मिस नेपालको आवेदन खुल्यो, कहाँ हुँदैछ अडिसन ?

काठमाडौं – मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । हिडन टिजरले हरेक वर्ष गर्दै आएको मिस नेपाल २०२० का लागि सोमबारबाट आवदेन खुला गरिएको हो ।

मिस नेपाल प्रतियोगितामा भाग लिन चाहनेले मिस नेपालको आधिकारिक वेबसाइट मिसनेपाल डटकम डटएनपी मा गएर आवेदन दर्ता गर्न सक्नेछन् । मिस नेपालको अडिसन फाराम निशूल्क भर्न सकिने छ ।

आयोजकका अनुसार सन् २०२० मा मे १५ मा मिस नेपाल घोषणा गरिनेछ । २०२० की मिस नेपालले २ लाख ५० हजार पाउनेछिन् ।

नेपालभरमा ९ शहरबाट मिस नेपालको अडिसन हुने भएको छ । अडिसन काठमाडौंसहित धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, विर्तामोड र धरानमा हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मोफसलमा मिस नेपालको सहभागिता जनाएका र मापदण्ड पुगेकालाई काठमाडौं बोलाइनेछ । मिस नेपालमा १९ वर्षदेखि २६ वर्ष उमेर समूहका युवतीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।