कोरोना परीक्षण गर्ने ल्याबमा प्रहरीको छापा

काठमाडौं,नेपाल प्रहरीले काठमाडौंको सिनामंगलस्थित सूर्या ल्याबमा छापा मारेको छ।

स्वाब नै नलिई कोरोना परीक्षणको रिपोर्ट दिएको उजुरीका आधारमा सूर्या हेल्थकेयरमा छापा मारिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिएका छन्।