जब हिमाचलका स्याउले मन ललाहित बनायो रुपगाउँका नरजितलार्इ

त्यसपछि अाफ्नै बारीमा फलाउन बाध्य बनायाे

कुनैबेला भारतकाे हिमाचलमा स्याउका पेटी बाेक्ने जाजरकोटको पुर्बी भेग डोल्पाको सिमाना संग जोडियको त्रिबेणी नलगाड न.पा १३ रुपगाउँका नरजित बोहरालार्इ अहिले भ्यार्इ नभ्यार्इ छ । बगानभरी रहरलाग्दा स्याउका दाना लटरम्मा फलेका देख्दा नरजित अाफनै काम देखि चकित पर्छन । र भन्छन मेहनत गरे पत्थरमा पनि  भात पाक्छ ।

भारतकाे हिमाचलमा फलेका स्याउले तानेकाे उनकाे मनलार्इ अाफनै बारिमा फलेकाे स्याउले शान्ति दिलायाे ।  अहिले गाँउलेहरूलार्इ नै चकित पार्ने गरि स्याउ खेतिमा फस्टाउदै गरेका छन। केही बर्ष अघि मात्र भारतको हिमाचल प्रदेशमा हरेक बर्ष मजदुरी गर्न जाने बोहरा अहिले गाउँ मै स्याउ खेतीमा ब्यस्त छन ।

भारतको हिमाचलमा स्याउ टिप्ने,कटिङ गर्ने ,बोक्ने गरेका बोहराले आफ्नो गाउँमा पनि स्याउ फलाउने उदेश्यले केही बर्ष यता रुपगाउँमा झण्डै ५ रोपनी जग्गामा १ सय स्याउका बिरुवा र १० वटा स्पेशल आरुका बिरुवा रोपेका थिए। अहिले उनी भारत नगएर प्रत्यक बर्ष स्याउ गोड्मेल ,मलपात गर्ने गरिरहेका छन।

 अहिले बोहराले स्याउ र आरुबाट हरेक बर्ष ९० हजार देखि १ लाख १० हजार सम्म आम्दानी गर्ने गरेका छन । बोहरा भन्छ्न”म पहिले हरेक बर्ष भारत मजदुरी गर्न जान्थे,तर भारतमा धेरै दुख गर्नु भन्दा आफ्नै स्वदेशमा दुख गर्ने उदेश्यले स्याउ खेतीमा लागेको हु। बिगत १/२ बर्ष सम्म राम्रो आम्दानी भयो,तर गत बर्ष देखि अलि राम्रो आम्दानी हुन सकेको छैन,किन कि स्याउ कटिङ,विभिन्न औसधि प्रयोग गर्न सकियको छैन त्यसैले अहिले आम्दानीमा थोरै बाधा पुगेको छ।

अब जिल्ला बाट कृषि बिकासको लागि विभिन्न संघ सस्था हरुमा ध्यानाकर्षण गराउन चाहान्छु”।बोहरा भन्नू हुन्छ,आफै जानेको अनुभव प्रयोग गरेर जुटेको छु,तर केही औसधि, सामाग्रीको अभाव र बजार ब्यबस्थापनको कमिले मलाइ अझै समस्या भयको छ।