नेदरल्यान्ड्स र मलेसिया भिड्दै

काठमाडौँ,त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन्। टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ।आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रदैँछ भने मलेसिया पहिलो जितको खोजीमा छ।

मलेसियालाई फाइनल पुग्न अब बाँकी रहेको दुई खेल जित्नै पर्ने दबाब छ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार व्यहोरेको मलेसिया दोस्रो खेलमा नेपालसँग पनि स्तब्ध बनेको थियो।आजको खेलमा पनि मलेसिया पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ। त्यस्तो अवस्थामा नेदरल्यान्ड्स र नेपाल फाइनलमा पुग्नेछ।

नेपाल ३ खेलमा ४ अंक जोडेर शिर्षस्थानमा छ भने समान खेलमा ४ अंकसहित नेदरल्यान्ड्स दोस्रो स्थानमा छ। मलेसिया पुछारमा रहेको छ।