ओलीले गरे एमाले पार्टी कार्यालयको भवन शिलान्यास

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्।

नेकपाको स्थापना दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री ओलीले मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा नयाँ भवनको शिलान्यास गरेका हुन् । १३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक नयाँ केन्द्रीय कार्यालय भवनको डिजाइन तयार भइसकेको र दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ।

२०७२ सालमा गएको भूकम्पले बल्खुस्थित एमाले कार्यालय भवनमा क्षति पुगेको थियो। पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सन्चालन हुँदै आएको थियो । त्यसपछि हालै बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवन बनाउने निर्णय गरेको थियो।