राजनीति Archive

अछाममा बिधार्थिहरु आन्दोलित

अछाम,अछामको साफेबगरमा बिधार्थिहरु आन्दोलित भएका छन । शिक्षकले बिधार्थिमाथी यौन दुराचार गरेको भन्दै बिधार्थिहरु आन्दोलित भएका हुन् । जिल्लाको साफेबगर नगरपालीका वडा नं १३ बाब्लामा रहेको राष्ट्रीय माध्यमिक बिद्यालयमा कार्यरत शिक्षकले सोहि बिद्यालयकी कक्षा १० मा

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

काठमाडौं,चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि संचालन हुन लागेको हो ।सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त

काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

काठमाडौं,बृहत नागरिक आन्दोलन र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै आइतबार दिउँसो उनीहरुले महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका

चितवनमा जग्गाधनी पुर्जा दिने प्रक्रिया शुरु

चितवन,जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि सारेका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो ।सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको

पन्तको अभिव्यक्तिप्रति कोमल वलीको आपत्ति

काठमाडौँ,नेकपा प्रचण्ड-नेपाल पक्षका नेता रघुजी पन्तको विवादास्पद अभिव्यक्तिप्रति सांसद कोम वलीले गम्भीर आपत्ति प्रकट गरेकी छिन् ।आइतबार सामाजिक सञ्जालमार्फत सांसद वलीले ‘महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने’पन्तले प्रयोग गरेका शब्दहरुले आमा दिदीबहिनी सबैलाई अपमान गरेको

प्रचण्ड सर्वोच्च अदालतमा

काठमाडौँ,नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न अध्यक्ष प्रचण्ड आइतबार बिहान सर्वोच्च अदालत पुगेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको चरणबद्ध आन्दोलनका क्रममा विराटनगरमा आयोजित सभामा

औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जाँदै

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली आइतबार झापा जान लागेका हुन् । उक्त औद्योगिक क्षेत्रलाई चीन-नेपाल

‘ओलीसँग एकता असम्भव’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन् । दुवै अध्यक्षले केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव रहेको बताएका हुन् । उनीहरूले विचारमा

बालुवा पेलेर तेल निस्किनु र ओली सुध्रिनु उस्तै-उस्तै : अध्यक्ष नेपाल

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तै–उस्तै भएको बताएका छन् । आफूहरुले नै नेतृत्व गरिरहेको नेकपा निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव

सरकार परिवर्तन हुँदैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गरेका छन्। कम्प्युटर एसोसिएशन नेपाल महासंघको २७औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा सरकार परिवर्तन नहुने बताएका