मलेशियाको डिएक्सएन ग्रुपले गर्यो मल्लको उपचारमा सहयोग

यी हुन मनकारी सहयोगि मनहरु

काठमाडौँ, दुबै मृगौला फेल भएर राजधानीको भक्तपुर मृगौला प्रत्यरोपण केन्द्रमा प्रत्यारोपन गरीरहेका जाजरकोटका युवा विद्यार्थी नेता कालीबहादुर मल्ललाई डिएक्सएन ग्रुप (Dynamic everest diamond group) बाट  मलेशियाले २० हजार सहयोग गरेको छ ।

डिएक्सएन ग्रुप मलेशियाले २० हजार सहयोग मृगौला पिडित युवा नेता मल्ललाई अस्पतालमै पुगेर ग्रपुका प्रतिनिधि नरजित बुढाले सहयोग हस्तान्त्ररण गरेको हुन।  सहयोग हस्तान्त्ररण गर्दै बुढाले आत्मबल उच्च बनाउन सहयोग गरेको बताए ।

यी हुन मनकारी सहयाेगि मनहरू

 त्यस्तै जुम्लाकी बिजया मल्लले केवि मल्लको उपचारमा रु ५० हजार सहयोग गरेकी छन । उनले ब्यक्तिगत रु ५० हजार सहयोग गरेकी हुन । भने पुर्वी रुकुमका युवानेता नरेन्द्र बिकले पनि ५० हजार सहयोग गरेका छन । बिकले केवी जस्तो युवाको देशमा आबश्यक्ता छ भन्दै ५० हजार सहयोग गरेका हुन ।

विद्यार्थी नेता मल्ल लामो समयदेखि मृगौलाको डाइलोसिस गराई रहेका छन । उनि कुशे गाँउपालिका वार्ड नं ५ ढिमे निवासी हुन् । लामो समयदेखि मृगौला रोगबाट पीडित मल्ल निरन्तर समाजसेवामा लागेका कारण आफ्नो उपचार गर्न समेत सकेका थिएनन ।

पाँच महिना अघि नै चिकित्सकले डाइलासिस गर्नुपर्ने भने पनि मल्लले उपचार गर्न सकेका थिएनन । ३१ वर्षका मल्ल जुझारु विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए । 

स्मरण रहोस कुसेन्युजले बिगत केहि समयदेखि मल्लको बारेमा निरन्तर समाचार अपडेट गर्दै आइरहेको छ ।