नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित

काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित भएको छ।मंगलबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो।

नेदरल्याण्डका बिन कपर र बास डे लिडाले अर्धशतक पारी खेले। कपरले ५५ रनको योगदान दिए। लिडाले ८१ रन जोडे। यस्तै, टाविस भिसाले १५, पिटार सेलारले ३१, स्कट इड्वार्डले २ र आर्यन दत्त शून्य रनमा आउट भए।नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । अविनाश बोहरा र कुशल मल्ल र करन केसीले एकरएक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले नेदरल्याण्डलाई २०७ रनको चुनौती दिएको छ।नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको हो।नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए । अर्का, ओपनर आसिफ शेख भने आज शून्य रनमै आउट भए । यस्तै, दिपेन्द्रसिंह ऐरीले ६० रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । करन केसीले एक रन बनाए।

यस्तै, विनोद भण्डारी र सोपमाल कामीले क्रमश ७ र २१ रन जोडे।नेदरल्याण्डका लागि भिभिन किंगमा र पिटर सिलारले समान दुईरदुई विकेट लिए । यस्तै, बास डे लिडा र आर्यन दत्तले एकरएक विकेट लिए ।