देश Archive
तराईमा शीतलहरले लियो २३ जनाको ज्यान
सप्तरीमा १४ को मृत्यु शीतलहरले अहिलेसम्म सप्तरीमा १४ को मृत्यु भइसकेको छ । आइतबार मात्रै कञ्चनरूप नगरपालिका–७ का ६१ वर्षीय उत्तम मरिक डोम र बरमझियाका ५५ वर्षीय बेचन शेखको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार
सेनालाई हेलिकप्टर बेच्न रुस र युक्रेनको लबिइङ
‘रुसको सरकारी कम्पनीसँग दुईवटा एमआई–१७ खरिद सम्झौता गर्ने तयारी भइरहँदा युक्रेनले नेपालमै आएर लबिइङ गरेपछि विकल्पबारे बहस सुरु’ नेपाली सेनाले रसियाबाट खरिद गर्न लागेको थप दुई एमआई–१७ (भी–५) हेलिकप्टरको विकल्प भन्दै युक्रेन सरकारको स्वामित्वको कम्पनीले काठमाडौंसम्म
६ नम्बर प्रदेशको राजधानी माग्दै जुम्लामा गरियो राँके जुलुस
प्रदेश नम्बर ६ को राजधानी कर्णालीमा नै हुनुपर्ने माग राख्दै जुम्लामा शुक्रबार बेलुका साढे ५ बजे राँके जुलुस गरिएको छ। नागरिक संघर्ष समिति जुम्लाले राँके जुलुस गरेको हो। जुम्ला टुँडिखेलबाट सुरु भएको राँके जुलुस बालमन्दिर, जिल्ला
अस्तव्यस्त शितलहरले तराईको जनजीवन
लगातार बढ्दै गएको शीतलहर र बाक्लो हुस्सुले मधेसको जनजीवन अत्यधिक कष्टकर भएको छ। कुहिरोले ढाक्दा दिउँसै सडक अन्धकार बनेपछि सवारीको चाप पनि न्यून देखिन्छ। चिसो अत्यधिक बढेपछि साना बालबालिका र वृद्धवृद्धा मारमा परेका छन्। धनुषामा शीतलहरको
२० दिनमै हुने राष्ट्रिय सभा निर्वाचन – ढिलो गर्दै सरकार र आयोग
यसरी हुन्छ चाँडो २३ पुसभित्र प्रदेशको परिणाम घोषणा प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा
हिमाली जिल्ला डोल्पामा हिमाञ्चलको तरकारी
हिमाली जिल्ला डोल्पामा भारतको हिमाञ्चल प्रदेशमा उत्पादित महँगा तरकारी र फलफूल खपत बढेको छ। सदरमुकाम दुनैलगायत जिल्लाका अरु साना बजारमा प्याज, लसुन, अदुवा, गोलभेडा, खुर्सानी, भिण्डी, तितेकरेला प्रतिकेजी ३ सय रुपैयामा बिक्री हुने गरेको व्यापारीहरुले बताएका
अमेरिकासम्म मानव तस्करको यस्तो भयानाक जालो !
नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ । उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको रुट प्रयोग गर्ने गरेका छन् । लाखौँ रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन युवायुवती विभिन्न मुलुकमा अलपत्र परेर
५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
काठमाडौं उपत्यकामा सञ्चालित झण्डै ५० प्रतिशत सवारी साधन प्रदूषणको कारक रहेको पाइएको छ। सरकारी टोलीले गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। प्रधानमन्त्री कार्यालय, वातावरण विभाग, महानगरीय ट्राफिक
यसरी भूकम्पपीडितको राहत सामग्री कुहाएर जलाइयो….
भूकम्पपीडितलाई भनेर आएको राहत सामग्री उनीहरूलाई वितरण नै नगरी नष्ट गरिएको छ। २०७२ बैशाखमा गएको भूकम्पमा प्रभावित भएकाहरूलाई वितरण गर्न आएको ठूलो मात्राको राहत सामग्री पीडितलाई वितरण नै नगरी शुक्रबार नष्ट गरिएको हो। भण्डारण गरिएका राहत
नेपाल प्रहरीमा जागिर छाड्नेको लर्को
प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन्। जागिर छाड्नेमा सबैभन्दा

