मुख्य समाचार Archive

यसरी तोकिँदैछ निर्वाचनलगत्तै प्रदेश प्रमुख र अस्थायी राजधानी

सरकारले २५ मंसिरमा प्रदेशको अस्थायी मुकाम (राजधानी) र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । सोही कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रदेशको मुकाम तथा प्रदेश प्रमुख तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

पत्रकार गिरफ्तारीविरुद्ध सर्वोच्चमा रिट

पत्रकारलाई विना कारण गिरफ्तार गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।गैरकानुनी रुपमा प्रहरीले गिरफ्तार गरेका पत्रकारको रिहाईको माग गर्दै पत्रकार जन्मदेव जैसीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य

निर्वाचन अवधिभर नेपालगन्ज भन्सारमा यसरी हुदैछ चेकजाँच

नेपाल-भारत सीमाका प्राय सबै नाका निर्वाचन अबधिभर ७२ घण्टासम्मको लागि सिल गरिएको छ ।  मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार विहानदेखि नेपाल-भारत सीमासँग सीमा नाका सिल गरिएको हाे ।

सिकाउनेलाई नै थाहा छैन भोट हाल्ने तरिका

जनकपुर : ‘चाची आहा सब भोट गिराब त जायछिय नै’, जनकपुर उपमहानगरपालिका–२१ कुर्थाटोलको चौरमा स्वयंसेविका जानकीकुमारी नायक आइतबार मतदातालाई शिक्षा दिइरहेकी थिइन्। स्थानीय वृद्धा ध्यानपूर्वक मतदान गर्ने तरिका सिकिरहेकी थिइन्। दुई स्वयंसेविकाले मतदातालाई तीनवटा मतपत्रमा चार

चुनाव सकियो, तनाव सकिएन, मतपेटिका कुर्न पालो लगाउँदै दलहरू

मंसिर १० मा सम्पन्न पहिलो चरणको निर्वाचनपछि बाग्लुङका दल तथा उम्मेदवारको चिन्ता मतपेटिकाको सुरक्षामा केन्द्रित भएको छ । बाग्लुङका सम्पूर्ण मतपेटिका जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मतपेटिकाको सुरक्षाका लागि मतदानस्थलमा

कसरी भयो सुरक्षा घेराभित्रै उम्मेदवारमाथि आक्रमण ?

प्रतिनिधिसमा र प्रदेशसभा दोस्रो चरणको चुनाव प्रचारप्रसारको अन्तिम दिन सोमबार गगन थापा बुढानीलकण्ठ क्षेत्रमा घरदैलो अभियानमा थिए । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनी आफ्नो क्षेत्रका अधिकांश स्थानमा घरदैलो सकाएर

मौन अवधि सुरुः प्रचारमा रोक, आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दोस्रो चरणका लागि दल र उम्मेदवारले प्रचार तथा भोट माग्ने काम मंगलबारदेखि गर्न पाउने छैनन् । मतदान हुनु ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुने भएकाले कुनै प्रकारको प्रचारप्रसार गर्न पाइने छैन

नेपाल सरकारको बोर्ड हटाएर जनसरकारको कार्यालय !

जिल्लाका दुई स्थानीय तहका कार्यालय हटाएर नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले ‘जनसरकार’ लेखिएका बोर्ड र झण्डा गाडेका छन् । तल्लो डोल्पाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकाको कार्यालयमा स्थानीय सरकारका साईन बोर्ड हटाएर गाउँपालिका स्तरिय जनसत्ताको कार्यालय लेखिएको

अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन यस्तो छ नयाँ कानुन

के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन।, यो खबर आजको नयाँ पत्रिकामा छ । आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी

यसकारण भारतीय व्यवसायीले प्याजकाे मूल्य घटाए

नेपाली व्यवसायीले सस्तो मूल्यमा चिनियाँ प्याज खरिद गरी लोडिङ सुरु गरेपछि भारतीय व्यवसायीले प्याजको पनि मूल्य घटाउन थालेका छन् । नेपाली व्यवसायीले १ लाख किलो चिनियाँ प्याज खरिद गरी लोडिङ गरिसकेका छन् । साता दिनभित्रै चिनियाँ