बागेश्वरी क्याम्पस कोहलपुरले भन्यो अनावश्यक हल्लाका पछि नलाग्नुस

बाँके ,बाँकेको कोहलपुर स्थित मध्य तथा सुदुरपश्चिमको शैक्षिक केन्द्रका रुपमा रहेको बागेश्वरी क्याम्पसले क्याम्पसका बिषयमा भएका अर्नगल हल्लाका पछि नलाग्न अनुरोध गरेको छ । आज एक पत्रकार सम्मेलनको आयोजन गरी क्याम्पसले अनाबश्यक भ्रमपुर्ण हल्लाका पछि नलाग्न अनुरोध गरेको हो ।

राष्ट्रिय अन्तराष्ट्रिय रुपमा मान्यता नभएको र यसबाट उत्पादित जनशक्तिले लोकसेवा दिन नपाउने शिक्षक सेवा बञ्चित हुनुपर्ने लगायतका बिभिन्न हल्ला तथा नकरात्मक टिकाटिप्पणी भएको भन्दै क्याम्पसले गम्भिर आपत्ती जनाएको हो ।

पत्रकार सम्मलेनमा बोल्दै क्याम्पस प्रमुख शिशिर कुमार शर्माले बौद्धिक बर्गबाट यस्ता भ्रमित र अबौद्धीक प्रचार हुनु आफैमा लज्जास्पद भएको बताए ।

सम्मेलनमा बोल्दै क्याम्पस प्रमुख शर्माले भने क्याम्पसले बर्तमान समय सापेक्ष रुपमा काेर्ष परिमार्जन गरि बिश्व बजारमा प्रतिस्पर्दा गर्न सक्ने क्षामतावान तथा दक्षजनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिए । उनले समयको मागअनुसार क्याम्पसले बिषयबस्तुको प्रस्तुतिकरण गरेको बताए ।

उनले बाहिरको हो हल्ला भन्दा यसबाट सेवा प्राप्तगरी क्याम्पसको गरिमालाई उच्च बनाउने खालको बातावरण तयार गर्न स्थानिय सरकारलाई आग्रह गरे ।

त्यस्तै क्याम्पसका प्रध्यापक प्रमाेद सुबेदीले क्याम्पसमा स्नातक तहमा  शिक्षा ,मानविकी र ब्यवस्थापन संकायमा पढाइ हुने गरेकाे र स्नातकाेत्तर तहमा  शिक्षाशास्त्र संकाय पढाइ भैरहेकाे बारे  जानकारी दिए  । 

भने लगत्तै स्तातक तहमा  बिबिए र स्नातकाेत्तर तहमा ब्यवस्थापन र मानविकी संकाय सुरू हुने जानकारी समेत  गराए । उनले सेमेस्टार प्रणालीमा पढाइ हुने पाठयक्रम र बिषयबस्तु बारेमा पनि जानकारी दिए ।