‘अन्तर्राष्ट्रिय कर्णाली चलचित्र महोत्सव’ आयोजना हुने

सुर्खेत, कर्णालीलाई पर्यटन र फिल्म प्रवद्र्धनको मुख्य हव बनाउने उद्देश्यसहित ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । शुक्रबार सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत आगामी फाल्गुण १८/१९ गते काठमाडौंमा एक कार्यक्रम मार्फत उद्घाटन हुने बताइएको छ । त्यसपछि चैत्र ३ गते सुर्खेतमा आयोजना हुने बताइएको छ ।

बिबिध प्रस्तुति सहित काठमाडौँमा हुने ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा कर्णालीलाई फिल्मक्षेत्रको हव बनाउने बताइएको छ । ‘नेपाल घुमौं, नेपाल चिनौं’ भन्ने नारासहित महोत्सव आयोजना गर्न लागिएको महोत्सव संयोजक चक्रबहादुर चन्दले बताए ।

चन्दका अनुसार चैत्र ३ गते सुर्खेतमा आयोजना हुने बताएइएको छ । महोत्सवका निर्देशक चन्दले प्रदेशलाई चिनाउने र छायांकनको गन्तव्य बनाउने महोत्सवको मुख्य उद्देश्य रहेको बताए।