Author Archive

कमेडी च्याम्पियन विजेता बने हिमेश पन्त
रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् । उनले २५ लाख नगदका साथै कार पाएका

चितुवाको आक्रमणबाट डडेल्धुरामा एक जनाको घाइते
डडेल्धुरा,डडेल्धुरामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा अमगढी नगरपालिका–११ का ६८ वर्षीय नरफान सार्की रहेका छन्। शनिबार दिउँसो गाउँ नजिकैको वन क्षेत्रमा बाख्रा चराउन गएका बेला चितुवाले आक्रमण गर्दा सार्की घाइते भएका हुन्। बाख्रा

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता
काठमाडौं, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शनिवार प्रधानमन्त्रीलाई भेट्न नेता नेपाल बालुवाटार पुगेका थिए । नेता नेपाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुगेका हुन्

७८ हजार मास्कसहित ८ जना पक्राउ
काठमाडौं,७८ हजार थान सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । उक्त मास्क उनीहरुले चर्को मूल्यमा बेच्न खोजेको प्रहरीले जनाएको छ । उनीहरुलाई राजधानीको डब्लुबाट पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी

मदिरा सेवनबाट मर्नेको सङ्ख्या १५ पुग्यो शोकमा डुब्यो गाउँ
जनकपुर, घरेलु विषाक्त मदिरा सेवनका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या

इरानी नागरिक कोरोना सङ्क्रमणको त्रासले घर छोडेर भाग्ने तयारी
इरान,नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि मध्यपूर्वी देश इरानबाट कतिपय मानिसहरुले घर छोडेर भाग्ने प्रयास गरिरहेको पाइएको छ । देशका सबै प्रान्तमा सङ्क्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न हम्मेहम्मे परेको बीबीसीले उल्लेख गरेको छ । महामारी कति भयावह
हिमपातका कारण डोल्पामा घर भत्कदा दुई बालिकाको मृत्यु एक घाइते
डोल्पा, डोल्पामा घर भत्कदाँ एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने रङ्ग गाउँमा भरखर बनाएको घर भत्कदाँ दुई बालिकाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।
कोरोना भाइरस पैसाबाट पनि सर्न सक्छ
काठमाडौं, पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित

मुगुमा आमा गुमाएका बालबालिकालाई सहयोग
मुगु , सुत्केरी भई सकेपछि अत्याधिक रक्तश्रापबाट ज्यान गुमाएकी महिलाका बालबालिकालाई विदेशमा बस्ने दुई नेपालीले आर्थिक सहयोग गरेका छन्। छायानाथ रारा नगरपालिका-१० जिउला गाँउकी २८ वर्षीया धनरुपा विकले पुस २२ गते पाँचौ सन्तानको रूपमा छोरी जन्माएकी

छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा अफ्रिकी राजा पक्राउ
प्रिटोरिया, दक्षिण अफ्रिकाको एकजना जनजाती राजा आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ परेका छन् । दक्षिण अफ्रिकाको आबाथेम्बु जातीका राजा बुयेलेखया डलिन्ड्येबोलाई आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ गरिएको हो । उनले शुक्रबार बिहान

