ज्याकेट भित्र लागू औषध लुकाएर लैजादै गर्दा एक जना पक्राउ

नवलपरासी, नवलपरासी पश्चिममा लागू औषध सहित एक जना पक्राउ परेका छन ।आईतबार बिहान १० बजेको समयमा जिल्लाको सुस्ता गाउँपालिका ५ रतनगंज गाउँको भित्री सडकबाट कुडिया जाँदै गरेका युपी ५३ एजे ०२७७ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार एक जनालाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त व्यक्तिको ज्याकेट भित्रबाट लागू अौषध बरामद गरेको छ ।

बरामद गरिएको लागू अौषधमा नाइट्रोभेट ४ पत्ता ६० पिस, स्पास्मो ४ पत्ता ३२ पीस, अोरेक्स १०० एमएलको ४ बोतल रहेको इलाका प्रहरी कार्यालय बेलाटारीका इन्सपेक्टर खुमान्नद पाण्डेले बताए ।
उनी बाट एउटा चक्कु र दुईवटा मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने व्यक्ति पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ रानिनगर घर भएकट बर्ष २६ का निरज कुमार गौड रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ

लकडाउनको मौका छोपी लागू अौषधको अोसारपसार नवलपरासी पश्चिममा बढेको छ ।