सरकार-विप्लव वार्ता सकारात्मक रहेको दावी

काठमाडौं,सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा वार्ता टोलीबीच झण्डै ४ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले वताएका छन्।

वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत बालुवाटार पुगेका थिए। विप्लव समूहको वार्ता टोली मंगलबार (हिजो) नै काठमाडौं आइपुगेको थियो।

वार्ता सकारात्मक भएको र फेरि बस्ने गरी सकिएको भट्टराईले जनाए।दुई समूहबीच निरन्तर छलफल जारी राख्ने सहमति भएको बताइएको छ। सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

Rajan Bhattarai
@Rajanktm·
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।