नेपालगन्जमा जनसम्पर्क टुर्स एन्ड ट्रावल्स सन्चालन्

नेपालगन्ज, बाँकेको नेपालगन्जमा जनसम्पर्क टुर्स एन्ड ट्रावल्स प्रालि सन्चालनमा आएको छ ।

नेपाल र भारतका विभिन्न स्थानहरूमा भ्रमण गराउनका लागि नयाँ प्रस्तुति सहित जनसम्पर्क टुर्स एन्ड ट्रावल्स प्रा.लि कम्पनी सञ्चालनमा आएको बताइएको छ । सन्चालनमा ल्याइएको उक्त टुर्स एन्ड ट्रावल्स कम्पनीको बुधबारबाट एक कार्यक्रमका बिच उदघाटन गरिएको हो ।

सञ्चालनमा आएको पहिलो दिन कम्पनीका अध्यक्ष महेन्द्र प्रकाश चन्दले एक कार्यक्रमबीच नेपालगञ्ज स्थित सँस्थाको कार्यालयमा रिबन काटेर उद्घाटन गरेका हुन् ।

यस कम्पनीले ग्राहकहरूलाई नयाँ सुविधा, सुरक्षा र सहुलियत सहित आरामदायी यात्राको अनुभव गराउने उद्देश्य सहित कम्पनीलाई सुचारु गरिएको कम्पनीका अध्यक्ष चन्दले जानकारी दिए ।