समाचार Archive

अभिषेक बच्चन कोरोना संक्रमणमुक्त

एजेन्सी,  बलिउड अभिनेता अभिषेक बच्चन कोरोना संक्रमणमुक्त भएका छन्। आज (शनिबार) आएको उनको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी संक्रमणमुक्त भएका हुन्। उनले एक ट्वीट गर्दै आफू संक्रमणमुक्त भएको जनाएका छन्। साथै उनले नानावती अस्पतालका डाक्टर

विदेशमा अलपत्र ४५ हजार नेपालीको उद्धार

काठमाडौं,  सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये

उपत्यकामा जोखिम बढे पनि भीडभाड घटेन

काठमाडौं, पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ । मानिसको

विप्लव समूहका काभ्रेपलाञ्चोकका नेता लामा पक्राउ

काभ्रे,नेत्रविक्रम चन्द नेतृत्व समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ। रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। प्रहरी

शनिबार गण्डकी प्रदेशमा थपिए २४ जना सङ्क्रमित

पर्वत , गण्डकी प्रदेशमा शनिबार ४ जिल्लाका २४ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको कुल सङ्ख्या १६ सय ११ पुगेको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.

पर्सामा मेयर र स्वास्थ्य कर्मचारीसहित ५५ जनामा कोरोना पुष्टि

पर्सा, पर्सामा मेयर, नेपाली सेना र स्वास्थ्य ल्यावका कर्मचारीसहित थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्रप्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर

भारतमा कोरोनाबाट ४२ हजार ५१८ जनाको मृत्यु

नयाँदिल्ली , भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९३३ जनाको मृत्यु भएको छ। यस्तै थप ६१ हजार ५३७ मा कोरोना संक्रमण भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित हुने प्रान्तमा कर्नाटक, विहार र आन्ध्र

बलात्कार मुद्दामा वडाध्यक्ष जेल चलान

बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कालिकोटका एक वडाध्यक्ष जेल चलान भएका छन्। खाँडाचक्र नगरपालिका ६ का वडाध्यक्ष जगदीश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन्। ५१ वर्षीय शाहीलाई जिल्ला

हवाई उडानमा यस्ता छन् मापदण्ड, यात्रुले पालना गर्नुपर्ने नियम

काठमाडौं,कोरोना भाइरसको महामारीकाबीच भदौ १ गतेदेखि नियमितरूपमा सञ्चालन हुँन लागेको हवाई उडानका लागि सरकारले आवश्यक मापदण्ड तयार पारेको छ । चैत ११ देखि ठप्प रहेको नियमित हवाई उडान भदौ १ गतेदेखि सञ्चालनमा ल्याउँने सरकारले निर्णय गरेसँग

केरल विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

नयाँदिल्ली,भारतको केरलमा शुक्रबार भएको विमान दुर्घटनामा परी निधन हुनेको संख्या १८ पुगेको छ। तिनमा दुई जना चालक दलका सदस्य छन्। एयर इन्डियाको उक्त विमान दुबईबाट उडेकाे केरलका लागि उडेकाे थियाे। विमान केरलकाे कोझिकोडस्थित विमानस्थलमा अवतरण गर्ने