देश Archive

एमालेको कार्यदल बैठकमा आजपनि सहमती भएन

काठमाडौं,सत्तारूढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक सम्पन्न भएको छ। सिंहदरबारमा बसेको आजको बैठकले सकारात्मक मोड लिएको र भोलि फेरि ११ बजे बस्‍ने गरी बैठक सकिएको कार्यदल सदस्‍य प्रदीप ज्ञवालीले बताए । एमालेको

असार २४ देखि सुर्खेतमा भेरोसेल खोप लगाउने तयारी

सुर्खेत,सुर्खेतमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २४ गतेदेखि दिइने तयारी भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक र अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिइनेछ । जिल्लामा ६

जसपाको विवाद टुंग्याउन इजलास गठन

काठमाडौं,जनता समाजवादी पार्टी जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । साथै सुनुवाका लागि आगामी साउन ३

सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी

काठमाडौं,नेकपा एमालेको कार्यदलको बैठक आज पनि बसिरहेको छ । सिंहदरबारमा बैठक जारी रहेको एक नेताले जानकारी दिए । आजको बैठक विवाद समाधानमा केन्द्रित हुने बताइएको छ । एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुनस् ब्युँतिएको

प्रदेश २ प्रदेश सभा बैठक स्थगित

जनकपुर,बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेश २ को प्रदेश सभा बैठक पुनः स्थगित भएको छ । यो दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो । प्रदेश सभा संसद सचिवालयले बुधबार १ बजे का लागि बैठक आह्वान गरेको

सुजिताको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

काठमाडौं,चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतले अनलाइनखबरलाई बताएअनुसार

बाढीले बगाउँदा गाडीसहित ३ जना बेपत्ता

पर्वत,कुस्मा नगरपालिका–८ दोबिल्लास्थित सुन्दरे खोलामा पहिरोपछि आएको बाढीले बगाउँदा गाडीसहित तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका प्राविधिक र कर्मचारी रहेका छन् । इन्जिनियर राजाराम आचार्यसहित गाडीमा सवार ३ जना बेपत्ता भएको आयोजनाले

माओवादी केन्द्रविरुद्ध उजुरी दिने “बादल” समुहको तयारी

काठमाडौं,माओवादी छाडेर नेकपा एमालेमा लागेका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । २०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा (बादल) समूहले आयोगमा

गोरखामा एक प्रहरी २३ दिनदेखि बेपत्ता

गोरखा,जिल्लाको सामागाउँ प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान २३ दिनदेखि बेपत्ता भएका छन् । कञ्चनपुर घर भई हाल सामागाउँमा कार्यरत ३१ वर्षीय मोहनसिंह कुँवर गत असार १ गतेदेखि सम्पर्कविहीन भएको गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए

गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिदै

काठमाडौं,गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने तयारी भएको छ। गणेशमान सिंह फाउण्डेशनले २०४६ सालको जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष सिंहको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान २०४६ सालमा प्रजातन्त्र ल्याउनका लागि सिंहको अभियानमा जोडिनुभएका प्रजातन्त्र