अराजक संघियता र मनोबैज्ञानिक गृहयुद्धको सुरुवात

राष्ट्रको हितमा सयौँ राज्य बनाउन सकिन्छ  तर देश दुर्घटनामा जाने देखिदेखी गण राज्यको एकरत्तिपनि सपना देख्नु बुद्धिमानी ममन्नसकिदैन् -माओत्सेतुङ

चेतना योवाट सुरु गरौँ पति गुमेको गर्भवती बिधुवा आमाबाट एउटा बैगुनी छोराको जन्म हुन्छ । जन्मेको पाँचौ दिनमा छोराको अाँखा चेक गराउँदा छोराको अाँखाको ज्योति गुमेको डाक्टरले रिपोर्ट आमालाई दिन्छ । आमाले रुँदै समस्याको समाधान के हुनसक्छ ? डाक्टरलाई अनुरोध गर्छिन । डाक्टरले कुनै दोस्रो ब्यक्तीको नानी प्रत्यारोपण गर्न सकिने सुझाव दिन्छन । आमासंग कुनै नयाँ अाँखा किन्न सक्ने औकात हुदैन ।

लेखक

आमाले आफ्नो आँखाको ज्योति दिने प्रस्ताव डाक्टरलाई सुनाउछिन । डाक्टरले हुन्छ भनेपछी दशौँ दिनमा आफ्नो अाँखाको ज्योति दिएर छोराको आँखा प्रत्यारोपण गरेर छोरालाइ संसार देखाउने सङ्कल्प गर्छिन । जुनदिन आमाले अाँखा झिकेर छोरालाइ दिर्इन त्यहिदिन एउटा नोटबुकमा लेख्छिन  छोरा म तिमिलाइ नयाँ संसार देखाउन “ मैले मेरो अाँखाले अन्तिम पल्ट देख्दै छु र मेरो आँखाले मलाई हेर्ने बनाउदै छु “ यो गलती मेरो र नियती को हो म एक अन्धी आमा हुदैछु । मात्रै लेखेको उक्त नोटबुक आमाले अाफ्नाे बाकसमा राख्छिन । छोरालाइ अाँखा झिकेर दिएकाे कुरा अामा नाेटमा बुक  र डाक्टरलार्इ मात्र जानकार हुन्छ । समय बित्दै जाँदा आँखा प्रत्यारोपण गर्ने डाक्टरको मृत्यु भएछ । आमाले छोरालाई र अरु छिमेकीलाई समेत यो घटना थाहा दिएकी रहेनछन । छोरा हुर्किदै जान्छ दिन प्रतिदिन छोराको आँखाले आमालाई आमाको आँखाले अन्धी देख्दै जान्छ । छोराको दिमागले आमाको अन्धोपन प्रती बितृष्णा पैदा हुँदै जान्छ ।

छोराले बिहेबारि समेत गर्छ । छोराबुहारिले समेत आमालाई एउटा बोझको रूपमा बुझ्न थाल्छन् । आमालाई बृदाश्रम लिएर राख्ने निधो गर्छन । आमालाई यो कुरा सुनाउन थाल्छ्न आमाले स्वीकार गर्छिन र भन्छिन । मेरो बाकस भने म साथमा लैजान्छु उक्त बाकस सहित आमालाई बृदाश्रममा पुर्याउँछन । समयको अन्तरालमा आमा बित्छीन छोरालाइ खबर आउँछ आमाको अन्तिम दहासँस्कार गर्न छोराले एउटा गाडि लिएर जान्छ आमाको सबै समान आमाको लाससँगै जलाउन बटुल्न थाल्छ । बाकसको भित्र उसले खोलेर हेर्छ । आमाले अन्तिम पल्ट लेखेको उक्त नोट्बुक फेला पारेर छाति पिटेर रुँदै भन्छ म आज यो दुनियाँमा आमाको आँखाले बाँचिरहेको रहेछरहेछु । उसका अगाडि पश्चातपाकाे भारी बाहेक हरू केहि हुँदैन । 

यो माथिल्लो कथन अब लागुहुदैछ हाम्रो जस्तो भुपरिबेष्ठित देश जहाँ राजनीति आर्थिक सामाजिक सस्कृतिक भौगोलिक बहुजातीय बहुभाषिक विविधताले भरिएको छ त्यस्को बिकास उन्नति प्रगतिका लागी एउटामात्र समस्या हो राजनीतिक समास्या राजनीतिक समस्या अधिकार सग जोडिएको हुन्छ । त्यो ब्यबस्थासँग जोडिएको हुदैन नेपालका हरेक परिवर्तन त्यसैको कालखण्डमा बित्दै आयको छ ।

नेपालमा संघियता स्वविवेकले आएको होईन

नेपालमा उग्रसमाजवाद काल्पनिक सामाजबाद भडुवा सामाजबाद र बैज्ञानिक सामाजवाद गरि चार थरीका झन्डै ८५% जनसंख्या सामाजबादी छन । जस्को कारण राष्ट्र अस्थीरताकोे चरम दन्द्धमा फसिरहेको तितो सत्य हो । जस्लाइ उपयोग गरेर भारत साम्राज्य र पश्चिम् साम्राज्यबादिहरुले आफ्नो खेलो फड्को गर्ने रन मैदान निर्माण गरेका छ्न ।

यी चारथरी जनतालाइ एकीकृत हुन नदिन भारतले आफ्नो ग्राइन डिजायन र अमेरिकी मुलुकले आफ्नो ग्राइन डिजायन पेश गरिरहेका हुन्छ्न । त्यसैको प्रतिफल भारतको मास्टर पलानमा यो संघियता लादिएको हो । जस्ले देशलाई भयानक दुर्घटना तिर लिदै छ । जनसमुदायबाट बहिस्कृत नहुनेहो भने नेपाल भेनेज्वयला सोमालिया बन्ने उच्च खतरा छ । जस्को सतर्कता उच्चस्तरीय हुन जरुरी छ । त्यस्तै धर्म निर्पेक्षता युरोपेली मुलुक खासगरी अमेरिकी मास्टर पलान हो । नेपालमा इसाई मिसन सफल भएको छ । जस्ले देशको अर्को दुर्गती निम्त्याएको छ । धर्मको जाल तराई ,पहाड र हिमालमा भिन्न भिन्न पासो थापेर क्षेत्रिय तथा जातीय दन्द्ध भडकाउन युरोपेली युनियन लागिपरेका छ्न । बर्तमान जर्ज सोरस र फादरमोन फाउन्डेसनका एक नम्बर गोटि एमाले र माओवादी केन्द्र हुँदै आएको छ । भने भारत सँस्थापन मोदी कोरस काँग्रेस देखियको छ,जस्लाइ जनताले बुझ्न जरुरी छ ।

अराजक संघियताको असफल आधार

१) राजनीति आधार

हरेक राज्यको राजनीतिक परिवर्तन सामाजिक न्याय स्वतन्त्रता र समानताको दुरि कसरी जोडिएको छ । त्यसलाई नापतौल नगरी राजनीति समस्या समाधान देख्नु । अमानवीय अराजक राजनीति बदनियत बेइमानी हो । सामाजिक रूपमा देखिएको दण्डहीनता केन्द्रीकृत सामन्तवाद बिकेन्द्रीकृत नवसामन्तवादमा प्रवेश गरेको छ । यसलाई राजनीतिक स्थिरता देख्नु अराजनीतिक बदनिएको एउटा आधार मान्न सकिन्छ ।

२) आर्थिक आधार

नेपालको वर्तमान आर्थिक बर्ष ०७५ र ०७६ को कुल बजेटिङ बजेट आय १६ अर्ब आउने देखिन्छ भने प्रदेश सभा प्रतिनिधि सभा गरि जम्मा ८ सरकार र संसद संख्या ८८४ रहेको छ । जस्लाइ ब्यबस्थापन गर्न १४ अर्ब अनुमानित खर्च लाग्ने देखिन्छ । शिक्षा ,स्वास्थ बिकास निर्माण सुरक्षा उर्जा ब्यबस्थापनम उक्त रकमको ०७५ ले बिभाजन हुने देखिन्छ । जसको प्रभाव अपेक्षाकृत जनसमुदायमा नराम्रो असरको कारण राजनीति परिवर्तनको प्रभाव आर्थिक रूपमा देखिने निराशाले जनतामा मनोबैज्ञानिक असरले अर्को गृहयुद्धको बिजारोपन गर्दछ ।

३) भौगोलिक आधार

नेपाल विशेष गरि हिमाल ,पहाड र तराई गरि तिनभागमा बिभक्त छ । जसलाई शिक्षा ,स्वास्थ , बिकास र यातायातका हिसाबले त्यतिकै बिभाजन गरेको छ । ताराको जनसंख्या बिकास र उत्पादन सँग हिमाल र पहाडको तुलना फराकिलो अन्तर पर्न जान्छ र एक आपसमा जनताम मनोबैज्ञानिक असर पर्ने छ । धार्मिक र संस्कृतिक आधारले पनि भौगोलिक रूपमा देखिने असमानतालाइ स्वतस्फूर्त प्रभावित पार्ने छ । दोहोरो कर प्रदेशको सिमानामा बनाइने सुरक्षा प्रशासन प्रदेशका नितिको समस्या सँगै उत्तर र दक्षिण छिमेकी राष्ट्रसँग अपनाउने सिङ्गो एउटा नेपाललाई सात नेपाल र केन्द्रिय सिमा नितिले आठ नेपाल नीति अपनाउने देखिन्छ । जस्को प्रत्यक्ष अनुकुल प्रभाव छिमेकी प्रभुत्व बादी देशलाई मिल्ने देखिन्छ ।