त्रिवि उपकुलपति कार्यालय नेविसंघ कार्यकर्ताद्धारा तोडफोड

काठमाडौं , नेपाली कांग्रेसको भातृ संस्थान नेपाल विद्यार्थी संघ नेवि संघ का कार्यकर्ताद्धारा त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्। मंगलबार परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा उत्रिएका हुन् ।

उनीहरुले उपकुलपति र रजिस्ट्रारको कार्यालयमा तोडफोड गरेका हुन्। नेवि संघ त्रिवि समितिका सभापति हरि आचार्यले विद्यार्थीहरुले तोडफोड गरेको थाहाखबरलाई जानकारी दिए। ‘विद्यार्थीहरुले परीक्षाको विकल्प माग गरिरहेका छन्,’ उनले भने, रेक्टरसँग पनि यस विषयमा छलफल भएको थियो।

त्रिविले परीक्षाको विकल्पका लागि तयार पारेको कार्यविधि नै पारित गरेन भने विद्यार्थीहरु रुष्ट छन्। उनका अनुसार त्रिविले अनलाइन परीक्षा विधि लगायत केही मापदण्ड तयार पारे पनि त्यसबारे चासो नदिएपछि विद्यार्थीहरु रुष्ट छन्। नेवि संघका कार्यकर्ताहरूले हिजो सोमबार रेक्टरसँग पनि छलफल गरेका थिए।