छिट्टै विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक पुर्याउछाै : नगर प्रमुख केसी
देउखुरी , दाङकाे देउखुरी स्थित लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले अब छिट्टै विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक पुर्याउने बताएका छन् । विगत केही महिना देखि माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) ले हामी सवैलाई आतंकित बनाएको छ । यससंग जुध्ने तौर तरिकाहरूको राम्रोसंग अवलम्बन गरेमा यसलाई पराजित गर्न सकिन्छ ।
यस सम्बन्धमा सञ्चारका साधनहरु मोबाइल देखि सबै जसो माध्यमबाट सुचनाहरु प्रसार भैरहेका छन् ति तौरतरिकाहरूको हामीले पूर्णता पालना ग¥यौँं भने यसलाई सहजै जित्न सकिन्छ, नगर प्रमुख कुलबहाुर केसीले सोमबार आफ्नै कार्यकक्षबाट वक्तब्य मार्फत पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।
नगर प्रमुख केसीले बेला बेलामा साबुन पानीले मिची मिची हात धुने, सामाजिक दुरी कायम राख्ने, मास्कको उचित प्रयोग गर्ने, लकडाउनको पालना गर्ने, शंका लागेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, क्वारेन्टाइनमा बस्ने र बसाउने, जरुरी काम बिना हिडडुल नगर्ने, नगरबासीहरुलाई अपिल गरेका छन् ।
नगर प्रमुख केसीले बालबालिकालाई समय दिन, बालबालिकाहरू संगै बसेर बालबालिकाको सहमतिमा समय सदुपयोगको समय बनाउन, पहिले पढेका पाठ (अघिल्लो कक्षाका) हरु फेरी पढ्ने र दो¥याउन, कुनै प्रश्नका उत्तर राम्रो अक्षर र निश्चित समयमा लेख्न, नयाँ कक्षाका पाठ्य पुस्तकहरुको नयाँ पाठहरू पढ्न, पाठ पढ्नु भन्दा पहिले कति जानेको थियो ?
पढीसकेपछी कति जानियो टिपोट गर्ने सुनाउन, अभिभावकले संगै बसेर जाने सहयोग गर्ने नजाने साक्षी बसी राख्ने (पढेको सुन्ने, लेखेको हेर्ने, केहि जानकारी लिन, नजिकै रहनु भएका शिक्षक शिक्षिका र अरु जान्ने मान्छे संग सोध्न आग्रह गर्दै, अभिभावकहरुको सहयोगमा आफ्ना बच्चाको पढाईलाई निरन्तरता दिन सकेमा जानेको बिर्सदैन, स्व अध्ययन र अभ्यासबाट नयाँ कुरा सिक्न सिकाउन सकिन्छ भन्ने मैले बिश्वास लिएको छु, नगर प्रमुख केसीले भने ।
अहिलेको यो महामारीको संक्रमण बढ्दै गरेको अवस्थामा पनि शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरिसकेको छ, जस अनुसार बैकल्पिक माध्यमबाट बिद्यार्थी र अभिभावक संगको पहुँचका आधारमा बिभिन्न ५ समूहमा बिभाजन गरी सहजीकरणका फरक फरक तौरतरिका अवलम्बन गर्ने कुरा सुझाइएको छ । त्यसैले ती माध्यमबाट सिकाई सहजीकरण गर्नुभन्दा पहिलाको शून्य समयलाई माथि चर्चा गरिएका केही उपायहरु अभिभावकबाट गर्न गराउनु हुन अनुरोध गर्दछु ।
आगामी बजेटले बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण गर्ने कार्यक्रमलाई अवश्य पनि सम्बोधन गर्ने, यिो महामारीको प्रकोपबाट हुन गएको शैक्षिक क्षतिलाई कम गर्न प्रधानाध्यापकहरु बिषय शिक्षक, शिक्षाविदको कार्यशालाको आयोजना गरिने, उक्त कार्यशालाका उपलब्धिबाट मार्ग निर्देशित हुदै लमही नगरपालिकाको शैक्षिक गतिबिधि अगाडी बढ्ने नगर प्रमुख केसीले बताएका छन् ।