७ बर्षदेखि बन्द बिद्युत सञ्चालनमा,लयाँटी बन्यो उर्जामा आत्मनिर्भर

अछाम,अछामकाे लयाँटी पन्चदेवल बिनायक नगरपालिका वडा नं ५ लयाँटीमा पर्ने बारलागाड लघु जलविद्धुत आयोजना आएकोछ । बिगत ७ बर्षदेखि पुर्ण रुपमा बन्द रहेको सो जलबिद्धुत पुनः सन्चालनमा आएको छ ।

यससंगै अब लयाँटीमा अवस्थित दुबै जलबिद्धुत आयोजना बारलागाड लघु जलबिद्धुत आयोजन र तालागाड लघु जलबिद्धुत आयोजना निर्बाध रुपमा दीर्घकालीन भएपछि बिधालय, स्वास्थ्यचौकी, ब्यापारिक तथा व्यावसायिक संघसंस्था र बैंकिङ तथा बित्तीय संस्थाहरुका लागि बिद्धुत आपूर्ति सहजै हुने भएको छ ।

तालागाड लघु जलबिद्धु आयोजनामार्फत साबिकको लयाँटी गाबिसका वडा न १,२,३ र ४ प्रत्यक्ष लाभान्वित हुनुका साथै बाँकी बिद्धुत नगरपालिका ९ पन्चदेवल बिनायक नपाको वडा नं ८ बारला, वडा नं ४ कुच्ची, वडा नं ३ बिनायक बजारका लागि निर्यात र बिक्री गरिएको छ । यसर्थ पन्चदेवल बिनायक नगरपालिका को वडा नं ५ लयाँटी बिद्धुत उर्जामा आत्मनिर्भर छ ।