नेपालगञ्ज ब्राईटल्याण्ड स्कुलकी यि निर्दयी शिक्षक

कपीमा कभर नलाएको भन्दै बालिकामाथि यसरी गरिन कुटपिट…..

बाँके, नेपालगञ्जस्थित ब्राईटल्याण्ड स्कुलकी एक शिक्षिकाले ३ कक्षामा अध्ययनरत आफ्नै विद्यार्थीलाई नराम्ररी कुटपिट गरेको घटना बाहिरिएको छ । कपीमा कभर नलगाएको निहुँमा बुधबार शिक्षिकाले ८ बर्षीया अनन्यालाई कुटेकी हुन् । घटनालाइ समान्यकरण गर्न बिद्यालयले खोजेपनि ३ कक्षामा पढ्ने अनन्या शर्माका अभिावकले भने कुटपिट गर्ने शिक्षिकामाथी कारबाहि हुनु पर्ने बताएका छन । 

घरमा पुगेर अनन्याले कान र नाकमा पीडा भईरहेको हाउभाउ देखाएपछि अभिभावकहरुले सोध्दा शिक्षिकाले नाक र कानमा बेस्सरी हानेको जवाफ दिएकी थिईन् । अनन्यालाई उधृत गर्दै उनका काका सन्तोष शर्माले भने, ‘कपीमा कभर नलगाएको भनेर मिसले पिट्नु भयो । नाकबाट खुन पनि आएको थियो । कान पनि दुखीरहेको छ ।’

अनन्यामाथि कुटपिट भएको थाहा पाएपछि काका सन्तोषले बिहीबार ब्राईटल्याण्ड स्कुलका प्रिन्सिपल विजय लामासँग गएर भेट्दा उल्टो दुव्र्यवहार भएको बताइएको छ ।

सन्तोषले भने, ‘मैले मेरो भतिजीमाथि कुटपिट गरिएको र कुटपिट गर्ने शिक्षिकालाई बोलाउन भन्दा प्रिन्सिपलले उल्टो दुव्र्यवहार गर्नु भो । म अभिभावक नभएको भन्दै मलाई कुनै जानकारी नै दिईएन र दाईलाई अनन्याका बुबालाई लिएर आउन भनियो ।’

अनन्याका बुबा विनोद कामका शिलशिलामा बाहिर रहेकाले भतिजीमाथि कुटपिट भएपछि आफू स्कुलमा घटनाबारे बुझ्न गएको सन्तोषले बताए । तर प्रिन्सिपलले घटना दवाउन खोजेको अनुभुत भएको पनि उनले बताए । सन्तोषका अनुसार शिक्षिकाले कुटपिट गरेकोबारे प्रिन्सिपल लामा पनि जानकार छन् । उनले अनन्यालाई बोलाएर घटनाबारे बुझिसकेका छन् ।

स्मरणिय कुरा के छ भने एकबर्ष अगाडि पनि साेहि स्कुलमा अद्भितिय नाथ शाहसंग अप्रिय घटना घटाइएकाे थियाे । 

घटनाबारे प्रिन्सिपल लामासँग बुझ्न खोज्दा  उनको ९८४८२९७२८९ नं को मोबाईल फोन उठेन । फेरि गर्दा स्वीच अफ गरिएको थियो ।