमा अल्किना बम बविता सुत्केरी अबस्थामा ।

बाल्यअबस्थामै माओबादी छाप

मलुकमा माओबादी द्वन्द्व सुरुवात भैसकेको थियो । त्यसको प्रभाव कालिकोटको राम्नाकोटमा पनि परिसकेको थियो । राज्यको दुरि भन्दा कोसौं टाढा कणार्ली त्यसैमा कालिकोट मानब बिकास सुचांकको हिसाबले पछाडी परेको जिल्ला थियो । गाउँँमा ठकुरीहरुकोे रवाफ राम्रै चल्थ्यो । मध्यम बर्गीय ठकुरी परिबारमा जन्मिएकी अल्किना अरु भन्दा तिक्ष्ण दिमागकी थिइन् । गाउँँमा माओबादीहरुले गोप्य रुपमा भेला बैठकहरु गर्थे । गाउँँमा स्वास्थ्य चौकी थियो स्वाथ्य चौकीमा एकजना कुम्भ बोगटी नामका अहेव थिए । उनी पेशाले सरकारी कर्मचारी भएपनि आन्तरीक रुपमा माओबादी समर्थक थिए ।

बोगटी दिनभर उपचार गर्थे राती संगठन बिस्तार गर्थे । त्यो कुरा कुनै गाउँँलेले प्रहरीको कानमा पु¥यायो । प्रहरीले उनको गाउँँमै बिभत्स हत्या ग¥यो । उनका तिनवटा साना छोरा थिए श्रीमती र साना नाबालक छोराहरुको बिलय नसुनि प्रहरीले गरेको ज्यादतीले अल्किनालाई मात्रै हैन त्यो गाउँँलाई नै छोयो । उनलाई त्यो घटनाले गहिरो छाप पा¥यो । माओबादी बन्न प्रेरित ग¥यो । घटनाले उद्येलित बनायो । गाउँँमा अरु भन्दा हठ्ठी स्वभावकी युवती अल्किना टाठीबाठी थिइन । उनलाई माओबादीहरुले आँखा लगाउँ । यसो त उनका कक्षाका साथीहरु पनि सबै माओबादी भएका थिए ।

यसोत उनको परिबार माओबादी बिचारमा पटक्कै सहमत थिएन । उनका बुबाआमा तथा आफन्तहरु उनलाई माओबादीको कार्यक्रममा गएको मन पराउँदैनथे । उनी साथीहरुसँग लुकि लुकि माओबादीका बैठक भेलाहरुमा जान्थिन । किनकी उनलाई सामाजमा भएको अन्याय पटक्कै मन पर्थेन । माओबादीले चालेको कदमप्रति उनको पूर्ण सहमत थियो । उनका १६ जना साथीहरुसंगै २०५७ साल जेठ ८ गते दुनिया बदल्ने अभियनामा लामबद्ध भइन ।

प्रेमको बगैँचामा अल्किना

गाउँँमा एकजना सेजुवाल थरका युवा थिए । सेजुवाल सानैमा आमा गुमाएका पढाईमा निक्कै क्षमतावान र स्वाभीमानी थिए । उनी गाउँँका अर्का उदाहरण थिए अल्किनाका बाल्यकालका साथी थिए । उनी अर्थात खड्गराज सेजुवाल सबै हिसाबले क्षमातावान युवा थिए । गाउँँघरमा उनको राम्रो पहिचान थियो । खड्गराज सेजुवाल अल्किनाका नजरमा थिए । उनी निक्कै मन पराउँथिन त्यो कुरा खड्गराजलाई पनि थाहा थियो । गाउँँमा ठकुरीहरुले क्षेत्रीसँग बिहे गर्दैनथे त्यसैले त्यो संस्कार अल्किनाको लागि जब्बर बनेको थियो । ज्ञानोदय माविमा पढ्दा नै उनको र सेजुवालको गहिरो प्रेम थियो । दुबैले एकअर्कालाई खुब माया गर्थे ।

सबै परिवारका साथ अल्किना बम

उनीहरुको प्रेम सामाजिक हिसाबले एउटा बिद्रोह पनि थियो । सेजुवाल हक्की स्वाभावका इमान्दार कतब्र्यनिष्ठ तन्नेरी थिए । सानै दुःखका अनेकौ पहाड चढेका सेजुवाल गतिशील थिए । उनका हरेक कुरा मनमा कैद गरेकी अल्किनाका लागि सेजुवाल मनको राजा बनिसकेका थिए । उनीहरुको करिब ५ बर्ष लामो प्रेमकाल बिर्सनै नसकिने बन्यो । उनको माओबादी बन्ने अर्को आधार बन्यो प्रेम आमाबाबा र आफन्तले नस्वीकार्दा नस्वीकार्दै २०५९ साल बैशाख २९ गते जनयुद्धमै माओबादी बृतका युवा नेता भरत बम रणवीरलाई साक्षी राख्दै जनबादी बिहे भयो । उनीहरुको जीवनको एउटा गन्तब्य हासील भयो ।

२ दिने बच्चालाई छोडर भाग्दा

अनेत्र भन्दा मुम्रा अलि सुरक्षीत ठाउँ थियो । उनीहरु मुम्रालाई सेल्टर गाउँँका रुपमा लिन्थे । त्यतिबेला अल्किना महिला संगठनको कालिकोटको सचिब थिइन । संगठनको बिस्तारमा गाउँँगाउँमा जानु उनको कर्तव्य थियो भने आफ्ना साथीसंगीहरुलाई सेवा गर्नु दायित्व थियो । २०५८ साल कालिकोटको मुम्रामा तत्कालिन माओबादीका कालिकोटका युवा नेता उषाकिरणकी श्रीमती संगीता साही सुत्केरी भइन् । बच्चा जन्मिएको २ दिन भएको थियो गाउँमा प्रहरीले उनीहरु भएको चाल पायो गाउँ पुरै घेरा हाल्यो ।

खाल्डाेमा पुरिदा बिग्रिएकाे अाखाकाे उपचारपछि हर्षित मुद्रामा अल्किना बम

उनीहरु भाग्नुको बिकल्प भएन कि मर्नु पर्ने भयो कि भाग्नुपर्ने उनीहरुले जुक्ति निकालिन बच्चा गोठमा छोडेर भाग्ने । उनीहरु भाग्दा बच्चा मर्ला भन्ने डरले एकजना गाउँलेको गोठमा छोडेर भागिन किनकी गाउँले कसैले थाह पाए कम्तिमा बच्चा त बाच्ला आफुहरु मेरेपनि सोचेर उनीहरुले २ दिनको बच्चालाई गोठमा छोडे्र भागिन । पुलिसले लखेट्नु लखेट्यो उनीहरु धौ–धौ बाच्न सफल भइन । कान्ला नाघ्दै भागेकी उनीलाई पुलिसले गोलि हान्यो तर उनीहरु त्यो बीचमा पनि बाच्न सफल भइन ।

एकातिर २ दिने बच्चा छोड्नुको पीडा अर्कोतिर सुत्केरीलाई बचाउनुको पीडा गजबको नियती भएको ठहर गर्छिन अल्किना । उनीहरु गाउँमा करिब ३÷४ दिनपछि बुझ्ना जाँदा एकजनी त्यही घरकी आमाले बच्चा सम्हालेकी रैछिन । उनीहरुको खुशीको सीमा रहेन । बच्चा नी बाँच्यो उनीहरु नि बाचिन त्यो दिन जिवनको सबैभन्दा ठुलो लडाई जितेको महसुस गरिन् ।

मरिसकेको भनेकी साथीलाई यसरी बचाइन्

हुनत उनको जीवनका यस्ता अनगिन्ती घटना घटे जसको स्मरण ताजकी मनमा जस्ताको तस्तै छ । तर कोही कोही घटनाले भने उनलाई झस्काईरहन्छ । २०५८को अन्तिमतिर फुकोटको गाउँतिर उक्लिदै थिए । उनका साथमा थिए तारा न्यौपाने साधना जो अहिले पचाल झरणा गाउँपालिकाकी उपाध्यक्ष छन । उनीहरुको पिछा गरेको प्रहरीले भार्तडीबाट हँकतिर जादै गर्दा घेराउ ग¥योउनीहरु भागे कान्ला नाघ्दै भागे । साधना अर्थात तारा न्यौपाने भिरबाट खसिन सबैले उनलाई मरिसकेको आँकलन गरे ।

तर, पछि गएर अल्किनाले भिरमा गएर खोजतलास गर्दा भिरको छाँगामा उनी अल्झिरहेको देखिन । उनका साथी करबीर कामीलाई बोलाएर मुस्कीलले निकालीन अलिअलि सास भएकोले बोकेर छिटै गाउँ पु¥याएर उपचार गरिन र उनी बाच्न सफल भइन । मरिसकेको साधन बाँचेर जनप्रतिनिधि हुँदा अल्किना आफुप्रति गर्ब गर्छिन ।

बिर्सनै नसकिने त्यो दिन

उनलाई पार्टीले बाजुराको महिला संगठनको अध्यक्ष बनाएर नयाँ जिम्मेबारी सहित पठायो । २०५९ सालतिर उनी बाजुराकी महिला संगठनकी अध्यक्ष भइन । कार्यक्षेत्रमा जानुपर्ने भयो । उनी लेक पार गरेर बाजुरा जाँदै थिइन प्रहरीले उनीहरुको पिछा गरेको रहेछ । मुम्रालेख काटेर बाजुरा उक्लिने बेला लेकबाटै उनलाई प्रहरीले घेरा हाल्यो । उनी भागिन दौडदा दौडदा उनको पेटमा भएको ५ महिनाको बच्चा गल्यो । रगत बग्यो मृत्युको अन्तिम प्रहरमा पुगिन । उनी अब बाँच्दिन भन्नेमा पुगिन् । तर उनका साथीहरुले जंगलमै स्टेक्चर बनाएर ओडारसम्म पु¥याए धौ–धौ बचाए । त्यतिबेला आफुलाई बचाउन उच्च भूमिका खेलेकी साथी प्रमिला, संगीताहरुलाई भुल्नै सक्दिनन ।

४ वर्षे कालकोठरी

प्रहरीको यातना हिरासत जेल कस्तो होला ? कल्पनै गरेकी थिइनन् अल्किनाले तर जीवनमा जे भोगीयो सब अपरिचित खेल समयले भगायो र खेलायो । जेल हिरासत र प्रहरीको यातना सम्झदा अहिले पनि शरीरबाट काँडा उम्रेको बताउने अल्किना जिवनको भोगाई देखि चकित छन् । भन्छिन कहाँबाट कहाँ पुग्यो जिन्दगी । पार्टीले प्रत्याक्रमको योजना अनुरुप २०६० साल साउन २३ गते एकीकृत जनप्रतिरोध अभियानको सुरुवात ग¥यो । उनको कार्यक्षेत्र प¥यो बझाङ एकातिर प्रतिरोध अभियानको तयारी अर्कोतिर पार्टीले एकतर्फी शान्तिबार्ताको घोषणा परिबेश संक्रमणकालिन बन्यो ।

उनी उक्त अभियान टिमकी टिम लिडर थिइन् चुनौती थियो उनको काँधमा जिम्मेबारी पनि थियो । तत्कालीन बझाङकी अध्यक्ष देबकी मल्ल अभियानमा डोटी गएकिले उनी बझाङ गएकी थिइन् । उनीहरुले अभियानकै क्रममा पार्टीले बझाङको सदरमुकाम चैनपुरमा ज्ञापनपत्र बुझाउने निर्देशन ग¥यो उनीहरु ज्ञापन पत्र बझाउन सदरमुकाम पुगे ।

जब ज्ञापन पत्र बुझाएर फर्किए बाटोबाटै प्रहरीले गिरफतार ग¥यो। उनीलगायत १० जना सहयात्रीहरुलाई गिरफतार ग¥यो । सोहि जिल्लाकै जलजला नामकी युवतिलाई नेपाली सेनाले पालैपालो बलत्कार गरी हत्या ग¥यो। उनीहरु मध्य केहिलाई तारिखमा केहि दिनपछि छोडयो । उनी, शर्मिला बम, बिनिता खडका, पौरख बिक, अन्जु बिस्टलाई भने चरम यातना दिएर राख्यो । अल्किना ती दिनहरु सम्झना समेत सक्दिनन । १० जनामध्ये पनि उनी र अन्जु बिस्टलाई झनै यातना दियो कारण उनीहरुको श्रीमान् माओबादीमा प्रभावशाली नेता थिए । श्रीमान्का कारण पनि उनीहरुको यातनाको मारमा परे ।

अन्जु बिस्ट र अल्किनालाई नेपाली सेनाले खाल्डोमा पानी हालेर टाउको मात्रै बाहिर देखाएर शरीर जमिन मुनी टाउको बाहिर गरेर महिनौ राख्यो । कहिले करेन्ट कहिले पिन कहिले पिटाई करिब ९० दिन हिरासतमा राखेर पनि प्रमाण केहि नपाएपछि खाल्डोमा राख्यो । १८ महिना उनी खाल्डोमा बसिन टाउको बाहिर शरीर खाल्डोमा त्यो यातना आँखामा पट्टी हातमा हत्कडी अँध्यारो खाल्डो नेपाली सेनाको यातना उनी ती दिनहरु सम्झनै चाहन्नन । उनीहरु खाल्डोमा हुँदा पानी समेत नदिएर राख्यो ।

उनीहरुलाई त्यो यातना दिएको देखेर एकदिन एकजना नेपाली सेनाको जवानले दया देखाएर पानी दिए । उनी आफना दीदी बहिनी जस्तै अरुको नजर छलेर हेरचाह गर्थे । त्यो कुरा उनको माथिल्लो ओहोदाका हाकीमले जानकारी पाएपछि उनको समेत जागीर गयो । सबैप्रकारका यातना दियो तर हत्या गरेन कारण थियो उनीहरु सदरमुकामबाटै पक्राउ परेका कारण युएन मानबअधिकारकर्मीले जानकारी पाएका थिए ।

बहिनीको आँखामा पट्टी, दाइको शरीरमा प्रहरी बर्दी

करिब २४ महिना उक्त यातना गृहबाट उनीहरुलाई जहाजमा धनगढी हुँदै काठमार्डाै पु¥यायो । आँखामा पट्टी हातमा हतकडी उनीहरु आँकलनसम्म गर्थे कहाँ जादैछौँ कहाँ लिदैछ भन्ने हेक्का राख्थे काठमाडौँ लिएको कुरा उनीहरुको आफन्त कसैलाई जानकारी दिइएको थिएन । काठमाडौंको एयरर्पोटमा पुग्दा एकजना आमुल नामका बाजुराका साथी भेटीए । थोरै भएपनि कुराकानी गरे दुःखसुखसाटे उनीपनि गिरफ्तार परेर आएका कारण धेरै कुरा भएन । त्यसपछि आमुललाई कहाँ लियो अल्किनाले थाहा पाइनन् । आमुललाई कहाँ लियो भन्नेकुराको सुइको समेत जानकारी नपाएकी अल्किना र अन्जुलाई एयरपोर्टकै ब्यारेकमा राखियाे ।

उनीहरुको आँखा अगाडीबाटै एयरर्पोट ब्यारेकबाट सयौँ साथीसंगीहरुलाई बेपत्ता बनाएको देखिन । उनीहरुलाई बेपत्ता नबनाउनुको कारण रहेछ उनका दाजु अशोक बम त्यही इन्स्पेक्टर रहेछन् । अल्किनाका आँखामा पट्टी भएको कारण दाजुलाई चिन्न सकिनन् । तर उनका दाजुले चिनेर बहिनीको हेरचाह गर्न थालिसकेका थिए । एयरपोर्टमा केहि दिनपछि उनको आँखको पट्टी खोलियो पट्टी खोल्दा दाजु अशोक बम प्रहरी बर्दीमा बहिनी अल्किना बमहत्कडीमा त्यो दृश्य कुनै चलचित्रको निक्कै हृदयबिदारक कथा जस्तो थियो । दाजुले अब केहि नहुने कुराको आश्वासन दिएर गए । उनी केहि हद ढुक्क बनिन ।

उनको हेरचार गरेको देखेर उनका दाजुलाई माथिल्ला तहका हाकिमले पोखरा सरुवा गरिदिए । उनका दाजुले त्यहाँ आउने माओबादी कार्यकर्ता कोही नबाचेको भन्दै अल्किनालाई तनँहु आफु नजिकै सरुवा गरे । आफु पोखरा बहिनीलाई तनँहु सरुवा गरेपछि भेट्न सहज हुने उनको मनशाय थियो । तनँहु अनेत्र भन्दा राजबन्दीका लागि निक्कै सहज ठानिन्थ्यो । बिशिष्ट राजबन्दीहरु राख्ने गरेको थियो । दाजु अशोक मार्फत अल्किनाको श्रीमान् खड्गरान सेजुवाल, घरमा आमा बुबा सबैसित चिठी आदनप्रदान भयो । दाजु अशोकका कारण तनँहु हँुदा बुबा भेट्न आउनु भयो । दाजुको भूमिकाले उनी बाँच्न सफल भइन । माओबादी पार्टी शान्तिप्रक्रियामा आइसकेपछि उनी दोस्रो चरणमा रिहा भइन ।

क्रान्ति अझै सफल नभएको ठहर

अल्किना बम अर्थात् बबिता मुलकमा जनबादी क्रान्ति सफल नभएको बताउँछिन । मुलुकमा संघीय शाषण गएपनि गणतन्त्र आएपनि जनताका जनजिबिकाका सामस्या हल नभएको उनको बुझाई छ । पार्टीले उठाएका मद्दाहरु आंसिकरुपमा पुरा भएपनि सारमा केहि नभएको उनको भनाई छ । घाइते अपाङग, शहीद परिबार, बेपत्ता परिबारको पीडा ज्युँका त्युँ रहेकोले परिर्बतन सिमित बर्गका लागिमात्रै भएको उनको ठहर छ ।