पत्रपत्रिका Archive

साफ यू–२० : भारतसँग नेपाल ८-० ले पराजित

काठमाडौँ, साफ यू–२० च्याम्पियन्सिप अन्तर्गत भारतसँगको खेलमा नेपालले लज्जास्पद हार व्यहारेको छ। भारतको भुवनेश्वरमा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ८–० को फराकिलो अन्तरले पराजित भएको हो। च्याम्पियनसिपमा नेपालले पहिलो हार व्यहोरेको हो। भारतले भने लगातार

जनार्दनले आजै अर्थमन्त्रीको सपथ लिने

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ । शर्माको शपथको

कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा

विराटनगर, युवतीलाई होटेलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरका दुईजना कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता भएको छ। नशालु औषधी सेवन गराई फोटो भिडियो बनाएर पटक–पटक सामूहिक बलात्कार गरेको आरोप सुनसरीको इटहरी उपमहानगरपालिकानिवासी १९ वर्षीया युवतीले लगाएकी छिन्।

एक वर्षमा २०५ जङ्गली जनावरको मृत्यु

काठमाडौं, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुसहित २९ प्रजातिका

भेरी नदिमा डुबेर सुर्खेतका एक जनाको मृत्यु

सुर्खेत । भेरी नदीमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । बराहताल गाउँपालिका–२, पाक्माका ४५ वर्षीय भीमबहादुर मन्दिरको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।परिवारका सदस्यका अनुसार उनी बुधबार बिहान ९ बजे सिस्नेरी जान्छु

पूर्व सांसदकी पत्नी ठगी आरोपमा पक्राउ

काठमाडौँ । एमालेका पूर्व सांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य (तामाङ) लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सिर्जनालाई ठगी आरोपमा पक्राउ गरेको

रनिल विक्रमासिङ्घे श्रीलंकाको नयाँ राष्ट्रपति

काठमाडौँ । श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिएका छन् । आज (बुधबार) भएको चुनावमा विक्रमासिङ्घेले १३४ मत प्राप्त गर्दै देशको नयाँ राष्ट्रपति चुनिएका हुन् । उनका प्रतिस्पर्धी दल अलपेरुमाले ८२ मत प्राप्त गरे । २२३ सांसदले मतदान

‘कुकुर मार्छु’ भन्ने वडाध्यक्षविरुद्ध उच्च अदालतमा रिट

काठमाडौं । सामुदायिक ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको छ । पशु कल्याण संघ नेपालका सचिव रुपक कोइराला र कोषाध्यक्ष विकेशकुमार श्रेष्ठले वडाध्यक्ष कार्की विरुद्ध रिट

जानकी गाउँपालिको करारमा कार्यरत कर्मचारीको म्याद थप

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले पालिकामा कार्यरत करार तथा अस्थायी कर्मचारी नहटाउने निर्णय गरेको छ । गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार गाउँपालिका तथा वडा कार्यालयहरुमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरुलाई नहटाउने निर्णय गरेको हो ।

युक्रेनी सुरक्षा प्रमुख बर्खास्त

किभ । युक्रेनका सुरक्षा प्रमुख इभान बाकानोभ बर्खास्त भइका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा सेवाका प्रमुख बाकानोभसहित अरू केहीलाई रुससँग साँठगाँठ गरेको आरोपमा बर्खास्त गरेको समाचार संस्था एपीले जनाएको छ । रुसी युद्ध अपराधको अभियोग