भरीया भएकै कारण इजरायलीले भने “म बियर खान्छु तिमी पानी खाउ ”

किनकी तिमी कुल्ली हौ

किनकी तिमी कुल्ली हौ । पिके शेर्पा आफनो जिवनको अनौठा किस्साहरु सम्झदा कहिले काँही गम खान्छन । ठमेलको कुना तिर एउटा पर्यटन र जलवायु सम्बन्धी संस्था खोलेर बसीरहेका उनि जिवनका अरोह अवरोह हेर्दा हेर्दै छक्क पर्छन भन्छन, कसरी भोगीयो यो सब ? दुइ आमाबाटका साझा छोरा पिके हेर्दा सजिला र सहज लाग्छन । जिवनका अनेकौँ आरोह र अवरोहहरु छिचोलेर ठमेल पुगेका शेर्पाका जिन्दगीका किस्साहरु पनि कम्तीका छैनन् । भारी चुनौतीहरुसंगै उनका पोल्टामा अाएका अबसरहरु पनि कम खति लाग्दा आएनन । उनि भन्छन सायद आफनो देशलाई प्राण भन्दा प्यारो र ठुलो नठानेको भए । अमेरीका ,अष्ट्रेलीया अर्थात कुनै पनि युरोपियन मुलुकहरुमा आलिशान महलहरुमा सम्पन्न साली जिवन बेथीत गरीरहेका हुन्थेँ। त्यो संभव थियो ।

नजाँनीदो बाल्यकाल

३५ बर्ष अघि ताप्लेजुङ्ग जिल्लाको साँघु गा.वि.स. पर्ने वडा नं.९ को खाम्सादेन टोलमा दाजाङ्मु शेर्पा र विष्णु शेर्पा अनि पिता पेटुक्पा शेर्पाका १० मध्ये तेस्रो सन्तानका रुपमा जन्मिएका उनी बाल्यकाल देखि नै स्वाबलम्बी थिए । मनभरी पढने इच्छा भएपनि पढनलाई उपयुक्त स्कुल थिएन । सानै देखी सालीन स्वभावका पिके सामाज भन्दा ठुलो केहि ठान्दैनथे । जब १८ वर्षको उमेरमा सपनाको भारी बोकी काठमाडौँ पसे सोचे जस्तो पाएनन यो शहर र थिएन पनि काठमाडौ सोचे जस्तो बिकल्कुल थिएन । कामको खोजी अनि उच्च शिक्षाको अभिलाषा बोकेर आफ्नो जन्मथलो मुटुको पोल्टामा राखी शहर पसेका उनी कहिले चर्खा घुमाउँथे त कहिले गलँैचा कारखाना पुग्थे । जीवीकोपार्जनका लागि यी र यस्तै कष्टकर अवस्थाको सामना गर्दै गुजारा चलाउथेँ उपयुक्त समय मिलाएर अतिरिक्त कक्षाहरु समेत सञ्चालन गरी खर्चपानी चलाँउथे कमजोर घरको बिरासतमा पनि उनले स्कुल लेभल जेनतेन भ्याए ।

 कुल्ली कामबाट सुरु पर्यटन यात्रा

उनको जिवनको उचाइ पर्यटनले बनाएको छ । उनि जहाँ उभिएका छन पर्यटन ब्यबसायकै कारण उभिएका छन । जुन उचाइ बनाएका छन त्यो सब पर्यटनले बनाएका छन । र अहिले पनि आफना सबैथोक पर्यटनमै देख्छन । अँध्यारो कुनामा मधुरो ल्याप्टपको प्रकाशमा झुम्मीरहेका शेर्पा बेला बेला जुरुक्क उठछन र भन्छन । जिवन त एउटा भयँकर फिलोसोपी रहेछ । पर्यटन मार्फत मुलुकको परिचय दिनु उनको सौभाग्यको कुरा भएको छ ।

सगरमाथाको काखमा जन्मेका कारण उनि सगरमाथा नै जिन ठान्छन । गाँउतिर बिदेशी पर्यटकहरुको आगमन भैरहन्थ्यो पर्यटकहरुलाई राम्रो संस्कार र सभ्यता दिएर पठाउनु उनको लागि खुशीको बिषय बन्थ्यो । उनलाई बिस्तारै पर्यटन भित्रै जिवनको आयाम खोजीसकेका थिए । ५४ मा बिदेशीहरुको भारी बोक्ने भरीयाबाट पर्यटन क्षेत्रमा भित्रीएका सेर्पाका जिवनका भारी पनि कम ओझीला छैनन । यदी अहिले कसैले भारी बोकेर आएको हुँ भन्यो भने पत्याउन मुश्कील पर्ने उनको जिवनको रामलिला बडो गजब को छ ।उनि भन्छन भर्खरका लक्का जवान त्यतीबेला पहाडै बोकौँ जस्तो लाग्थ्यो उमेरले पनि हुँदो रहेछ । सय, पचास केजीका भारी त सहजै बोकीदिन्थे । त्यो देखेर बिदेशीहरु तिनछक्क खान्थे । इमान्दारीताका कारण उनि पर्यटकका लोक प्रिय बने । उनलाई बिदेशीहरुले सहजै बिश्वास गर्थे । उनको त्यही कुल्ली कामको कारणले घरपरिवारको गुजारा चलेको थियो । कुनै पनि काममा हिनताबोध नगर्ने मनस्थीतीका कारण उनि बिदेशीहरुका पनि प्यारा बने ।

त्यो दिन इजरायलीहरुको शब्दले शरीरमा काँडा उमाय्रो

केहि इजराइलीहरुको भारी बोकेर उनि लामाटाङ्ग क्षेत्र हान्नीदै थिए । त्यतीबेला उनको काँधमा ८८ केजीको भारी थियो । अप्ठेरो घोरेटो बाटो काँधमा ८८ किलोको वजनदार भारी शरीर पुरै थिला थिला परेको थियो । इजराइलीहरु अरु बिदेशी भन्दा छुटै खालको रवाफ देखाँउथेँ उनिहरु दुनियामा आफु र आफनो देश मात्रै सम्पन्न शाली भएको धाक दिन्थे । नेपालीहरुलाई नराम्ररी हेप्थे । लामाटाङ्गको यात्रामा थिए । बाटोमा थकाइ लाग्यो उनिहरु थकाइ मेटाउन बसे इजराइलीहरुले बियर पिउन थाले उनलाई पानी दिएर भने तिमी पानी पेउ हामी बियर पिउछौँ किनकी तिमी कुल्ली हौ । उनलाई यो शब्दले बाण प्रहार गरे जस्तै भयो ।उनि बियर पिउदैनथे तर पानी र बियर भन्दा पनि उनीहरुको हेपाह प्रबृतीले मनलाई खिन्न बनायो । तर पनि उनले हामीले दिने संस्कार नेपालको संस्कार हो भन्ठानेर नराम्रो आशय देखाएनन । चुपचाप बसीरहे ।

 धन्न धन्न बाँचे सगरमाथाको चुचुरोमै जब अक्सीजन सकियो

पटक पटकको सगरमाथा यात्राले उनलाई निपुर्ण बनाइसकेको थियो । तै पनि आउने प्राकृतीक प्रकोप र प्राबिधीक कारण हुने दुर्घटना कस्लाई थाह हुन्छ र कहिले हिउ पहिरो कहिले आँधी तुफान त कहिले प्राकृतीक प्रकोप संग लडनु चानचुने कुरा थिएन । दोस्रो चोटी उनि लगायत केही पर्यटकहरु सगरमाथा आरोहनको लागि तम्सीए । पहिलो क्याम्प दोस्रो क्याम्प तेस्रो क्याम्प क्रमस दुख पनि त्यसरी नै पहिलो दोस्रो तस्रो भएर अगाडी उभिन्थे । जती माथी उक्लीयो उति पिडा हुने सगरमाथाको यात्रा तरवारको धारभन्दा पनि कठिन थियो । सगरमाथा उक्लीदा जिवनका सम्पुर्ण कुराहरुलाई तिलान्जली दिएर जानु पर्ने मानशीक हिसाबले मृत्यु स्वीकारोक्ती गरेर उक्लनिु पर्ने बाध्यता थियो । दोस्रो चोटी सगरमाथाको यात्रा अरु बेलाको भन्दा फरक भैदियो । हुनत पटक पटक मृत्युलाई छिचोलीसकेका पिकेका लागि मृत्यु पनि समान्य खेल बनिसकेको थियो । उनि हरेक काम गर्दा पहिला मृत्युलाई स्वीकारेर मात्रै शुरु गर्ने भएका कारण सामान्य मान्थे । त्यसैले त उनि सम्झन्छन मेरा दुखहरु जिवन र सामाजलाई स्पात बनाउने रुपहरु हुन । सगरमाथाको चुचुरोमा जब पुगे उनिसंग भएको अक्सीजन सकियो । अब उनि मर्नुको बिकल्प रहेन । उनि भन्छन सम्झदा शरीरमा काँडा उम्रन्छ । भन्छन त्यतीबेला गुरु प्रेमबातले बचाए । उनका गुरु प्रेमबातले आफुसंग भएको अक्सीजन बाँडेर काम चलाए । र सुरक्षीत अबतरण गरे ।

सगरमाथमा थालिएको एउटा अनन्त अभियान

सगरमाथमा थुप्रै पर्यटकहरु जानले फोहरहरुको थुप्रो लाग्ने गरेको थियो । तर त्यो फोहरहरुको ब्यबस्थापन बारे कसैले सोच्दैनथे । सगरमाथा आरोहीहरुले फयाक्ने गरेको फोहरले सगरमाथाको उचाँइलाई समेत असर गरीरहेको छ नै । उनि त्यहाँ पुग्दा उनको चिन्ता सगरमाथा बचाउने तिर थियोे । आफु सगरमाथाको छोरो भएका कारण सगरमाथा बचाउनु कर्तब्य भएको ठान्थे । बिश्वमा सगरमाथाको देश भनेर चिनिएको देशमा सगरमाथै नरहे के सगरमाथाको देश रहनु उनको मनभरी कुरा खेल्थ्यो । यत्रतत्र देखीएको फोहरले उनलाई मनभरी चिन्ता जाग्यो । यत्रतत्र फालीएका फोहरका ढंगुरहरु टिप्न थाले । उनले सगरमाथाको चुचुरोमै बाचा गरे अब सगरमाथा बचाउ अभियानमा लाग्नु मेरो मुल मर्म हुनेछ । उनको मन सगरमाथा सफाइ अभियान तिर तानीयो उनले सगरमाथाकै चुचरोबाट सगरमाथा सफाइ अभियानको थालनी गरे ।

यत्रतत्र लासहरु देख्दा मन थाम्नै सकेनन

बाटोमा आरोहण गर्दा मरेका मृत लासहरु देखे उनको मन छिया छिया भयो । उनले केही लासहरु आफै बोकेर ल्याए । आफुले मानबीय धर्म पुरा गरे पनि उनले त्यसरी लासहरु छरीएको देख्दा मन थाम्नै नसकेनन । काठमाडौबाट हेलिकप्टर मगाएर आफैले लासहरुको दाहसंस्कार गरे ।

महिलाहरुलाई आदर गर्ने बानीले साथीहरुसंग झगडा पथ्र्यो

प्राय यात्रामासाथीहरु केटी जिस्क्याउथेँ । उनलाई त्यो कुरा फिटिक्कै मन पर्थेन । उनि आफना दिदि बैनी जस्तै ठान्थे । नारी शब्द उनको लागी भगवान सरह थियो । उनि नारीहरुलाई अत्याधीक सम्मान गर्थे । उनलाई अपमान गरेर जिस्क्याएको मन पर्थेन । उनि भनि हाल्थे तिमीहरुको घरमा दिदि बैनीहरु छैनन की क्या हो । त्यही कारण साथीहरु खुब झगडा पथ्र्यो ।

प्रेमको गोलचक्करमा शेर्पा

उनि मान्छे गहकिला थिए । तर प्रेम कसैसंग गहिरो गरेनन ।२०६० तिर उनकै गाँउ नजिककी पेम्बा शेर्पा भन्ने केटी संग भेट भयो ।उनलाई सप्तरीको एउटा शिक्षकले अबैध बिहे गरेर छोडेको रहेछ । शिक्षकको घरमा श्रीमती हुँदा हूदै पनि दोस्रो बिहे गरेको रहेछ । पेम्वालाई । त्यो सब थाह पाए पछि पेम्वा उबाट छुटीन । तर शेर्पाली सामाजमा त्यो कुरा त्यती सुहाउदैनथ्यो । उनि न घर नघाटकी भएकी थिइन । उनलाई न सामाजमा स्वीकार्थे न कसैले बिहे गर्थे । अनौठो संस्कार थियो शेर्पा सामाजमा । जुन दिन पेम्वालाई भेटे उनले पेम्वाको रामकहानी बुझे उनमा दया पलायो । अब यसको जवानी त्यसै बित्ने भयो । उनले त्यसैसंग बिहे गर्ने निधो गरे । घरपरीबारको नाइनास्तीका बिचमा पनि पेम्वासंग बिहे गरेरै छोडे । उनले घर परिवार श्री सम्पती सब छोडे पेम्वाको भबिश्यको लागि । यदी उनले पेम्वालाई बिहे गर्दैनथे होला त पेम्वा बुढी कन्या बस्नुको बिकल्प थिएन । उनको संस्कारमा ।

जब घरजम गरे

त्यतीन्जेल उनले आफु खुटामा उभिने भैसकेका थिए । काठमाडौमा घर जग्गा किनिसेका थिए ।तरकारी खेती सुरु पनि गरी सकेका थिए ।सानो परिवार सुखी परीवार बनाउने उनको सपना थियो । पर्यटन यात्रामा आएका थुप्रै अबसरहरुलाई तिर लगाँउदै उनि नेपालमै सगरमाथाको काखमा बस्ने र यहाँकै खोले सिस्नुमा बाँच्ने प्रण गरीसकेको थिए ।तर समय त्यस्तो रहेन ।

सुखसयलले निम्त्याएको पारीबारीक युद्ध

उनकी श्रीमती पेम्वाको छुटै सपना थियो । यताका सब दुखलाई धोइपखालेर बिदेश हान्नीने र उतै राम्रोसंग बस्ने । पिकेलाई यो कुरा मन परेन उनि जस्तो स्थीतीका बोमोजीम पनि नेपालमै बस्न चाहान्थे । नेपालको सेवा गर्न चाहान्थे । तर उनकी श्रीमतीको सोच भिन्नै थियो । नेपालमा बसेपनि सान संग बस्ने सकभर नेपालमा बस्दै नबस्ने अमेरीका बेलायत तिर बस्ने र यताको दुख टन्टैसाप गर्ने । यो कुरा पिकेलाई मन पर्दैनथ्यो । उनि नेपालमै अझ त सगरमाथाको काखमै बसेर देशको सेवा गर्न तल्लीन थिए । यही कुराबाट उनको परीबारको बिच मनमटाब सूरु भयो । अन्तत श्रीमतीलाई युरोप पठाए । आफु नेपाल बसे ।

भन्छन देश हाँसे हाँस्छु देश रोए रुन्छु

थेन्क्यु मिस्टर ग्लाडमा त्यसैकहाँ भनिएको हो र जुन दुखको अनुभुती गरीदैन त्यो दुख दुखनै हैन । पिडा दुख कष्ट उनका जिवनका पाठशाला जस्तै बने । पिके मनभरी समृद्ध मुलुकको सपना बोकेर बसीरहेका छन । कहिले काँही गतीरोध राजनितीले गर्दा मुलुक अस्त ब्यस्त भया भने दिक्क मान्छन । उनलाई सगरमाथाको चिन्ता छ । देशको चिन्ता छ । बिश्वको अग्लो सगरमाथा भएको मुलुक बिकास र समृद्धीमा सबैभन्दा होचो हुनु परेको पिडा मनमा खेलाँउदै राज्यसंग पर्यटन सम्बन्धी स्पष्ट निती नभएको ठोकुवा गर्छन ।