समाचार Archive

डोल्पामा कोरोनाबाट ५३ वर्षीय पुरुषको मृत्यु
डोल्पा, डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो। सुर्खेतबाट १६ गते जुम्ला हुदै जेठ १८ गते डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।
देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टर जेठको २७ गते देखि सञ्चालनमा आउने
भालुवाङ, दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टर जेठको २७ गते देखि सञ्चालनमा आउने भएको छ । शुक्रवार सरोकारवालाहरुको राप्ती गाउँपालिका कार्यालयमा बसेको बैठकले १

कर्णाली प्रदेशका सात जना कोरोना जितेर घर फर्किए
सुर्खेत, कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको

बाजुरा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
बाजुरा, भारतबाट आएर बाजुराको एक क्वारेन्टिनमा बसेका एक जनाको शुक्रबार राति मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका– को क्वारेन्टाइनमा बसेका एक ६५ वषीृय वृद्धको मृत्यु भएको हो । उनी जेठ १५ गते भारतबाट आएर
ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा अनलाइन कक्षा सुरू
भालुवाङ, दाङ देउखुरीको एक मात्र उच्च शिक्षाको केन्द्र रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाले अनलाइन कक्षा सञ्चालन गरेको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) का कारण नेपाल सरकारले देशभर लकडाउनको घोषणा

देउखुरीका करिव ३ सय यातायात मजदुरलाई राहत वितरण
भालुवाङ, त्रिसिद्वेश्वरी राप्ती सार्वजनिक यातायात सेवा प्रालि तुलसीपुर दाङले देउखुरी क्षेत्रमा बसोबास गर्ने करिव तीन सय यातायात मजदुर, चालक, सहचालक र कर्मचारीहरूलाई खाद्यान्न राहत वितरण गरेको छ । दाङको भालुवाङ पुल्चोकबाट शुक्रबार विहानबाट राहत वितरण कार्य

क्वारेन्टाइनमा प्लाष्टिकको चामल भेटियो भन्ने समाचारप्रति गढवाको ध्यानाकर्षण
भालुवाङ, दाङको गढवा स्थित जनता माबिको क्वारेण्टाइनमा प्लाष्टिकको चामल भेटियो भन्ने भ्रामक समाचार प्रति गढवा गाउँपालिकाले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल र युटुवमा गरिएको प्रचारको पछि नलागि सत्यतथ्य कुरा

चीन र भारतीय सेनाबीच सीमाको विषयमा वार्ता हुँदै
एजेन्सी, भारत र चीनवीच पूर्वी लद्दाखमा एक महिनादेखी जारी सीमा विवाद हल गर्नको लागी दुवै देशका सैन्य कमाण्डरहरुको वैठक आजवाट सुरु हुंदैछ । सीमा विवादलाई हल गर्न अहिलेसम्म १२ पटक वैठक बसेपनि ठोस समाधान निस्केको छैन्

नेपालमा कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी
काठमाडौं, कोरोना भाइरस विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् । जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास तीन महिनादेखि जुटेका छन् । उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आजबाट

करेन्ट लागेर झापामा एक जनाको मृत्यु
झापा, झापाको दमक नगरपालिका–२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय चित्रबहादुर ओली रहेका छन् । शुक्रबार दिउँसो

