पृतनापति र एआइजीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्दा पनि थवाङमा खस्यो न्यून मत

राेल्पाकाे थवाङ यसपटककाे निर्वाचनमा पनि धेरैकाे चासाेकाे केन्द्र बन्याे । प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनका लागि अाज भएकाे मतदानमा धेरैले थवाङमा के हुन्छ भनेर नजर लगाइरहे । थवाङले पहिले जस्तै शुन्य मतदान गर्छ कि गएकाे स्थानीय निर्वाचनकै जस्ताे हुन्छ भनेर चासाे थियाे धेरैकाे ।

यसपटक पनि थवाङले यसअघिकाे जस्तै अाफ्नाे एेतिहासिक विरासत अहिलेसम्म पनि निरन्तरता दिएकाे छ । राज्यका व्यवहारका विरुद्ध सधै विद्राेही बनेकाे थवाङमा यसपटक न्यून मतदान भएकाे छ । खसेकाे मत पनि ठूलाे सङ्ख्यामा बदर हुने सम्भावना रहेकाे बताइन्छ । सेना, प्रहरी र वाइसिएलकाे टाेलीले जवरजस्त घरघरबाट थवाङवासीलार्इ तानेर ल्याउँदै जवरजस्त भाेट हाल्न लगाएका कारण मात्र केही प्रतिशत मतदान भएकाे बताइन्छ । थवाङमा कूल मतदाता सङ्ख्या २७ सय ७२ हाे । थवाङकाे मतदान केन्द्र १ मा १२६७ थिए भने मतदान केन्द्र २ मा १५०५ मतदाता थिए । दुबै मतदान केन्द्रमा गरेर ३० प्रतिशत मत खसेकाे हाे ।

पहिलाे संविधानसभाकाे निर्वाचनमा पूरै मतदान भएकाे थवाङमा दाेस्राे संविधान सभाकाे निर्वाचनमा शुन्य मतदान भएकाे थियाे । यसपटक राेल्पामा नेपाली सेनाका पृतनापति र नेपाल प्रहरीका एअाइजी नै राेल्पाकाे सुरक्षाकाे नेतृत्व सम्हाल्न पुगेका थिए । थवाङ मतदान केन्द्रमै नेपाल प्रहरीका एसपीकाे नेतृत्वमा ठूलाे सङ्ख्यामा प्रहरी परिचालन गरिएकाे थियाे । त्यति गर्दा पनि थवाङमा जम्मा ३० प्रतिशत मात्र मतदान भएकाे छ । स्राेतका अनुसार खसेकाे भाेट पनि अधिकांश बदर हुने सम्भावना रहेकाे छ ।

मतदान हुनु अघिल्लाे दिन शनिवार राती थवाङमा नारावाजी सहित निर्वाचनका विरुद्ध जुलुस निकालिएकाे थियाे । अाज बिहानैदेखि प्राय धेरैजसाे घरका पुरुषहरु घरमा थिएनन । यसपटक पनि शुन्य मतदान हुने डरले नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र म्यादी प्रहरीकाे टाेली घरघरमा गएर महिला, बृद्ध बृद्धालार्इ भाेट हाल्न दवाव दिएकाे थियाे ।

सुरक्षाकर्मीकाे टाेलीका साथै माअाेवादी केन्द्रकाे युवा संगठन वाइसिएलकाे टाेली समेत गाउँमा परिचालन गरिएकाे थियाे । उनीहरुले महिलाहरुलार्इ धम्की दिँदै जवरजस्त बाेलाएर भाेट हाल्न लगाएकाे थवाङका एक स्थानीयले जनाएका छन् ।

यसपटक राेल्पा जिल्लाभर कूल मत जम्मा ५२ प्रतिशत मात्र खसेकाे छ । त्याे पनि माअाेवादी केन्द्रका नेता वर्षमान पुनले ठूलाे सुरक्षाफाैज र पार्टीकाे शक्ति परिचालन गरेर यति मत खसेकाे धेरैकाे भनाइ छ ।

यसपटक अर्काे अनाैठाे के भएकाे छ भने नेपाली सेनाका पृतनापति र प्रहरीका एक एअाइजी पनि राेल्पामै बसे । राेल्पा जिल्लाका लागि मात्र सुरक्षा निकायकाे यति उच्च तहकाे टाेली र ठूलाे सुरक्षा फाैज किन राेल्पामा बस्याे भन्ने पनि अाशङ्का गरिएकाे छ ।

यसअघि २०७० सालकाे निर्वाचनमा थवाङी जनताले माअाेवादी केन्द्रकी नेतृ अाेनसरी घर्तीलार्इ उल्टाे दमाहा बाजा बजाएर लखेटेका थिए । यसपटक वर्षमानले त्यसकाे इगाे साध्नका लागि पनि यति ठूलाे सङ्ख्यामा सुरक्षाफाैज र सुरक्षा निकायकाे उच्च तहकाे कमाण्ड राेल्पामा राख्न दवाव दिएकाे बुझिएकाे छ । यसपटककाे निर्वाचनकाे प्रचारप्रसारका क्रममा सुरुमै राेल्पामा वर्षमानमाथि वम प्रहार भएका कारण पनि राेल्पामा ठूलै घटना हुनसक्ने अनुमान सुरक्षा निकायकाे हुनसक्ने अनुमान गरिएकाे छ । साेही बुझाइका कारण सुरक्षा निकायकाे उच्च कमाण्ड राेल्पामा बसेकाे बताइन्छ ।