सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

काठमाडौँ,सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को पहिलो चरणको औपचारिक वार्ता सकिएको छ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भई फेरि बस्ने गरी आजको लागि सकिएको हो।

आजको वार्तामा विप्लव समूहका मागमा छलफल भएको तर, विस्तृत विवरण आउन बाँकी रहेको स्रोतले जनाएको छ।वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई रहेका छन् भने विप्लव समूहका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन्।

दुवै वार्ता टोली मंगलबार गठन भएका थिए । विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझ काठमाडौं आएको थियो। त्यसपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।