पलाँतामा आरडिटि परीक्षण, १२ जनाको रिर्पोट नेगेटिभ
प्रकासित मिति : २०७७ बैशाख ५, शुक्रबार १०:०४
प्रकासित समय : १०:०४
कालिकोट, पलाँता गाउँपालिका आरडिटी परिक्षण हुदा १२ जनामा नेगेटिभ भएको बताइएको छ । बिहिबार पलाँता गाउँपालिका वडा नं ९ को सरस्वती माबि थिर्पुमा भएकाे १२ जनाको आरडिटि परीक्षणमा सबैकाे रिपाेर्ट नेगेटिभ रहेको स्वास्थ्य शाखा पलाँताले जनाएको छ ।
कोरोना परिक्षण गर्नको लागि कालिकोट जिल्लाबाट निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डा भिष्म प्रसाद पोख्रेल सिनियर अहेव दिपक बहादुर रावल ल्याव टेक्निसियन चेतराज अधिकारि सहितको टोलि पलाँता पुगेकाे थियो ।
उनीहरुमा कोरोना भाइरस नभएको पलाँता स्वास्थ्य प्रमुख हिमाल संञ्ज्यालले बताए । बिश्वब्यापी रुपमा फैलीएको कोरना भाईरस तथा कोभिड १९ लाई नियन्त्रण गर्नको लागि पलाँता गाउँपालिकाले पहल गरेर परीक्षण गरिरहेको अध्यक्ष लक्ष्मण बमले जानकारी दिए ।