मुख्य समाचार Archive

एकसय आठ जोडी एउटै मण्डपमा

महोत्तरी, यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ ।माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण

एक किलो सुनसहित २ महिला पक्राउ

रसुवा, नेपाल–नाका रसुवागढीबाट २ जना महिला करिब १ किलो सुनसहित पक्राउ परेका छन् । भन्सार चेकजाँचका लागि खटिएको प्रहरीको टोलीले रसुवाबाट नेपाल सुन भित्र्याउँदै गरेको अवस्थामा २ जना महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका महिलाहरुको

उपनिर्वाचनमा सेनासहित ३२ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ, सरकारले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि करिब ३२ हजार सुरक्षाकर्मी खटाउने गरी विशेष सुरक्षा कार्ययोजना तय गरेको छ । केही दिनअघि गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सुरक्षा योजनालाई अन्तिम रूप दिएर कार्यान्वयनका लागि

विप्लव नेकपा माथि कारबाही रोकिन्न : गृह प्रवक्ता शर्मा

काठमाडौँ, सरकारले नेत्रविक्रम चन्द नेतृत्व नेकपा माथिको कारबाही नरोकिने बताएको छ । आठ महिनाअघि लगाइएको प्रतिबन्धपछि समूह कमजोर बन्दै गएको निष्कर्ष पनि सरकारको छ । ‘सशस्त्र र गैरकानुनी क्रियाकलापमा संलग्न भएपछि चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो,’ गृह

मानव तस्करको फन्दामा परेर इराक पुगेकी महिलाको शव डेढ वर्षदेखि अलपत्र

काठमाडौँ, इराकको बग्दादस्थित एक अस्पतालमा २४ वर्षीया सविना राईको शव राखेको करिब डेढ वर्ष भइसक्यो । ०७५ असार तिर संखुवासभा दिदिङकी सविना मानव तस्करको फन्दामा परेर बग्दाद पुगेकी थिइन् । उनी ०७५ साउन ३ मा काम गरिरहेकै घरको

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट सुरु

नेपालगन्ज,बाँके लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा

भारतीय नम्बरका टेम्पु रोक्न उच्च अदालतले दियो आदेश

गौर,एक दशकदेखि निर्वाध रुपमा गौर बजारमा सञ्चालन हुँदै आएका भारतीय नम्बर प्लेटका तीनपांग्रे टेम्पु नियन्त्रण गर्न उच्च अदालतले आदेश दिएको छ । तत्कालीन रौतहटका प्रमुख जिल्ला अधिकारी डा. कमलेसकुमार सिन्हाले २०६६ चैत १३ गते उनकैै अध्यक्षतामा

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित

काठमाडौं,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष रमेश बिजी निर्वाचित भएका छन् । मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित भएका हुन्

सुटुक्क दूतावास जाने सशस्त्रका डिआइजी श्रेष्ठमाथि छानबिन

काठमाडौँ ,कूटनीतिक आचारसंहिताविपरीत गोप्य रूपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानबिन थालेको छ । डिआइजी श्रेष्ठ गत ६ मंसिरको दिउँसो बा.२झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित दूतावास पुगेका थिए ।    

एक किलो सुनसहित दुई जना पक्राउ

रसुवा,चीनबाट अबैध रूपमा लुकाइ ल्याइएको एक केजि सुनसहित रसुवागढि नाकाबाट २ जना पक्राउ परेका छन्। रसुवागढी नाकाबाट पक्राउ परेका २ जनालाई सदरमुकाम ल्याइदैँ गरिएको र केहिबेरमा पत्रकार सम्मेलन गरिने रसुवा प्रहरीले जनाएको छ।