यसकारण दुध चिनी र चियापत्तिको फ्यूजन हो वामगठबन्धन

अर्को नयाँ बाध्यकारी काँग्रेस हो

सिद्धान्ततः जनताको राज्यसत्ता प्राप्तिका लागि क्रान्ति अनिवार्य हुन्छ र यसका विविध आयाम हुन्छन् पनि मालेमावाद मार्गदर्शक सिद्धान्तको रूपमा लिने र संशोधनवादलाई व्यवहारिक दर्शनको रूपमा लिने नेपाली कम्युनिस्ट आन्दोलनका तितो यथार्थलाई बुझ्न नसक्नुको परिणाम निश्चित तह र तप्काको वर्ग उत्थान र सर्वसाधारण जनताको दयनीय जनजीवन प्रयाप्त छ ।

लेखक

चिनि चियापत्ति र दूध मिसाएपछि न चिनि चियापत्ति चिनि चियापत्ति रहन्छ न दूध दूध रहन्छ । अर्थात् चियापछि अर्को कुनै परिणाम हात लाग्दैन । जबकि स्वयम् दूध बचायो भने घ्यू, पनिर, मम, रसवरी जस्ता दर्जनौं नयाँ परिकार बनाउन सकिन्छ । झट्ट हेर्दा दूध चिया जस्तो गुलियो र मीठो लाग्ने वाम गठबन्धनको न कुनै स्वतन्त्र अस्तित्व छ न कुनै आयाम । यो त अस्थायी, शक्ति असुल मिसन र लुटलाई केन्द्रमा राखेर गरिएको अपवित्र गठजोड हो र राजनीतिक रूपमा नयाँ काँग्रेस बन्ने सरल र बाध्यकारी उपाय हो ।

शुभारम्भ सकारात्मक उदेश्यका लागि भएपनि जनयुद्धको तिव्र विकास संगसंगै प्रचण्डको विचलन यति धेरै तल पुग्यो कि वर्गको त कुरै छाड्नुस् सहयोद्धा र समकक्षीको पनि रत्तिभर चिन्ता छैन । पद, प‌ैंसा र सत्ता शक्ति प्रचण्ड परिवार र उनका निश्चित झुन्डको पेवा बनेको छ । समाजलाई रूपान्तरण गरेर नेता बन्नुको सट्टा विग्रदो सामाजिक अवश्थाको मुनाफा लिएर अघि बढ्नु उनको उदेश्य बनेको छ ।

जनयुद्ध उनलाई सत्तारोहण गराउने एक असल भर्याङ् बाहेक केहि बनेन् । अब त्यो दिन पनि त्यति टाढा हुनेछैन उनी आफ्नो सुरक्षा ग्यारेन्टी हुने वितिक्कै जनयुद्ध एक सैद्धान्तिक भूल थियो ,भन्ने केपि ओलीको उद्धरणलाई अनुशरण गर्नेछन् । यसरी हेर्दा भलै परिणाम जेसुकै होस्, तर माकेको एमालेमा र एमाले माकेमा विलय हुनु यसको कुनै स्वतन्त्र अस्तित्व हुँदैन र आयु पनि हुनेछैन ।

राजनीतिक रूपमा नयाँ काँग्रेस बन्ने सरल र बाध्यकारी उपाय हो । एउटा काँग्रेसले देशलाई बर्बाद पारिरहेको बेला अर्को काँग्रेस हुर्काउन सर्वसाधारण जनताका लागि अजिव दुर्भाग्य हो ।

चिनि चियापत्ति र दूध मिसाएपछि न चिनि चियापत्ति चिनि चियापत्ति रहन्छ न दूध दूध रहन्छ । अर्थात् चियापछि अर्को कुनै परिणाम हात लाग्दैन । जबकि स्वयम् दूध बचायो भने घ्यू, पनिर, मम, रसवरी जस्ता दर्जनौं नयाँ परिकार बनाउन सकिन्छ । झट्ट हेर्दा दूध चिया जस्तो गुलियो र मीठो लाग्ने वाम गठबन्धनको न कुनै स्वतन्त्र अस्तित्व छ न कुनै आयाम । यो त अस्थायी, शक्ति असुल मिसन र लुटलाई केन्द्रमा राखेर गरिएको अपवित्र गठजोड हो र राजनीतिक रूपमा नयाँ काँग्रेस बन्ने सरल र बाध्यकारी उपाय हो । एउटा काँग्रेसले देशलाई बर्बाद पारिरहेको बेला अर्को काँग्रेस हुर्काउन सर्वसाधारण जनताका लागि अजिव दुर्भाग्य हो ।  वाम गठजोडले रूपमा हेर्दा कम्युनिस्ट आन्दोलन विकासमा जटिलता पैदा गरेजस्तो लागेपनि सारमा आन्दोलनको सुदृढीकरण, विकास र उठानमा थप सहजता थपेको छ ।

हिजोसम्म माओवादि केन्द्रको निरन्तरको स्खलनले सच्चा माओवादिहरूका लागि माओवादको रक्षा र विकास अहम् विषय बनेको थियो । तर आज परिस्थिति यति छिटो विकास भएको छ कि अब माओवादको मात्र नभै सिंगो कम्युनिष्ट आन्दोलनलाई बचाउनु क्रान्तिकारीको कर्तब्य बनेको छ । एमालेरमाकेले आफ‌ै अब कम्युनिस्ट रहेनौं भनिसकेको अवस्थामा राजनीतिक रूपमा थप सहज भएको छ । वाम कहिल्यै कम्युनिष्ट हुन सक्दैन र यसको मीठो भ्रमबाट जतिसक्दो छिटो कम्युनिस्ट प्रेमी मुक्त हुनु पर्दछ ।

जनयुद्धका घाउहरू सेलाउन पाएका छैनन्, त्यसमा नुनचुक छर्किने काम प्रतिकृयावादी शक्तिहरूले गरिरहेकाछन् । आन्दोलनको मुल नेतृत्व पथ भ्रष्ट भएको छ । भने आन्दोलनलाई नयाँ उचाइमा लिने र पुनर्गठन गर्नुपर्छ भन्ने मोहन वैद्य र नेत्र विक्रम चन्दहरू करिब दिशाहिन बन्ने अवश्था छ । अर्थात् संसदिय जटिलताबाट स्वयं उम्कनु र उम्किसकेपछि पनि ठिक ढंगको कार्यक्रम निर्माण गर्न नसक्दा आन्दोलनमा निराशा पैदा भएको छ । आन्दोलन भन्दा संसदिय बाटो सजिलो र व्यक्तिगत जीवन यापनका लागि मुनाफायोग्य हुनेहुँदा पनि मन क्रान्तिकारी हुँदाहुँदै पनि तन संसदिय हुनुपर्ने थुप्रै कार्यकर्ता र नेताहरूलाई त्यो भ्रमबाट मुक्त गर्नसक्ने कार्यक्रम निर्माण गर्नु आजको आवश्यक्ता बनेको छ । जहाँसम्म एमाले र माओवादी केन्द्र विचको एकताको कुरा छ र त्यसबाट जनता र देशको समृद्धि त परैको कुरा हो स्थीर सम्म नबन्ने करिब निश्चित छ ।

त्यो एकताले वाम सरकार र पार्टी ठूलो होला, केपिरप्रचण्डलाई सत्ता पनि प्राप्त होला तर जनता र देश यहि पाँच बर्षमा दस गुण कङ्गाल हुन्छन्, जो निर्विवाद तथ्य हो । हो यहि जगमा उभिएर रक्षात्मक बनिरहेको कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट उठान गर्नु पर्दछ ।

त्यसो भए विकल्प के हुन सक्ला ?

यसको एक सरल र सहज जवाफ छ, क्रान्तिको निरन्तरता । त्यसका लागि एक सुदृढ, क्रान्तिकारी र चुस्त पार्टी निर्माण अनिवार्य हुन आउँछ । विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा दोस्रो वा तेस्रो तहको नेताले प्रतिक्रान्तिको नेतृत्व गरेता पनि नेपालको माओवादीका सन्दर्भमा भने मुल नेतृत्वले नै त्यसको नेतृत्व गरेकाले पनि केही थप भ्रम पर्नु स्वभाविक हो । जसले गर्दा माओवादी आन्दोलन थप रक्षात्मक बन्न पुग्यो ।

तपशिलका सबै कुरालाई मनन गर्ने हो भने अंकगणितिय९बहुमतिय० संसदिय राजनीतिलाई ध्वस्त बनाउन ज्यामितिय ९गुणात्मक०ढंगले विचार र राजनीतिको विकास गर्नु जरूरी छ । जसका लागि साना साना झुन्डमा विभाजित माओवादी क्रान्तिकारीहरूले एक ठाउँमा उभिनु पर्दछ । मध्यम तप्का९विप्लवको शब्दमा, मध्यम वर्ग० केन्द्रित रहेर विकास गरिएको भनिएको एकीकृत क्रान्ति कार्यकर्ताको दवाव पछि एकीकृत जनक्रान्तिलाई जनताको आधारभूत तह सर्वहारा, श्रमजीवी र आम किसान मजदुरलाई नै आधार मानेर विकास गरिनु पर्छ । उहाँले भन्ने गरेको मध्यमवर्ग क्रान्तिको दिग्विजयका लागि सहायक सिद्ध होला तर निर्णायक शक्ति सर्वहारा, श्रमजीवी वर्ग नै हो । अरू जेसुकै भएपनि निष्ठाका शतिसाल बनेका मोहन वैद्य र उनले नेतृत्व गरेको क्रान्तिकारी माओवादी र विप्लवको नेकपा विच क्रान्तिलाई आधारभूत सर्त मान्दै एकता गर्नु मनासिव हुन्छ ।

ह्रस्व दिर्घमा अल्झिएको नेपाली कम्युनिष्ट आन्दोलनलाई सहि दिशानिर्देश गर्न मोहन वैद्यले विप्लवको नेतृत्व स्वीकार गरेर फेरि एकपटक माओवादी आन्दोलनलाई उचाइ दिनु पर्दछ । भने एक्लो समाजवादी देश उत्तर कोरियाले आणविक अस्त्र पड्काएर साम्राज्यवादको नाइके अमेरिका र ट्रम्प प्रशासनको निद हराम गरेको बेला सुतली बमले तर्साएर सामाजिक सञ्जालमा विज्ञप्ति दिने काममै अल्झिरहेको विप्लवी राजनीतिमा क्रमभङ्गता ल्याउन जरूरी छ ।

यसरी एकातिर माओवादी आन्दोलनलाई दासढुङ्गामा सेलाउन पुगेका प्रचण्ड र माओवादी केन्द्रबाट निराश बनेका नेता कार्यकर्ता, शहिद वेपत्ता, घाइते र आम जनसजनसमुदायमा उत्पन्न निराशालाई आशामा बदल्नु र क्रान्तिकारी पार्टीको जवरजस्त विकास आजको आवश्यकता बनेको छ । त्यसो भयो भने क्रान्तिको ज्वारभाटालाई सामना गर्ने ताकत कसैसँग बाँकिरहने छैन ।