रारा पुग्नलार्इ रारा एडभेन्चरले ल्यायो सुबिधाजनक प्याकेज

यी हुन सुबिधा

नेपालकाे सबैभन्दा प्राकृतिक बरदानकाे रूपमा रहेकाे ठुलाे ताल रारा पुग्न र राराको पर्यटनको लागि निरन्तर लागिपरेको रारा पर्यटन बिकास समिति तथा रारा एडभेन्चरले आन्तरिक तथा बाहय पर्यटकहरूका लागि सुबिधायुक्त सस्तो टुर प्याकेजको ब्यवस्था गरेको छ । पर्यटकहरूको सुबिधाको लागि सस्तो र सहज प्याकेजको ब्यवस्था गरेको रारा पर्यटन बिकास समितिका अध्यक्ष तथा रारा एडभेन्चरका प्रबन्ध निर्देशक देविकृष्ण रोकायले बताएका छन ।

रोकायले  तालको सौन्दर्यदेखि राराको प्राकृतिक मनमोहकतासित लुकामारी खेल्न बिशेष प्याकेजको ब्यवस्था गरेको बताए । लामो समयदेखि राराको बिकासको लागि निरन्तर लागि परेका अभियन्ता रोकायाले ब्यवसायीक ढंगले भन्दा पनि समग्र कर्णालीको पर्यटन र बिकासका आधारहरू तय गर्न राराको प्रचारप्रसार आबश्यक्ता रहको बताए । उनले नाफामुलुक भन्दापनि सेवामुलक ढंगले प्याकेज तयार गरेको जानकारी दिए । 

किन आकर्षण छ रारामा पर्यटकहरूको 

रारा आन्तरिक तथा बाहय पर्यटकले निकै रुचाएको स्थान हो । वरिपरि जंगलको बीचमा रहेको राराको भ्रमणमा आउनेहरु घण्टौं समय बितेको पत्तो पाउँदैनन् । ताल नै यति फराकिलो छ, पूरै एक फन्का लगाउन पाँच घन्टा बढि समय लाग्छ । तालको पूरा आकृति हेर्ने हो भने समुद्री सतहदेखि २९९० मिटर उँचाइमा रहेको छ । र रारापछिको अर्को आकर्षणको केन्द्र मुर्मा टप उपयुक्त स्थल मानिन्छ जो समुन्द्री सतहबाट ३७७० मिटर उचाँइमा रहेको छ । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूर पश्चिमाञ्चलका ६ वटा जिल्लाका भूभागहरु देख्न सकिने स्थानीय बताउँछन् ।

बिश्वकै अग्लो स्थानमा माछा पार्इने एकमात्र ताल रारातालमा बिश्वमा कुनैपनि ठाँउमा नपाइने स्नो ट्राउट माछा पाइन्छ । रारा जानका लागि वर्षभरि नै उपयुक्त मानिए पनि खासगरी हिउँद महिनामा रमाइलो दृश्य देख्न पाइन्छ । त्यो समयमा एकातिर हिउँ झरिरहेको हुन्छ भने अर्कातिर रंगीविरंगी फूलहरुले रारा तालको सुन्दरतालाई थप मनमोहक बनाइदिन्छन् । सबै रितुमा जान उपयुक्त मानिन्छ । हिउदमा चिसाे बढेपनि हिउमा चिप्लेटी खेल्नुकाे अानन्द बेग्लै मानिन्छ । भने बर्षायाममा राराताल वरिपरी फुलेका फुलहरूकाे मनमाेहकतासंग रमाउनुकाे मजा बेग्लै रहेकाे बताइन्छ ।  २०२० सालामा रारा पुगेका राजा महेन्द्रले  राराको सुन्दरतासंग मोहित भएर कविता लेखेका थिए, रारा कि अप्सरा ! सुन्दरताकाे भण्डार सारा के खन्याय यसै रारामा राराकीअप्सरा हालसम्मा शिलालेखमा सुरक्षित रहेकेा छ ।  

यसरी पुग्ने रारा

राराका अभियान्ता रोकाया भन्छन रमाइलो गर्न आउँदा कतिपयले बिभिन्न किसिमका झन्झट खेप्नुपर्ने हुन सक्छ । त्यसको कारण हो, रारा आउनुभन्दा अगाडि यसबारे सूचना नलिने र आवश्यक तयारी नगर्ने । कतिपयले रारा जानलाई जहाजको टिकट पाइँदैन भन्ने गुनासो गरेको समेत पार्इन्छ  । यसको लागि  टिकटको  अग्रीम बुकिङ गर्‍यो भने समस्यामा परिँदैन  त्यसके सम्पुर्ण तयारी रारा एडभेन्चरले गरेको जानकारी दिए । योजना बनाएर तथा हामीसँग सम्पर्क गरेर आउनुभयो भनेर रारा यात्रा असहज हुँदैन ।

रारा पुग्नका लागि हवाई र बसयात्रा गरी दुई वटा विकल्प छन् । पश्चिम नेपालको प्रवेशद्वार नेपालगञ्जको विमानस्थल राझाबाट मुगुको ताल्चा विमानस्थलसम्म जहाजमा जान सकिन्छ । त्यहाँबाट तीन घण्टाको पैदल हिँडेपछि रारा तालको किनार पुगिन्छ । यसका साथै सुर्खेतबाट मुगु सदरमुकाम गमगढीसम्म सार्वजनिक बस पनि चल्छ । सस्तो सुर्लभ प्याकेजमा आरमदायी यात्रा गराउने रोकायाले जानकारी दिए ।

यी हुन सुबिधा

काठमाडौबाट रारा पुग्नलार्इ हवार्इ सेवा माध्यामबाट २ रात ३ दिन र ३ रात ४ दिनको टुर प्याकेज तय गरेको छ । स्थलगत माध्यामबाट जिपमा ६ रात ७ दिनको टुर प्याकेज र नेपालगन्ज सुर्खेतबाट पन एकसाथ २ रात ३ दिन र ३ रात ४ दिनको टुर प्याकेज तय गरेको छ । र स्थलमार्गबाट ४ रात ५ दिनको टुर प्याकेज घोषण गरेको छ ।

राराका स्थानिय बासिन्दाद्वारा संचालित रारा मुर्मा होमस्टे स्थानिय परिकारको स्वाद लिनुका साथै घोडा सयर,डुंगा सयर र स्थानिय रूड गाइडको ब्यवस्था गरिएको  छ ।  रारा तालको नजिकै रहेको मुर्मा गाँउ र जुन राराको पुरा दृश्याअवलोकन अपिसैपाल हिमाल, काञ्जिरोवा ,सिस्ने हिमाल कोइकी हिमाल बढिमालीका , खप्तड केहि भुभाग र तिब्बतियन क्षेत्रको दृश्य अबलोकन गर्न सकिनेछ । रारा एडभेन्चरले आफ्नै पहलमा निरन्तर नेपालगन्ज ,सुर्खेतबाट हवार्इ सेवा सुरू गरेको बताएको छ ।