सभामुख सापकोटा र प्रचण्ड-नेपालले लगाए कोरोना खोप

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन्।

बुधबार बिहान सिभिल अस्पताल पुगेर अध्यक्ष प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका हुन्।यस्तै, अर्का अध्यक्ष माधवकुमार नेपाल, सभामुख अग्नि सापकोटा लगायतले पनि कोरोनाविरूद्ध खोप लगाएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ देखि प्रतिनिधि सभा बैठक आह्वान गरेपछि सभामुख, मन्त्रीहरू र सांसदलाई आज कोरोनाविरूद्ध खोप लगाइँदैछ। अन्यको हकमा बिहीबार र शुक्रबारलाई तोकिएको संसद् सचिवालयले जनाएको छ।