नेपाल पक्षका सांसदले स्पष्टीकरण दिने

काठमाडौं,एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदले स्पष्टीकरणको जवाफ दिने भएका छन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ३२ सांसदलाई स्पष्टीकरण सोधेका थिए।

स्पष्टीकरण सोधेलगत्तै नयाँ बानेश्वरमा बसेको बैठकले स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन्।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै झाँक्रीले आफूहरूले दल त्याग नगरेको बताइन् । उनले स्पष्टीकरण सोध्ने आधार नभएको पनि बताइन् ।