समाज Archive

खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा चन्द
काठमाडौं,सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ। कम्पनीको सिइओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको छ। गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका

स्पष्टीकरण सोधेपछि नेपाल पक्षको आकस्मिक बैठक जारी
काठमाडौं,नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरुको आकस्मिक बैठक बोलाएका छन्। पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन्। बैठक नयाँ बानेश्वरको एक होटलमा

स्वास्थ्य मापदण्ड जारी भएको भोलीपल्टै प्रधानमन्त्रीद्वारा उल्लंघन
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डको उल्लंघन गरेका छन्।मंगलबार बिहानै प्रधानमन्त्री निवासमा बालुवाटारमा मंगल धुन गुन्जिन थालेको थियो भने पूजापाठ पनि चलिरहेको थियो । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरुको उपस्थिति पनि उल्लेख्य थियो। उक्त रमझम

कोरोनाविरुद्ध दोस्रो चरणको खोप आजदेखि लगाईदै(खोप केन्द्र सहित)
काठमाडौँ,पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई आजदेखि दोस्रो डोज खोप लगाइँदैछ। दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख १३ गते
काठमाडौं,गण्डकी प्रदेशले प्रदेश सभाको अधिवेशन आह्वान गरेको छ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरिदिएका थिए। वैशाख १ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको थियो।नेपाली

टी–ट्वान्टी क्रिकेटमा नेपालको शानदार जित
काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले शानदार जित हात पारेको छ।सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाहुना टोली मलेसियालाई ९ विकेटले पराजित गरेको हो। जितका लागि ११० रनको लक्ष्य पछ्याएको नेपालले १२।१ ओभरमा १ विकेट गुमाउँदै

नेपालमा थप १२८१ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १ हजार २८१ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २८१ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९००

कर्णालीमा कोरोनाको दोस्रो लहरः कुल परिक्षणको ६० प्रतिशत संक्रमित
सुर्खेत,कर्णाली प्रदेशमा पनि कारोनाको दोस्रो लहर फैलिदै गईरहेको छ। दैनिक परिक्षण गरिएका मध्ये ६० प्रतिशत व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको छ। सोमवार पत्रकारहरुसंग कुराकानि गर्दै कर्णाली प्रदेश श्वास्थ्य निर्देशनालय सुर्खेतका निमित निर्देशक डा.रविन खड्काले कर्णाली प्रदेशका विभिन्न

लुम्बिनीका प्रस्तावित मुख्यमन्त्रीसहित दुई मन्त्रीले दिए राजीनामा
काठमाडौं,लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन्। नेपाली कांग्रेस,माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र
राष्ट्रपतिद्धारा सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त
काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी)लाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकी छन्। राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण

