छेडागाड नगरपालिका जाजरकोटले गर्यो मृगौला पिडित मल्ललाई रु १ लाख २ हजार ५ सय सहयोग

जाजरकोट,दुबै मृगौला फेल भएर राजधानीको भक्तपुर मृगौला प्रत्यरोपण केन्द्रमा उपचार गरीरहेका जाजरकोटका युवा विद्यार्थी नेता कालीबहादुर मल्ललाई छेडा नगरपालिका जाजरकोटले रु १ लाख २ हजार ५ सय रुपैयाँ उपचार सहयोग गरेको छ ।

छेडागाड नगरपालिकाले भाई टेकराज मल्ल मार्फत मृगौला पिडित युवा नेता मल्ललाई रु १ लाख २ हजार ५ सयकाे चेक  हस्तान्त्ररण गरेको हो । चेक हस्तारन्त्ररण छेडागाड नगरपालिका प्रमुख प्रशासकिय अधिकृतले गरेका थिए । 

छेडागाड नगरपालिका जाजरकाेटले मृगाैला राेगबाट पिडित युवानेता काली बहादुर मल्ललाइ गरेकाे सहयाेगकाे चेक ।

सहयोग हस्तान्त्ररणकाे बिषयमा कुरा  गर्दै छेडागाड नगरपालिकाका मेयर लाल बहादुर महताराले बिरामीको आत्मबल उच्च बनाउन र एक जुझारु जाजरकोटी युवालाई बचाउन सहयोग गरेको बताए । अध्यक्ष महताराले भने शसक्त युवा बचाउनु सबैको कर्तब्य हो । महतारालेले कुनैपनि कसुर बाँकी नराख्ने भन्दै एउटा शसक्त युवा बचाउन सामाजको दायित्व भएको समेत बताए ।

त्यस्तै ठकुरी सहयोग सञ्जाल जाजरकोटले रू १०,हजार साहित्यकार तथा कुशे गाउपालिका महिला बिकास शाखाकी प्रतिभा महताराले रु ५ हजार सहयोग हस्तानत्ररण गरेका छन ।

विद्यार्थी नेता मल्ल लामो समयदेखि मृगौलाको डाइलोसिस गराई रहेका छन । उनि कुशे गाँउपालिका जाजरकोट वार्ड नं ५ ढिमे निवासी हुन् । लामो समयदेखि मृगौला रोगबाट पीडित मल्ल निरन्तर समाजसेवामा लागेका कारण आफ्नो उपचार गर्न समेत सकेका थिएनन ।

पाँच महिना अघि नै चिकित्सकले डाइलासिस गर्नुपर्ने भने पनि मल्लले उपचार गर्न सकेका थिएनन । ३१ वर्षका मल्ल जुझारु विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए । चिकित्सकका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागि ठूलो रकम लाग्ने बताइन्छ ।

स्मरण रहोस कुसेन्युजले बिगत केहि समयदेखि मल्लको बारेमा निरन्तर समाचार अपडेट गर्दै आइरहेको छ ।