सबै क्षेत्रमा अात्मनिर्भर बन्दै महिलाहरु भन्छिन्ः हामी पनि दुनिया बदल्न सक्छौ

कानुनमा उल्लेख भएनुसारकाे  भनाई र गराईमा अझै महिला पुरुषको समान सहभागिता र जिम्मेवारी छैन् । महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा सामाजिक परिबर्तन अझै आउन सकेको छैन् । केही मात्रामा महिलाहरुको नेतृत्व र सहभागितामा पहुँच पुगेपनि अझै सन्तोषजनक अवस्था भने छैन ।

समाजमा महिला हिंसाका नयाँ नयाँ घटनाहरू एकपछि अर्काे ढंगले बढिरहेका छन ।  तर पछिल्लो समयमा महिलाहरु पनि हरेक कुरामा सक्षम भएकाे उदाहरण दिर्इ रहेका छन ।  हामी पनि सक्छौ र कमाउछौ भन्ने अभियानमा लागेका छन् । उनिहरु आत्मनिर्भर अभियानमा कटिबद्ध छन । सामाजिक अभियानसँगै व्यवसायमा दाङका महिलाहरुको पहुँच र सकृयता बढ्दै गएको छ ।

सधै घरको चुलोचौको र पुरुषको दवावमा सिमित हुदै आएका महिलाहरु पछिल्लो समय विभिन्न अभियान र पेशा व्यवसायमा सकृय बन्दै गएका छन् । कुनैवेला घरायसी काम र चुलोचौकोमा मात्र सीमित रहने महिलाहरु अहिले भने हरेक काममा पुरुष सरह जिम्मेवारी र सहभागिता बढाउदै प्रयास गर्दैछन् । महिलाहरु भौतिक संरचना निर्माणदेखि लिएर संस्थाको नेतृत्वकर्ता सम्म पुगेका छन । वुहारीको भुमिकादेखी सामाजिक अभियन्ताको जिम्मेवारी लिएकी हुमा डिसी भन्छिन् –“चुलोचौकोबाट यहाँसम्म आउन धेरै संघर्ष गर्नुपर्यो, थुप्रै भनाइ सहनुपर्यो, दुख झेल्नुपर्याे ।”

दैनिक आवश्यकता, शिक्षा र चेतनाको विकासले पुरुष भन्दा कमजोर छैनौ भन्नेमा महिलाहरुको आँट छ । केहि वर्ष पहिले सम्म श्रीमान र घर परिवारसंग हात थापेकी घोराहीकी सोमति चौधरी सिलाई कटार्इ पेशामा आवद्ध भएपछि धेरै परिवर्तित छन । शारीरिक र मानसिक दुवै कुरामा अशक्त देख्नेहरुको अगाडी आफुपनि केहि गर्न सक्ने भएकोप्रति सोमति खुसी छन ।

समाजमा शशक्त वन्न आर्थिक कारोवारको पनि मुख्य हात रहने गर्दछ । डिसी र चौधरी आफ्ना क्षमता र सीप प्रयोग गरेर काम गरिरहेकी पात्र हुन । हरेक छोरी मान्छेलाई व्यक्तिगत जीवनको स्वनिर्णय सम्म गर्न नदिने समाज अव विस्तारै सचेत वन्दैछ । सधै श्रीमान र परिवारको भरमा जीवन चलाउनु भन्दा आफैले केहि गरेर वाँचेको जीवन अर्थपुर्ण हुने बताउछिन  राजनीतिमा सक्रिय  शिला पुन ।
शसस्त्र युद्धका समयमा वन्दुक वोक्न सिकेकी पुनले अहिले व्यापार व्यवसाय अंगाल्दै राजनीतिक यात्रा जारी राखेकि छन  उनकाे बुझार्इमा सामाजलार्इ बदल्ने एकमात्र अस्त्र राजनिति भएकाे बुझार्इ छ  । उनकाे  बुझाईमा महिलाहरुले अधिकार मागेर भन्दा पनि आफुले खोज्दै जानुपर्ने अबस्था छ । डिसी, चौधरी र पुन त उदाहरणको पात्र मात्र हुन । थुप्रै महिलाहरु यतिबेला राजनीति, सामाजिक सेवा, व्यापार व्यवसाय र रोजगारीमा आफ्नो अस्तित्व खौज्दैछन ।

 अरु कसैको दवावमा चल्नु र वस्नुभन्दा अधिकार खोज्दै आफैपनि केहि गर्न सक्छौ भन्ने आँट गर्नुपर्छ । महिला र पुरुष समान हुन भन्ने सोचाईको बिकास गर्दै जानु पनि आबश्यक छ । अब लैङगिक बिभेद हैन समानताको बिकास गर्न वर्गविभेदको गलत धारणाबाट मुक्त हुनुपर्ने उनीहरुको निष्कर्ष  छ ।